Govinda Timilsina

Govinda Timilsina hemja is one of the part of pokhara municipality

शिक्षाको गुणस्तर बडाउन वडामा अन्तरक्रिया गोविन्द तिमिल्सिना हेमजा, ६ भदौ पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका...
23/08/2023

शिक्षाको गुणस्तर बडाउन वडामा अन्तरक्रिया
गोविन्द तिमिल्सिना
हेमजा, ६ भदौ
पोखरा महानगरपालिका वडा न. २५ को वडा भित्र रहेका शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन बुधबार अन्तरक्रिया गरिएको छ ।
शैक्षिक संस्थामा शिक्षाको गुणस्तर बडाउन वडा तथा महानगरले गर्नुपर्ने क्रियाकलाप बारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताउनुभयो । उहाँले वडा बाट समाधान गर्न मिल्ने समस्यलाई तत्काल सम्बोधन गर्ने र अन्य विषयगत समस्या अनुरुप सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख भिम प्रसाद आचार्यले शिक्षाका लागि आउने आर्थिक गतिविधि बारे जानकारी दिदै शिक्षामा सन्तोष लिन नहुने बताउनुभयो । आगामी दिनमा शिक्षा समितिले अनुगमन गर्ने बताउदै शिक्षामा प्रबिधिको प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव सुबोध खनालले गत बर्ष वडामा भएका उपलब्धिको जानकारी गराउनु भएको थियो ।
बिद्यालयमा अनुगमन गर्नुपर्ने उल्लेख गर्दै बिद्यार्थीलाई वडा बाहिर जान नपर्ने बनाउन पर्नेमा सहभागीको भनाइ छ । सहभागीले सामुदायिक र संस्थागत बिद्यालयले एउटै पात्रो मा चल्नुपर्ने उल्लेख गर्दै सामुदायिक बिद्यालयमा धेरै बिदा भएको गुनासो गरेका थिए । बाल शिक्षालाई लगानी गर्नुपर्ने बताउदै सामुदायिक बिद्यालयमा भौतिक अभाव रहेको गुनासो रहेको छ ।
वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुचना अधिकृत ईश्वरीप्रसाद बाँस्तोलाले गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको भवन शिलान्यास गोविन्द तिमिल्सिना हेमजा, ६ भदौनेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको भ...
23/08/2023

नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको भवन शिलान्यास
गोविन्द तिमिल्सिना
हेमजा, ६ भदौ
नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको भवन निर्माणको लागि बुधबार शिलान्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की साखाका सभापति डण्डराज शर्मा पौडेलले सम्पुर्ण उपशाखाले भवन निर्माणका लागि सहयोग गर्नुपर्ने बताउदै कास्की शाखाले १ लाख सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पोखरा २५ का सभापति मधुसूदन त्रिपाठी, माओवादी केन्द्र पोखरा २५ का अध्यक्ष मादब अधिकारी, जग्गा दाता नन्दकलि बाँस्तोला, अम्बिका मा.बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपक थापा, किसान बहुदलीय कृषि सहकारीका अध्यक्ष मोतीराम तिमिल्सिना, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाका अध्यक्ष दानबहादुर भुजेल लगाएतले बोल्नु भएको थियो ।
उपसभापति टेकमायाँ आचार्यले स्वागत गरि सुरु भएको कार्यक्रममा सहसचिव कृष्णबहादुर थापाले रेडक्रसको सात सिद्धान्त वाचन गर्नुभयो ।
हेमजा उपशाखाका सभापति नेत्रपाणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रमा त्रिपाठीले गर्नुभएको थियो ।

रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षणगोविन्द तिमिल्सिना  हेमजा, ११ असार हेमजामा सडक दुर्घटनाले क्षेती भएको प...
26/06/2023

रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण
गोविन्द तिमिल्सिना
हेमजा, ११ असार
हेमजामा सडक दुर्घटनाले क्षेती भएको प्रति रोट्रयाक्ट क्लब अफ हेमजाद्वारा वडालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
रोट्रयाक्ट क्लब अफ हेमजाका अध्यक्ष इ बिकल थापाको नेतृत्वमा उपाध्यक्ष बिश्वराज पौडेल, सचिव अनिल पौडेल, अन्तर्राष्ट्रिय सेवा निर्देशक शृङ्खला त्रिपाठी सदस्य बिमल बाँस्तोला र शोभित पौडेल सहितको टोलीले सोमबार वडा कार्यालयमा वडा अध्यक्ष मोतीलाल तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाइएको होे । ररोट्रयाक्ट क्लब अफ हेमजाको ध्यानाकर्षण पत्र बुझेपछि वडा अध्यक्ष तिमिल्सिनाले दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित निकाय संग छलफल गरि सहकार्य गर्ने बताउनुभयो । दुर्घटना सम्बन्धि ध्यानाकर्षण गराएकोमा क्लबलाई धन्यवाद दिदै दुर्घटनाको कारण आफू पनि दुखि भएको तिमिल्सिनाले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा सडक दुर्घटना न्यूनीकरण गर्न सामुदायिक तथा निजी बिद्यालयमा जिल्ला ट्राफिक कार्यालय संग सहकार्य गरि सचेतना जगाउने, सडकमा छाडा चौपाया तथा कुकुरको नियन्त्रण गर्ने उल्लेख छ । त्यस्तै नियमित रुपमा सवारी चालकलाई ट्राफिकद्वारा चेक गराउने तथा फुटपाथमा निर्माण सामाग्री राख्न प्रतिबन्ध गर्न ध्यानाकर्षण गराएको छ ।

हेमजाको देवीस्थान टोलमा सरसफाइ गोविन्द तिमिल्सिना हेमजा, ९ असार तेस्रो संस्करणको हेमजा हिले महोत्सव नजिकै  आइपुग्दा पोखर...
24/06/2023

हेमजाको देवीस्थान टोलमा सरसफाइ
गोविन्द तिमिल्सिना
हेमजा, ९ असार
तेस्रो संस्करणको हेमजा हिले महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजाको देवीस्थान टोलमा सरसफाई गरिएको छ ।
तेस्रो संस्करणको महोत्सव नजिकिदै गर्दा हिले महोत्सव आयोजक देवीस्थान सेवा समाजको आयोजनामा हेमजा बोडिङदेखि देवीस्थान (माइ स्थान ) मन्दिरसम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो । उक्त अवसरमा देवीस्थान सेवा समाजका पदाधिकारीहरु तथा हेमजामा रहेका विभिन्न आमा समुह र देवीस्थान टोल बिकासले सहभागीता जनाएको देवीस्थान सेवा समाजका सचिव जिबन खत्रीले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा संकलन फोहोरलाई बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ब्यवस्थापन गरिएको सचिव खत्रीले बताउनुभयो ।
देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा यही असार १५ गते तेस्रो हेमजा हिले महोत्सव हुदैछ ।
‘कृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुन लागेको उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष हरीशरण पौडेलले जानकारी दिए ।महोत्सवसँगै हेमजा लगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा पनि गरिएको छ।

हार्दिक बधाई तथा शुभकामना !दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण...
23/05/2023

हार्दिक बधाई तथा शुभकामना !
दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

हार्दिक बधाई
23/05/2023

हार्दिक बधाई

यस रेडियो हेमजाका Station manager निराजन अधिकारी गरिमामय संस्था नेपाल प्रेस युनियन कास्कीको {कोषाध्यक्षमा} निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना । अध्यक्ष अर्जुन पौडेल एवं रेडियो हेमजा परिवार

सामुदायिक सेवा केन्द्र हेमजाको रक्तदानमा ५६ युनिट संकलन गोविन्द तिमिल्सिना हेमजा, १७ बैशाख  सामुदायिक सेवा केन्द्र एवम् ...
30/04/2023

सामुदायिक सेवा केन्द्र हेमजाको रक्तदानमा ५६ युनिट संकलन
गोविन्द तिमिल्सिना
हेमजा, १७ बैशाख
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ बर्ष २०८० को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५६ युनिट संकलन भएको थियो । प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले पहिलो रक्तदाता गौरी संकर साकोसका अध्यक्ष एवं ३७ ओैँ पटक रक्तदान गर्नुभएका रुद्रनाथ पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले सेवा केन्द्रले स्थापना काल देखि नै महत्त्वपूर्ण काम गर्दै आएको बताउदै रक्तदान गर्दा कुनै शारीरिक हानी नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णु बाँस्तोला, रामप्रसाद अधिकारी र सल्लाहकार दानबहादुर थापाले शुभकामना दिनुभएको थियो । सो अवसरमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक सालिकराम तिमिल्सिनालाई स्वागत गरिएको थियो ।
अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव सिबलाल पौडेलले स्वागत र सञ्चालन उपाध्यक्ष देबिप्रसाद अधिकारीले गर्नुभएको थियो ।

महोत्सवमा ४० टन आलुको कारोवारहेमजा, ३० चैत११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको क...
13/04/2023

