News Pati

News Pati Spread Information

03/03/2025

बेलुन पड्किएर घाइते भएका पोखराका मेयर धनराज आचर्यले पोखरामा एक वर्ष भित्र जलेको निको बनाउने अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा भारतीय ट्रक पास हुने क्रममा विनयीखोलाको पुल भाँचिएको छ। यस घटनापछि पूर्व–पश्चिम राजमा...
10/01/2025

पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा भारतीय ट्रक पास हुने क्रममा विनयीखोलाको पुल भाँचिएको छ। यस घटनापछि पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ, र गाडीहरू डाइभर्सनका लागि बाटो खोजिँदै छ।

वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
08/01/2025

वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

New Zealand का स्टार खेलाडी मार्टिन गुप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।उनले विराटनगर किङ्सबाट...
08/01/2025

New Zealand का स्टार खेलाडी मार्टिन गुप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
उनले विराटनगर किङ्सबाट यो सिजनको NPL पनि खेलेका थिए।

प्याब्सन दाङको ३४औं स्थापनाको अवसारमा आयोजित कार्यक्रम "गुणस्तरीय शिक्षाका संवाहक: संस्थागत विद्यालयको प्रवर्द्धन र संरक...
08/01/2025

प्याब्सन दाङको ३४औं स्थापनाको अवसारमा आयोजित कार्यक्रम "गुणस्तरीय शिक्षाका संवाहक: संस्थागत विद्यालयको प्रवर्द्धन र संरक्षणमा स्थानिय सरोकारवालाको भूमिका" विषयक प्यानल डिस्कसन, २०८१ पौष २४

चिन्नुहुन्छ ? कुन हिमाल हो ?
06/01/2025

चिन्नुहुन्छ ? कुन हिमाल हो ?

पोखरा पुगेका काङ्रेसका महामन्त्री गगन थापालाई ‘रविले सहकारी ठगेको प्रमाण खोइ?’ भन्दै महिलाले घेरेका छन्। उनीहरूले सामाजि...
05/01/2025

पोखरा पुगेका काङ्रेसका महामन्त्री गगन थापालाई ‘रविले सहकारी ठगेको प्रमाण खोइ?’ भन्दै महिलाले घेरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा महामन्त्री थापा सूर्यदर्शन सहकारी प्रकरणलाई विषयान्तर गर्न पोखरा आएको आरोपमात्र लगाएका छैनन्, सहकारी पीडितको नाममा उनीसँग सहकारी घोटालाको प्रमाण माग्नसमेत लगाएका छन्।

05/01/2025

प्याब्सन दाङकाे आयाेजना, एपेक्स कम्प्युटर्सकाे प्रायाेजन तथा गाेरक्ष राष्ट्रिय दैनिककाे मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राकाे उत्कृष्ट १० काे नतिजा आज आइतबार सार्वजनिक भएकाे हाे ।

अङ्ग्रेजी वर्णानुक्रम अनुसार यस्ताे छ उत्कृष्ट १० काे नतिजा
१. हेल्दिता चाैधरी ( सिद्धार्थ एकेडेमी, घाेराही )
२. जेसिका शर्मा (सनलाइट माेडर्न इङलिस स्कुल, लमही)
३. निरूता खनाल ( जनज्योति विद्यामन्दिर, घाेराही)
४. नियती चन्द (तुलसी बाेर्डिङ स्कुल, तुलसीपुर )
५. प्रज्ञा डाँगी ( गाेरखा मावि तुलसीपुर )
६. प्रनिशा बाेहरा ( गाेरखा मावि तुलसीपुर )
७. रक्षा शर्मा (माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुल, घाेराही)
८. सलिना पाैडेल (माउन्ट भ्यु इङलिस बाेर्डिङ स्कुल, घाेराही)
९. साेनिया पाैडेल ( दीपशिखा आवासीय मावि, घाेराही)
१०. एन्जुला बस्नेत (तुलसी बाेर्डिङ स्कुल, तुलसीपुर )

‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीस...
27/12/2024

‘एक दिन मेरो ठूलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउनेछु।’दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा यस्तै भिडिओ राखेका थिए- बाजुराको बडिमालिका नगरपालिका-७ निवासी ३० वर्षीय धर्म खत्रीले। दुर्भाग्य! उनै खत्रीको बिहीबार मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

27/12/2024
चराको गुँड:दाङको बबई गाउँपालिकाको सभाहलको छतमा धान चराले बनाएको गुँड। तस्बिर :दीपक बोहरा/रासस
27/12/2024

चराको गुँड:
दाङको बबई गाउँपालिकाको सभाहलको छतमा धान चराले बनाएको गुँड। तस्बिर :दीपक बोहरा/रासस

