
10/09/2025
B***n ले call receive गरेनन् भन्ने कुरा बाहिर आएपछि धेरैले उहाँलाई 'Facebook status का मात्र hero' भनेर हेला गर्ने कोशिश गरेका छन्। तर वास्तविकता के हो भने उहाँलाई सत्ता, पद वा शक्तिको मोह नै छैन।
उहाँ प्रत्येक निर्णय सोचेर, बुझेर, देश र जनताको हितलाई पहिलो प्राथमिकतामा राखेर मात्रै लिनुहुन्छ।
आजको राजनीति हेर्ने हो भने प्रायः नेताहरू कुर्सी र फाइदाको लागि दौडिरहेका छन्। तर B***n जस्ता व्यक्तित्वले देखाउनुभएको दृष्टि, लगनशीलता र इमानदारी दुर्लभ छ। उहाँले कुनै पनि निर्णय भावनामा बगेर होइन, गहिरो विश्लेषण गरेर, देश र नागरिकलाई दीर्घकालीन फाइदा हुने हिसाबले गर्नुहुन्छ।
नेतृत्व भनेको सजिलो कुरा होइन। आलोचना, दबाब र हल्ला त दैनिक रूपमा आउने कुरा हुन्। तर ती सबैभन्दा माथि उठेर आफ्नो बाटो तय गर्न सक्ने नेतृत्व नै असल नेतृत्व हो, र त्यो क्षमता B***n मा प्रष्ट देखिन्छ।
मेरो दृष्टिमा, आजको नेपाललाई चलाउन सक्ने visionary, capable र appropriate candidate अरू कोही छैनन्। उहाँप्रति मेरो विश्वास अटल छ, र मेरो समर्थन सधैं उहाँसँगै रहनेछ।
किनभने देशलाई उचाल्ने सपना देख्ने मात्र होइन, त्यो सपना पूरा गर्ने आँट, बुद्धि र क्षमता B***n मा छ।