Sworgadwari Online

  • Home
  • Sworgadwari Online

Sworgadwari Online कुनै समाचार,बिज्ञापन र सुचना छन् भने ९८४७८८७३९१ मा फोन गर्नुहोस्।

यति सङ्घर्षले पाएको जागिर निल्नु न ओकल्नु 🙏😥१८ वर्षको उमेरमा विवाह हुँदा आइए पढ्दै थिएँ। बिहे भएको पाँच वर्षसम्म घरायसी ...
01/11/2025

यति सङ्घर्षले पाएको जागिर निल्नु न ओकल्नु 🙏😥

१८ वर्षको उमेरमा विवाह हुँदा आइए पढ्दै थिएँ। बिहे भएको पाँच वर्षसम्म घरायसी काममा मात्र सीमित रही सन्तान जन्माउने लगायत घरायसी काम गाईभैंसी पाल्ने घाँस काट्ने काम गरें । यो अवधिमा धेरै दुःख गरे आइए पास गरेकी म कुनै जागिर व्यवसाय नगरी बसेकोले गाउँघरका मानिसले यति पढेर पनि केही गर्न सकिन भन्दा मन खिन्न हुन्थ्यो । त्यसैले बिहे भएको पाँच वर्षपछि बि एडमा भर्ना भएर घरमै घरायसी काम गर्दै प्राइभेट पढेर बि एड पास गरें, त्यसपछि निमावि अध्यापन अनुमतिपत्र पास गरेर २०७६ सालमा प्रावी स्थायिमा नियुक्ति भए। जीवन राम्रै चलिरहेको थियो, एक्कासी मेरो जीवनमा बज्रपात भयो। २०७८ सालमा मेरो श्रीमानको मृत्यु भयो। यस घटनाले मेरो जीवन उथलपुथल भयो। बच्चाहरू एकातिर जागिर एकातिर भयो, मानसिक पीडा त छँदै थियो। घर पनि अस्तव्यस्त भयो । त्यो समयमा त सरुवा कार्यविधि २०८० थिएन । दुःखी पीडित र समस्यामा भएकालाई घरपायक बनाई समस्या समाधान गर्न सकिन्थ्यो । मेरो पनि घरपायक सरुवा भयो र म बच्चाहरूसँग बस्न पाउँदा जीवनसाथीसँगको वियोगको पीडा अलि कम भयो बच्चाहरूको रेखदेख गर्न पनि पाइयो।

यसरी नै दिनहरू बित्दै थिए । आफ्नो सुख दुःखको साथी माया गर्ने मान्छे गुमाउँदाको पीडा त कति हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। त्यसमाथि हाम्रो समाज एउटा विधुवा नारीलाई हेर्ने दृष्टिकोण र विभिन्न आरोप प्रत्यारोप, पीडाबाट मुक्त राख्न विद्यालय गई अध्यापन गर्नुको अलावा मैले बिहान साँझ खाली समयमा माध्यमिक तहको नेपाली विषयको दरबन्दीमा लुम्बिनी प्रदेशबाट शिक्षक सेवा आयोगको तयारी गरें । फलस्वरूप २०८१ सालमा एकैपटकमा माध्यमिक तहमा नाम निस्कियो र म अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका अन्तर्गत ज्योति माध्यमिक विद्यालयमा पोस्टिङ भई अध्यापन गर्दै आइरहेकी छु। घरमा दुईवटा बच्चाहरु छन् तिनीहरुलाई हेरचाह गर्ने मान्छे छैन सरुवा होला भनेर माध्यमिक तहमा नाम निकालियो त्यो बेला यो सरुवा कार्यविधि २०८० पनि बनेको थिएन नत्र त्यही प्रावी जागिरमै भएपनि सीमित बसिन्थ्यो। अहिले यो शिक्षकको जेष्ठताबाट सरुवा गर्ने भन्ने कार्यविधिले कहिल्यै पनि हाम्रो सरुवा हुने आशा छैन। किनभने रिक्त दरबन्दी शिक्षक सेवा आयोगमा विज्ञापनको लागि पठाइसक्छ। पहिलेको शिक्षा नियमावली अनुसार सरुवा हुन पाउने भए त हामी जस्ता समस्यामा परेका व्यक्तिहरुको लागि समाधान हुन सक्थ्यो अहिले जागिर छोडौँ त म एकल महिला घरमा बच्चाहरूको पालनपोषण पढाइलेखाइ कसरी गरौं जागिर गरौं त घरमा बच्चाको हेरचाह गर्ने मान्छे छैन घरव्यवहार सम्हाल्ने मान्छे छैन त्यसैले मलाई यो कार्यविधिले जागिर निल्नु न ओकल्नु बनाएको छ।
भन्दै गुनासो पोख्नु भएको छ 😥😥