महोत्सवमा ४० टन आलुको कारोवार
हेमजा, ३० चैत
११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत बिहीवारसम्म ४० टन आलुको कारोवार भएको छ । त्यहाँ प्रतिकिलो रु.३५ मा आलु बिक्री हुँदै आएको छ।
आलु किन्नकै लागि कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्ला स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ लगायतका ठाउँबाट समेत मानिसहरु महोत्सव स्थल आउने गर्नुभएको छ।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिनुभयो।
बिहीवार मात्रै १० टन बढी आलुको कारोवार भएको छ ।जसअनुसार कुल ३ सय ५० जनाले विभिन्न परिणाममा आलु किनेर लगेका छन् ।हालसम्म एक जनाले न्यूनतम १० केजीदेखि अधिकत्तम पाँच सय केजीसम्म आलु किनेर लगेको संयोजक तिमिल्सीनाले बताउनुभयो।
महोत्सव अन्र्तगत बिहीवार लोकदोहोरीतर्फ राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम र राजेन्द्र पोखरेल, पप कन्सर्टतर्फ लाहुरे, काल रात्री, गगन गुरुङ तथा रक्षा व्याण्ड साथै हास्यतर्फ राजेन्द्र गिरी, मिना गिरी, मनोज गोर्खाली (होचा व्यक्ति) लगायतले प्रस्तुति राख्नुभयो ।
त्यस्तै शुक्रवार अर्थात नववर्षको दिन लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुतिहरु रहनेछन् ।त्यस्तै रत्यौली गीत प्रतियोगिता भने जारी छ ।
बिहीवार महोत्सवलाई सम्बोधन गर्दै कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले आलुलाई बान्डिङ गर्न सफल भएकोमा हेमजावासीलाई बधाई दिर्दै आलुको उत्पादन तथा उत्पादकत्व बढाउन पहल गर्नुपर्ने बताउनुभयो ।जात्रा, मेलाको परिष्कृत रुप नै महोत्सव भएको औँल्याउँदै निर्देशक डा. उपाध्यायले महोत्सवसँगै कला संस्कृतिको पनि संरक्षण भइरहेको उल्लेख गरे।
‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दोहेमजा, २९ चैत हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदा...
12/04/2023

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
हेमजा, २९ चैत
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता हवात्तै बढेको छ ।
महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ ।
बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले हालसम्म १५ हजार बढी दर्शक महोत्सवमा सहभागि भएको पनि बताउनुभयो।
विशेष गरी कृषि उत्सवका रुपमा महोत्सव मनाइएकाले गाउँठाउँका स्थानीयले समेत महोत्सवलाई चासोका साथ अवलोकन गरेको हुनसक्ने आयोजकको ठहर छ ।त्यसमाथि लामो समयपछि हेमजामा मेला महोत्सव भएकाले हेमजावासीको सहभागिता समेत उत्साहजनक रुपमा पाइएको छ।
महोत्वसमा बुधवार मात्रै कुल २ सय ९२ जना ग्राहकले १० टन भन्दा बढी आलु खरिद गरि लगेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिनुभयो ।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजाको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले त्यहाँ उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको तिमिल्सीनाले दावी गर्नुभयो ।
महोत्सव अन्र्तगत बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, परशुराम अधिकारी, बुद्धदेवी कुँवर, कमला गैह्रे, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहे भने बिहीवार राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम, लाहुरे, काल रात्री तथा रक्षा व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । जसको अन्तिम नतिजा बैशाख २ गते मात्रै घोषणा गरिने छ ।
‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।
महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।

आलु महोत्सवमा कृषक र विज्ञ बीच अन्र्तक्रियाहेमजा, २७ चैत हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्त...
10/04/2023

आलु महोत्सवमा कृषक र विज्ञ बीच अन्र्तक्रिया
हेमजा, २७ चैत
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्र्तगत सोमवार कृषक र विज्ञ बीच अन्र्तक्रिया भएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको उक्त कार्यक्रमका बीच किसानहरुले कृषि पेशा गर्दा आइपर्ने अप्ठ्यारो, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवम् चुनौतीबारे जिज्ञासा राख्नुभयो।
त्यस अवसरमा किसानहरुको जिज्ञासाको जवाफ वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरियाँ, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना, हेमजाका अग्रज कृषक चित्रनाथ पौडेल लगायतले दिनुभयो ।
कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले एमएस् ४२ जातको निलो आलु हेमजाको पहिचान भएको उल्लेख गर्दै पछिल्लो भुउपयोग नियमावली अनुसार हेमजामा कृषि भुमि घट्नु दुखद् भएको औँल्याउनुभयो ।
आलु विज्ञ श्यामप्रसाद ढकालले आफ्नो पहलमा एमएस् ४२ जातको आलुलाई राज्यले सूचिकरण गरेको दावी गर्दै सुचीकरणसँगै निरोगी मूल बीउ उत्पादन गर्न सहज भएको स्पष्ट पार्नुभयो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सीना हेमजामा आलु खेती गर्ने जमिन घटेको भएपनि उत्पादकत्व भने बृद्धि हुँदै गएको जनाउनुभयो ।
महोत्सव अन्र्तगत सोमवार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारले प्रस्तुतिहरु राख्नुभयो ।
त्यस्तै मंगलवार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरी ढुङगाना र तुलसा क्षेत्री साथै पप कन्सर्टतर्फ उमेश, सन्जिव सिंह र ओम गुरुङका प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।

