Rautahat Express

Rautahat Express truth news only

राती दर्जनौँ मोटरसाइकल प्रहरीको नियन्त्रणमारौतहट २०८२/३/२०मोहम्मद अफताब हासमी  रौतहटको राजपुर नगरपालिका अन्तर्गत इलाका प...
04/07/2025

राती दर्जनौँ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

रौतहट २०८२/३/२०
मोहम्मद अफताब हासमी

रौतहटको राजपुर नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय (इप्रका) राजपुरको टोलीले मोहर्रमको अवसरमा झारा (दाहा) खेल्ने क्रममा अव्यवस्थित रूपमा चलाइएका दर्जनौँ मोटरसाइकल नियन्त्रणमा लिएको छ।

बरिष्ठ नायब निरीक्षक अशोक कुमार कुर्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति १२ बजेदेखि १ बजेसम्म विशेष निगरानीका क्रममा बाहिरी क्षेत्रबाट झारा खेल्न आएका युवाहरूको सवारीसाधन चेकजाँच गर्दा एकै मोटरसाइकलमा तीन–चार जना चढी हुइँक्याउँदै कुदाइरहेका दर्जनौँ मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मोहर्रमको शान्तिपूर्ण सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले निगरानी कडा पारिएको थियो।

इप्रका प्रमुख कुर्मीले झारा खेल्नेक्रममा शान्ति सुरक्षामा असर पर्ने कुनै गतिविधि नगर्न आग्रह गर्दै, यदि त्यस्तो पाइएमा कडा कारबाही गरिने चेतावनीसमेत दिएका छन्।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलको आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। साथै, शान्ति सुरक्षामा अवरोध गर्ने कार्यप्रति शून्य सहनशीलता अपनाइने इप्रकाको भनाइ छ।

15/06/2025

रौतहट अषाढ १ गते ।। रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासंगै खसेको चट्याङ लागेर चट्य.....

सबगढामा २५ लाखको आरसीसी सडक निर्माण सुरु – जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदबाट शिलान्यासमोहम्मद अफताब हासमी रौतहट ...
01/06/2025

सबगढामा २५ लाखको आरसीसी सडक निर्माण सुरु – जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदबाट शिलान्यास

मोहम्मद अफताब हासमी
रौतहट जेठ १८

रौतहट जिल्लाको गौर नगरपालिका–६ स्थित सबगढामा आरसीसी (RCC) सडक निर्माण कार्य सुरु गरिएको छ। जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदले एक कार्यक्रमकाबीच उक्त सडक निर्माणको शिलान्यास गरेका हुन्।

पूर्वाधार विकास कार्यालयबाट विनियोजन गरिएको २५ लाख रुपैयाँको बजेटमा २५० मिटर लामो सडक निर्माण हुने भएको हो। यो सडक कालामको घरदेखि बैरिया गाउँतर्फ जाने मुख्य बाटो हो, जसले स्थानिय आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

शिलान्यास कार्यक्रम शेख सेराजुलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शेख मैनुदिन, मोहम्मद हासिम मियाँ, मूकदम मियाँ, शेख मुरतुजा लगायत थुप्रै स्थानिय अगुवा, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यासपछि बोल्दै जिल्ला अध्यक्ष शेख जमसैदले भने, “जनताको आधारभूत आवश्यकतामा सरकारको ध्यान जानु आवश्यक छ। हामी जनताको हितमा काम गर्न प्रतिबद्ध छौं। यो सडकले यहाँका नागरिकहरूलाई सहज यातायात सुविधा उपलब्ध गराउनेछ।”

स्थानिय बासिन्दाहरूले सडक निर्माण कार्यप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। सबगढा क्षेत्र विगतदेखि नै सडक सुविधा अभावले समस्यामा परिरहेको र यो आयोजना सबैका लागि महत्वपूर्ण हुने उनीहरूको भनाइ छ।

डिआईजी उमा चतुर्वेदीले आपराधिक गतिविधि र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कडा निर्देशन मधेश प्रदेश प्रहरी प्रमुखको जिम्...
13/05/2025

डिआईजी उमा चतुर्वेदीले आपराधिक गतिविधि र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कडा निर्देशन

मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि डिआईजी चतुर्वेदीले मंगलवार जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन् । जसमध्ये आज उनले रौतहटको स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।

अनुगमन तथा निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले उपस्थित प्रायः जिल्ला प्रहरी कार्यालय रौतहट जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका हुन् ।

सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन् । डिआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको विभिन्न किसिमका सामानको तस्करी, र आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिए ।

