Kabhya Shudha

Kabhya Shudha साहित्य अनुरागीहरुको काव्य शुधा ....

10/09/2022

……..रवी प्राञ्जल……

नखुलेको आकाश खुलेर आयो
उ सायद यो बाटो भुलेर आयो

झर्यो त के भो त्यो जुई र जाइ
त्यो पलास मनमा फुलेर आयो

न तर्न सक्नु न त डुब्न सक्नु
यो भेल कस्तो उर्लेर आयो

पीडा भुलाउन उठाएँ प्याला
यो प्यालामा आशु घुलेर आयो

भर्खरै फुलेको फूल’थ्यो ‘रवि’
आँसुको झरीमा रुझेर आयो

गजल सङ्ग्रह : उही बाढी उही भेल(२०६०)
शब्द : रवी प्राञ्जल
स्वर : सजल न्यौपाने
सङ्गीत : सागर न्यौपाने
एल्बम : सजल न्यौपानेको “नमन” र रवी प्राञ्जलको “प्यालामा आँसु

10/09/2022

….Kul bahadur Tamang…

तिम्रो मनको फूलवारीमा फुलौ झै लाग्छ,
शितल तिम्रो छहारीमा झुलौ झै लाग्छ,

सपनीमा झै विपनीमा तिमी संग,
तिम्रै नजर भित्र भित्रै डुलौ झै लाग्छ,

खुल्लाती हृदयको सुन्दर वस्ती हेर्न,
कोमल तिम्रो मनको ढोका खुलौ झै लाग्छ,

रम्ने ईच्छा थियो लजालु नयन भित्र,
नविजाउने यी लाल गेडी हुलौ झै लाग्छ,

सुन्दर मनको वस्ती भित्र काउकुती खेल्दै
मन भित्रका पिँडाहरू भुलौ झै लाग्छ ।

10/09/2022

…….Neki Dhirendra……

धेरै चोटी हारेरै बाँचे, जीत ठानेको छु ।।
संघर्ष नै जिन्दगीको मित ठानेको छु ।।

छेपारा झै रङ्ग फेर्ने आफन्तको चाला
जति जालमा पारेपनि हित ठानेको छु ।।

फेरिदैछ संस्कृति र पहिचान नेपालीको
चरीले गाउँने मात्र गीत ठानेको छु ।।

घाम,छायाँ झै छुट्टा छुट्टै हुनु पर्ने रैछ
रुने,हास्ने श्रृष्टिको रित ठानेको छु

Address

Gaindakot-8 Nawalparashi
Gaindakot

Website

Alerts

Be the first to know and let us send you an email when Kabhya Shudha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kabhya Shudha:

Share

Category