नाम : कमला भुसाल
पद : माध्यमिक तह नेपाली शिक्षिका
ठेगाना : घोराही दाङ
हाल कार्यरत : श्री ज्योति माध्यमिक विद्यालय ठाडा, अर्घाखाँची

स्वर्गद्वारी नगरपालिका वडा नं ७ तापा स्थित बारीमा फुलेका तोरीका फूलहरूले थप शोभा दिएको छ।
28/10/2025

स्वर्गद्वारी नगरपालिका वडा नं ७ तापा स्थित बारीमा फुलेका तोरीका फूलहरूले थप शोभा दिएको छ।

25/10/2025

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्री बजारको देउसी भैलो कार्यक्रम !!!

23/10/2025

#दुःखद
दिदीको हातबाट तिहारको टिका लगाएर घर फर्किंदै गर्दा दु¥र्घ'टनामा ज्'यान गयो…

दाङको लमहीमा बसको ठ'क् करबाट राप्ती गाउँपालिका–५ सिंगे निवासी ६५ वर्षीय राम प्रसाद भट्टराईको मृ*त्*यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा ठक्,कर दिएपछि घा,इ,ते भएका उनलाई लमही अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उहाँको मृ¥त्*यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिनुभयो । बस र चालक प्रहरी नियन्त्रणमा छन।
परिवारप्रति गहिरो समवेदना ।

19/10/2025
19/10/2025

Good morning Pyuthan

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । भिङ...
27/09/2025

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्री सातमोडेमा रहेको सातमोडे सिचाइ पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

भिङ्ग्री वरिपरि मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका दाङ रामपुर घर भएका भिम बहादुर परियार र श्रीमती लक्ष्मी परियारका ८ वर्षीय छोरा बिनोद परियारको पौडी खेल्न गएको बेला डुबेर मृत्यु भएको हो ।
बिनोद चन्द्रेश्वरी प्राथमिक विद्यालय भिङ्ग्री ४ प्यूठानमा कक्षा २ मा अध्ययन गर्ने विद्यार्थी हुन ।
बिहानै दिदीसङ्ग नुहाइधुवाइ गर्नको लागि उक्त पोखरीमा गएका बिनोद दिदीसङ्ग ९ बजेतिर घर फर्किएर आएका थिए । त्यसपछि करिब बिहान १० बजेतिर फेरि एक्लै पोखरीमा नुहाउन गएका बिनोदलाई स्थानीय केटाकेटीले करिब बिहान ११:३० बजे पोखरीमा डुबेको अवस्थामा भेटाएर बाहिर निकालेको परिवारले बताएका छन । स्थानीय केटाकेटीले बाहिर निकालेर परिवारलाई खबर गरेका थिए । परिवारले खबर पाएपछि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा ल्याउदा बालकको मृत्यु भइसकेको प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । बालकको मृत्यु भएपछि अन्य आवश्यक प्रक्रिया पूरा गरेर शव परिवारकै जिम्मा लगाउने तयारी भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ । बिनोदकी आमा लक्ष्मीको माइतीघर भने स्वर्गद्वारी ३ डाडाँखर्क हो ।

Copy:- Jhagendra Bhandari

20/09/2025

प्युठान बागदुला घर बताउने यी युवा लाई कसैले चिन्नुहुन्छ भने परिवारको सम्पर्कमा आउन सहयोग गरिदिनुहोला । साथै यो POST लाई SHARE गरी सबै माझ पुर्याउन पनि सहयोग गर्नुहोला।

11/09/2025

तोडफोड पछि गगन थापा के भन्छन् ?

Address


Telephone

+9779847887391

Website

Alerts

Be the first to know and let us send you an email when Sworgadwari Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share