28/04/2025

बिरगंज भन्सार मा चेकिगको नाममा सस्त्र प्रहरी द्रारा एउटा महिलालाई लक्षार पक्षार।

शिक्षक आन्दोलनको २६औं दिन : प्रहरी दमनमा सयौं शिक्षक घाइते, सरकारलाई चेतावनीमोहम्मद अफताब हासमी रौतहट, वैशाख १४शैक्षिक स...
28/04/2025

शिक्षक आन्दोलनको २६औं दिन : प्रहरी दमनमा सयौं शिक्षक घाइते, सरकारलाई चेतावनी

मोहम्मद अफताब हासमी
रौतहट, वैशाख १४

शैक्षिक सुधारका मागसहित जारी सडक आन्दोलनको २६औं दिनमा प्रहरी हस्तक्षेपका कारण १०० भन्दा बढी शिक्षकहरू घाइते भएका छन्। शान्तिपूर्ण आन्दोलनमा सहभागी भई कलम बोकेर आन्दोलनमा उत्रिएका शिक्षकहरू माथि सुरक्षाकर्मीले बल प्रयोग गरी लाठी प्रहार गरेपछि परिस्थिति तनावपूर्ण बनेको छ।

घटनापछि घाइते भएका शिक्षकहरूलाई विभिन्न स्थानीय अस्पतालहरूमा उपचारका लागि लगिएको छ। घाइते शिक्षकहरूको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै आन्दोलनकारीहरूले तत्काल उपचार र न्यायक माग गरेका छन्।

रौतहट जिल्लाका अग्रणी शिक्षक लोखेन्द्र यादवले घटना प्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई कडा चेतावनी दिएका छन्। उनले भने, "निहत्था शिक्षकहरू माथि भएको अमानवीय लाठी प्रहारको हामी कडा विरोध गर्छौं। यदि भोलि देखि उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको सरकार आफै जिम्मेवार हुनेछ।" यादवले घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारसँग माग राखेका छन् कि शिक्षकहरूको सम्मान र हक अधिकारको संरक्षणका लागि तत्काल आवश्यक कदम चालियोस्।

शिक्षकहरूले केही हप्ता अघिदेखि विभिन्न शैक्षिक सुधार र पेशागत मागहरू अघि सार्दै सरकारसँग संवादको प्रयास गर्दै आएका थिए। तर, सरकारले गम्भीर रुपमा लिएको नदेखिएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनको क्रममा शिक्षकहरूले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

यस घटनाले मुलुकभर शिक्षक आन्दोलनको विषयमा नयाँ बहस पैदा गरेको छ। विभिन्न पेशागत संघसंस्थाहरूले समेत सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गरेका छन् र आन्दोलनरत शिक्षकहरूलाई ऐक्यबद्धता जनाएका छन्।

बमनहर किनार वृक्षारोपण लथालिङ्ग : लाखौं लगानीको संरक्षणमा चरम लापरवाहीमोहम्मद अफताब हासमी रौतहट बैशाख १४यमुनामाई, बम नहर...
27/04/2025

बमनहर किनार वृक्षारोपण लथालिङ्ग : लाखौं लगानीको संरक्षणमा चरम लापरवाही

मोहम्मद अफताब हासमी
रौतहट बैशाख १४

यमुनामाई, बम नहर चौक (विशेष रिपोर्ट)।
यमुनामाई गाउँपालिका अन्तर्गत बम नहर चौकको पश्चिम पट्टिको नहर किनारमा लाखौं रुपैयाँ खर्चेर गरिएको वृक्षारोपण अहिले लथालिङ्ग अवस्थामा पुगेको छ। गाउँपालिकाको आर्थिक लगानीमा फलामको केज (जाली) सहित रोपिएका बिरुवाहरू हाल संरक्षण अभावमा सुक्न थालेका छन्।

स्थानीयबासीका अनुसार, वृक्षारोपण क्षेत्र वरिपरि गोडमेल, सिँचाइ तथा सरसफाइ जस्ता नियमित कार्यहरू हुन नसक्दा बिरुवाहरू मर्न थालेका छन्। कतिपय केजभित्र बिरुवाको नामनिशान नै हराएको छ। "बिरुवा बाँचिरहेको छ कि छैन भनेर छुट्याउन पनि मुस्किल परेको छ," एक स्थानीय बासिन्दाले गुनासो गरे।

