Onlineekhabar.com

  • Home
  • Onlineekhabar.com

Onlineekhabar.com Online Media

29/06/2025

अपाङ्ग व्यक्तिमाथि सामूहिक कुटपिट: तीन जनाविरुद्ध गम्भीर आरोप

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ७ बगही टोलमा असार १२ गते दिउँसो करिब ४:३० बजे सामूहिक कुटपिटको घटना सार्वजनिक भएको छ । स्थानीय लाल बिहारी साह (उमेर करिब ५० वर्ष), जो शारीरिक रूपमा अपाङ्ग छन्, माथि तीन जनाले अति अमानवीय ढंगले कुटपिट गरी गम्भीर चोट पुर्‍याएको पीडित पक्षले आरोप लगाएको छ ।

पीडितको अनुसार विपक्षीहरू विल्टु मियाँ धोबी, अलि अकबर मियाँ धोबी, र इन्ताज आलम मियाँ धोबी ले श्रमिक प्रयोग गरी पीडितको नाममा रहेको जग्गा अतिक्रमण गरी अवैध रूपमा भवन निर्माण गर्न खोजेको बताइएको छ ।

जब पीडित लाल बिहारी साहले उक्त कार्यको विरोध गरे, विपक्षीहरू रिस उठाई अपशब्द बोलेर गालीगलौज गरेका र पछि सामूहिक रूपमा लात, घुँसा, मुक्का तथा फलामको जी.आई. पाइप प्रयोग गरी आक्रमण गरेको पीडितले आरोप लगाएको छ । आक्रमणबाट साहको बायाँ खुट्टाको हड्डी भाँचिएको, बायाँ हातमा फ्र्याक्चर भएको र पहिल्यै अपाङ्ग रहेको दाहिने हातमा समेत चोटपटक लागेर उनी अचेत अवस्थामा पुगेका थिए ।

स्थानीयको सहयोगमा घाइतेलाई तत्काल एम्बुलेन्समार्फत गरुडा स्थित बेटर नेपाल मल्टिस्पेशालिस्ट अस्पताल लगिएको थियो, डाक्टरले उनको खुट्टामा स्टील राखिएको र हातमा प्लास्टर लगाउनुपर्ने अवस्था रहेको बताएका छन् ।

पीडित परिवारले दोषीहरूलाई कानुनी दायरामा ल्याई हदैसम्मको सजायको माग समेत गरेका छन । इलाका प्रहरी कार्यालयमा ज्यादा मुद्दा दर्ता नगरी उल्टै विपक्षीलाई पक्राउ गरेको व्यक्तिलाइ छोडेका पीडित पक्षले आरोप लगाएका छन । एक महिना पहिला पनि विपक्षीले वडा अध्यक्षको अगाडि कुटपिट गरेको पीडित लाल बिहारी साहलको श्रीमतीले आरोप लगाएको छ ।

17/06/2025

एसईईकाे नतिजा असार तेस्रो साता आउने

📢  #कागजात हराएको सूचनामिति २०८२/०२/१४ गते (बुधवार), जनकपुरधामबाट गौर आउँदै गर्दा बस स्टेन्ड नजिक प्रदेश लोक सेवा आयोग क...
29/05/2025

📢 #कागजात हराएको सूचना
मिति २०८२/०२/१४ गते (बुधवार), जनकपुरधामबाट गौर आउँदै गर्दा बस स्टेन्ड नजिक प्रदेश लोक सेवा आयोग को परीक्षासम्बन्धी केही महत्वपूर्ण कागजातहरू हराएको छ।

हराएको सामग्रीहरूमा निम्न समावेश छन्:
📌 प्रवेश पत्र
📌 पढाइका किताबहरू
📌 नोटबुकहरू
📌 नागरिकता प्रमाणपत्र

उक्त सामग्री फेला पार्नु भएका महानुभावहरूले कृपया तल उल्लेखित नम्बरमा सम्पर्क गरी बुझाइदिनु हुन विनम्र अनुरोध गरिन्छ। हराएको सामग्रीहरू दिने लाई उचित पुरस्कार दीने छ !

👤 नाम: धिरेन्द्र कुमार कुशवाहा
🏠 ठेगाना: गौर – ५, रौतहट
📞 सम्पर्क नम्बर: ९८६५२१३७३०

एक जिम्मेवार नागरिकको कर्तव्य पुरा गरौं।

29/05/2025
रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा
25/05/2025

रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

चन्दन कुमार महतो, रौतहट | जेठ ११ रामपुरखापमा भैरोनाथ मन्दिरको शिलान्यास, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने...

रौतहट गौर -४ का समाजसेवि एवं  #दयालु मनको धनी ब्यक्ती आदरणीय दाई  #मनोज यादवले पत्रकार दाई  #फणि  #महतको  #उपचारका लागि ...
04/05/2025

रौतहट गौर -४ का समाजसेवि एवं #दयालु मनको धनी ब्यक्ती आदरणीय दाई #मनोज यादवले पत्रकार दाई #फणि #महतको #उपचारका लागि नगद रु ५ हजार सहयोग गर्नु भएको छ।उहाँलाई हृदय देखि आभार प्रकट गर्न चाहन्छु🙏🙏

Address


Alerts

Be the first to know and let us send you an email when Onlineekhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Onlineekhabar.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share