08/12/2024

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालले ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा ल्याएको हो ।

हार्दिक बधाईघोराही उपमहानगरपालिका खेलकुद विकास समिति द्वारा आयोजित 'दोश्रोअन्तर विद्यालय तथा क्लव स्तरिबक्सिङ प्रतियोगित...
08/12/2024

हार्दिक बधाई
घोराही उपमहानगरपालिका खेलकुद विकास समिति द्वारा आयोजित 'दोश्रोअन्तर विद्यालय तथा क्लव स्तरिबक्सिङ प्रतियोगिता २०८१' मा Ganga Mavi Rampur Dang बाट सहभागी भइ 70kg तौल समुहमा प्रथम हुन सफल सन्ध्या परियार र 75kg समुहमा द्वितीय हुनसफल नेहा वि.क. लाई बधाई ज्ञापन गर्दै विद्यालयका सहायक प्रधानाध्यापक श्रीमण न्याैपाने र खेलकुद बिधा हेर्नुहुने शिक्षक Poshan Bista लगायतले सम्मान गर्नुभएको छ । हामी पनि ती छात्राहरुको प्रगतिको कामना सहित बधाई ज्ञापन गर्दछौँ ।

२०८१ मंसिर १७,नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही उपमहानगरपालिका समितिले आज शिक्षा क्षेत्रसंग सम्बन्धित विभिन्न सुझाव र ...
02/12/2024

२०८१ मंसिर १७,
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही उपमहानगरपालिका समितिले आज शिक्षा क्षेत्रसंग सम्बन्धित विभिन्न सुझाव र मागहरु सहितको २४ बुँदे मागपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएको छ ।
देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको वषौँ बितिसक्दा पनि शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकिरहेको अवस्थामा नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालयको शिक्षाको निति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मुल्याङ्कन र नियमन गर्ने कार्य स्थानीय सरकारको अधिकार क्षेत्र भएको भन्दै घोराही उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्न विभिन्न सुझाव र मागहरु समेटी मागपत्र बुझाएको हो ।
मागपत्र ग्रहण गरेपछि नगर प्रमुख चौधरीले शिक्षक संगठनले उठाएका विषयबस्तुहरु समय सापेक्ष र सृजनात्मक भएकाले तत्कालै कार्यान्वयन गर्न सकिने मागहरुलाई तुरुन्तै कार्यान्वयनमा लैजाने र नितीगत रुपमा कार्यान्वयन गर्नुपर्ने विषयबस्तुलाई नीति बनाई कार्यान्वयन गरिने बताउनु भयो । साथै शैक्षिक सुधारमा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो कर्तव्यलाई मनन्गरी उत्कृष्ट नतिजा दिनु लागिपर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही उपमहानगरपालिका समितिका अध्यक्ष पोषणराज विष्टको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नगरप्रमुख चौधरीलाई मागपत्र बुझाएको हो । शैक्षिक सुशासन, पारदर्शिता, अनुगमन, मुल्याङ्कन, भौतिक पूर्वाधार सुधार, शिक्षक दरबन्दी, शिक्षक तालिम, दण्ड, पुरस्कार, शिक्षक÷कर्मचारीको सेवा सुविधा तथा शैक्षिक गुणस्त्तर सुधार गर्न स्थानीय सरकारले लक्ष्य उद्देश्य र योजना निर्माणमा थप कदम चाल्नु पर्ने देखिएको बताउँदै संगठनका अध्यक्ष विष्टले एक जिम्मेवार संगठनका हैसियतले यो मागपत्र प्रस्तुत गरेको बताउनु भयो । शैक्षिक गुणस्त्तर सुधारसँग सम्बन्धित आफ्ना मागहरुलाई स्थानीय सरकारले ग्रहण गरी अविलम्ब कार्यान्वयन गर्ने अपेक्षा गरेको पनि अध्यक्ष विष्टले बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डि.सी., नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला अध्यक्ष मिनराज शर्मा पण्डित, पेशागत महासंघ लुम्बिनिका उपाध्यक्ष श्रीमण न्यौपाने, संगठनका निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत, निवर्तमान जिल्ला कोषाध्य विजय अधिकारी, नेराशि संगठन घोराहीका सचीव खिमबहादुर बुढा, सचिवालय सदस्य अशोक वली र खगेश्वर पौडेल, NNTAघोराही प्र.अ. संजालका संयोजक गिरीप्रसाद भट्टराई, सचीव कृष्ण डाँगी र कोषाध्यक्ष लिलाराज पण्डित लगाएतको उपस्थिति रहेको थियो .

यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
13/11/2024

यूएईलाई हराउँदै नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट

Address

Ghorahi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97782563353

Website

Alerts

Be the first to know and let us send you an email when News Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Pati:

Share