कृषि मन्त्री गुरुङद्वारा महोत्सव उद्घाटन हेमजा, २६ चैत  हेमजामा आइतवार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हे...
09/04/2023

कृषि मन्त्री गुरुङद्वारा महोत्सव उद्घाटन
हेमजा, २६ चैत
हेमजामा आइतवार(आज)देखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।
महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिर्दै अवको बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख पनि गरे ।
प्रदेशसभा सदस्य गणेशमान् गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै यो पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको औँल्याए । निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै सदस्य गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने बताए ।
कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गरे । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए ।
पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याए ।उनले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लव प्रति आभार प्रकट गरे ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले पनि धारणा राखे । उनीहरुले असली कृषक समच्छे« अनुदान पुग्नुपर्ने, मुल्य श्रृङखला व्यवस्थापन गरी उत्पादनमा जट्नुपर्ने लगायत ले बताए ।
कार्यक्रमका बीच सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्वि बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लि सहित गुरुकुल विद्धासदनलाई सम्मान गरियो ।
महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकी सहित शोभायात्रा निकालिएको थियो । उक्त शोभायात्रामा सयौं हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो पनि गरे ।
महोत्सव अन्र्तगत आइतवार कलाकारहरु चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, परशुराम अधिकारी र पुजा तामाङले प्रस्तुति राखे । त्यस्तै सोमवार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारका प्रस्तुतिहरु रहनेछन् ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिनेछन्। त्यस्तै पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गदैछ ।
कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिएको हो । महोत्सवमा प्रतिकिलो रु.३५ मा आलुको कारोवार भइरहेको भने करिव ४० टन आलु विक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।
मूल आयोजक समितिका अध्यक्ष समेत रहेका क्लव अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष अस्विन थापाले स्वागत तथा महासचिव वसन्तकुमार श्रेष्ठले कार्यक्रम संचालन गरे ।
यसैबीच महोत्सव अन्र्तगत सोमवार कृषि विज्ञ र किसान बीच अन्र्तक्रिया पनि हुने जनाइएको छ ।

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव सुरुगोविन्द तिमिल्सिना हेमजा, २६ चैत विष्णुपादुका क्लव पोखरा २५ हेमजाको आयोजनामा  भएको...
09/04/2023

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
गोविन्द तिमिल्सिना
हेमजा, २६ चैत
विष्णुपादुका क्लव पोखरा २५ हेमजाको आयोजनामा भएको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ सुरु भएको छ । महोत्सव आगामी बैशाख ३ गतेसम्म बिष्णुपादुका खेलमैदानमा सञ्चालन हुनेछ ।
महोत्सव सुरु हुन पुर्व हेमजाको मिलनचोकबाट शोभा यात्रा निकालिएको छ । शोभा यात्रामा हेमजामा रहेका विभिन्न आमा समूह, युवा क्लब, संघ संस्था तथा हेमजा बासिको सहभागीता रहेको छ । कृषि झाँकी प्रदर्शन गर्दै शोभा यात्रा मिलनचोकबाट महोत्सव स्थलसम्म पुगेको छ ।
महोत्सवलाई गण्डकी प्रदेशका कृषि , उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले उद्घाटन गर्दै हुनुहुन्छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव हुँदै आइरहेको छ । महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको छ ।
महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लव भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।
महोत्सव प्रवेशका लागि रु. ८० को साधारण, रु.५० को विद्यार्थी सहुलियतको व्यवस्था मिलाइएको छ ।

Address

Gandaki
Gandaki
33700

Opening Hours

Monday 05:00 - 11:00
Tuesday 05:00 - 11:00
Wednesday 05:00 - 11:00
Thursday 05:00 - 11:00
Friday 05:00 - 11:00
Saturday 05:00 - 11:00
Sunday 05:00 - 11:00

Telephone

+9779846382655

Alerts

Be the first to know and let us send you an email when Govinda Timilsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Govinda Timilsina:

Share