स्रोतका अनुसार, बिरुवाहरूको संरक्षण तथा हेरचाहका लागि गाउँपालिकाले विशेष रुपमा हेरालु भर्ना गरेर तलब सुविधा दिइरहेको छ। तर वृक्षारोपणको हालको अवस्था हेर्दा त्यो व्यवस्था कागजमै सीमित भएको देखिन्छ।

सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने, सोही नहर किनार भएर गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका उच्च कर्मचारीहरू दैनिकजसो आवतजावत गर्छन्। त्यस्तै, स्थानीय सञ्चारकर्मी र पत्रकारहरू पनि दिनहुँजसो त्यही बाटो हिँड्ने गरेका छन्। तर, यति गम्भीर समस्याप्रति अहिलेसम्म कसैले आवाज उठाएको देखिएको छैन।

स्थानीयहरू भन्छन्, "वृक्षारोपणमा लगानी गरिएको लाखौं रुपैयाँ आज धुलोमा मिसिएको छ। यति ठूलो लापरवाही हुनु आफैँमा भ्रष्टाचारको संकेत हो।"
उनीहरूले यो घटनालाई आर्थिक हिनामिना तथा प्रशासनिक बेथितिको उदाहरण भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारवाहीको माग समेत गरेका छन्।

वातावरणीय सन्तुलनका लागि गरिएको वृक्षारोपण जस्तो दीर्घकालीन योजनामा देखिएको यस्तो चरम बेवास्ताले स्थानीयको गम्भीर चिन्ता बढाएको छ।
त्यसैले सम्बन्धित निकायले तत्काल वृक्षारोपण क्षेत्रको समुचित निरीक्षण गरी संरक्षण, व्यवस्थापन तथा पुनः सुधार कार्य थाल्नुपर्ने स्थानीयवासीहरूको जोडदार माग रहेको छ।

नारायणी यातायात कार्यालयमा ट्रायल प्रमुख साहको खुलेआम असुली र मिलेमतो, ट्रायल प्रक्रियामा व्यापक अनियमितताराहुल गुप्ता /...
26/04/2025

नारायणी यातायात कार्यालयमा ट्रायल प्रमुख साहको खुलेआम असुली र मिलेमतो, ट्रायल प्रक्रियामा व्यापक अनियमितता

राहुल गुप्ता /वीरगन्ज

नारायणी यातायात व्यवस्था कार्यालय, बिरगञ्जमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा खुलेआम असुली र मिलेमतो भइरहेको तथ्य उजागर भएको छ। सेवाग्राहीहरूका अनुसार ट्रायल प्रमुख चन्द्र शेखर साहको संलग्नतामा कार्यालयमा गम्भीर भ्रष्टाचार र अनियमितता व्याप्त रहेको देखिएको छ।

मिति २०८१ साल चैत २१ गते देखि २०८२ साल वैशाख ११ सम्मको अवधिमा उक्त कार्यालयमा १६०० भन्दा बढी व्यक्तिहरूले लाइसेन्सका लागि आवेदन दिएका थिए।

विभिन्न जिल्लाबाट आएका आवेदकमध्ये करिब ९० प्रतिशतभन्दा बढी ट्रायलमा उतिर्ण भएका छन्। पास भएका व्यक्तिहरूलाई यातायातका कर्मचारीहरूले प्रमाणित गरी प्रवेशपत्र वितरण गरिएको देखिन्छ।

त्यसैबीच, ट्रायल फेल भएकाहरूले बिचौलियाको सहयोगमा रु १५,००० देखि रु २०,००० सम्म रकम बुझाई लाइसेन्स पास गराइरहेको पाइन्छ। बिचौलियाहरूले आवेदकको नागरिकता प्रतिलिपि, ग्राहक कोड, रसिद नम्बरलगायतका विवरण सङ्कलन गरी कार्यालयका कर्मचारीहरूसँग मिलेर 'सेटिङ' मिलाउने गरेका छन्। लाइसेन्स पास गराएपछि केही दिन पछिमात्र राजस्व तिरिने र लाइसेन्स वितरण गरिने चलन रहेको छ।

यस बिषयमा ट्रायल प्रमुख चन्द्र शेखर साह र कार्यालय प्रमुख संग सम्पर्क गर्न खोज्दा फोन उठेको छैन।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र ४६ बमोजिम सवारी साधन सञ्चालन गर्न लाइसेन्स अनिवार्य भए तापनि ऐनकै दफा १५६ को व्यवस्था विपरीत मिलेमतो गरी अनुत्तीर्णहरूलाई लाइसेन्स प्रदान गरिएको छ।

ट्रायल केन्द्रमा सीसी क्यामरा नहुनु, बिग्रिएको अवस्थामा रहनु, ट्रायलको कुनै भिडियो प्रमाण नहुनु र ट्रायल नतिजा प्रकाशनमा अत्यधिक ढिलाइ हुनुजस्ता कमजोरीहरूले बिचौलियालाई सजिलो बनाएको छ।

त्यसैगरी, फेल भएका व्यक्तिहरूको प्रवेशपत्र कानुनी आधारविना कार्यालयले नियन्त्रणमा लिने गरेको गम्भीर आरोप समेत लागेको छ। सेवाग्राहीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा धम्की दिने, हातपात गर्ने र केही 'भ्रष्ट पत्रकार'को समेत संलग्नता रहेको आरोप लगाएका छन्।

सरकारी तलबले गुजारा चलाउन कठिन भएकाले कतिपय कर्मचारीहरू बिचौलियासँगको मिलेमतोमा अनियमित रकम असुली गरी खर्च धानिरहेको तथा लामो समय एउटै कार्यलयमा बस्न जिल्ला र केन्द्र तहमा समेत बार्गेनिङ हुने गरेको उल्लेख गरिएको छ।

सेवाग्राहीहरूले ट्रायल केन्द्रमा पूर्णरूपमा सीसी क्यामरा जडान गरी प्रभावकारी अनुगमन गर्न, बिग्रिएको क्यामरा तत्काल मर्मत गर्न तथा फेल भएका व्यक्तिहरूको प्रवेशपत्र जफत गर्नुको कानुनी आधार सार्वजनिक गर्न माग गरेका छन्।

"बिचौलियाको सञ्जाल नचुँडिएसम्म र कार्यालय प्रमुखलाई जवाफदेही नबनाइँदासम्म यातायात कार्यालयको सुधार सम्भव छैन," एक सेवाग्राहीले प्रहार डेली डटकमलाई बताए।

22/04/2025

पर्सा सामादाता पर्साको सखुवा प्रसौनी गाउँपालिकाका लेखा प्रमुख सुमन साहले खाना, खाजा, चिया, पानी लगायतमा झण्डै ४५ ....

रौतहटमा भारतिय युवक पिस्टल, कोरेक्स र लागूपदार्थ सहित पक्राउमोहम्मद अफताब हासमी रौतहट, चैत ३१ रौतहटको सीमावर्ती क्षेत्रम...
13/04/2025

रौतहटमा भारतिय युवक पिस्टल, कोरेक्स र लागूपदार्थ सहित पक्राउ

मोहम्मद अफताब हासमी
रौतहट, चैत ३१

रौतहटको सीमावर्ती क्षेत्रमा शसस्त्र प्रहरीले विशेष अपरेशनका क्रममा पिस्टल, कोरेक्स सिरप र विभिन्न प्रकारका लागूपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत बैरगनिया थाना क्षेत्रको ग्राम पंचायत आदम्बन निवासी २२ वर्षीय किशन कुमारलाई पक्राउ गरिएको हो। उनलाई शसस्त्र प्रहरी बल नेपाल (एपीएफ) का डीएसपी दिनेश बस्नेतको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

श्रोतका अनुसार,३० गतेको विशेष सुराकीका आधारमा अपरेशन चलाइएको थियो। पक्राउ परेका कुमारको साथबाट एक थान अवैध पिस्टल, केही राउण्ड गोली, ठूलो मात्रामा कोरेक्स सिरप र अन्य प्रतिबन्धित लागूपदार्थ बरामद गरिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका सामग्री र पक्राउ परेका युवकलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो लागूपदार्थ तस्करी र अवैध हतियारको कारोबार प्रति गम्भीर संकेत गरेको छ। सुरक्षा निकायले यस्ता गतिविधिहरू रोक्न सीमा क्षेत्रमा निगरानी अझ कडा बनाइएको जनाएको छ।

शसस्त्र प्रहरीका अनुसार, पछिल्लो समय नेपाल–भारत सीमामा लागूपदार्थ तस्करी, हतियार ओसारपसार र अन्य आपराधिक गतिविधि बढ्दै गएको पाइएको छ, जसलाई नियन्त्रण गर्न विशेष अपरेशनहरू सञ्चालन भइरहेका छन्।

12/04/2025

श्री हनुमान जन्मोत्सवको पावन अवसरमा वीरगंजमा निकालिएको वृहत शोभा यात्रा

पत्रकार:- पवन प्रसाद साह

Address

Gaur

Alerts

Be the first to know and let us send you an email when Rautahat Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rautahat Express:

Share