Rajmarg Online

Rajmarg Online news site

दाङमा मोबाइल चोरी गर्ने एक युवकलाई ६ महिना कैद र ५ हजार जरिवानादाङ जिल्ला अदालतले मोबाइल चोरी गरेको कसुरमा एक युवकलाई कै...
12/08/2026

दाङमा मोबाइल चोरी गर्ने एक युवकलाई ६ महिना कैद र ५ हजार जरिवाना

दाङ जिल्ला अदालतले मोबाइल चोरी गरेको कसुरमा एक युवकलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्क बस्ने सौगात भन्ने जेम्स नेपालीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

गएको बर्ष कार्तिक १७ गते राति घोराही-१४ पुलचोक बस्ने सिरेश नेपालीको घरबाट चार्जमा राखिएका दुईवटा मोबाइलहरू चोरी भएका थिए । घरका सदस्यहरू शौचालय जानका लागि उठ्दा ढोकाको चुक्कुल लगाउन भुलेको मौका छोपी रातीको समयमा मोबाइल चोरी भएको जाहेरीमा उल्लेख छ ।

चोरी भएको भोलिपल्ट दिउँसो घोराहीको आर्मी ब्यारेक चोक नजिकै शंकास्पद रूपमा हिडिरहेको अवस्थामा प्रहरीले जेम्स नेपालीलाई पक्राउ गरेको थियो । खानतलासी गर्दा निजको खल्तीबाट सिरेश नेपालीको घरबाट चोरी भएका दुईवटा र अर्को एउटा पोको गरी जम्मा ३ थान मोबाइल फेला परेका थिए ।

प्रतिवादी जेम्स नेपालीले प्रहरीसमक्षको बयानमा चोरी गरेको स्वीकार गरे तापनि अदालतमा भने आफूले अत्यधिक मादक पदार्थ सेवन गरेको र नसाको सुरमा के गरे भन्ने थाहा नभएको दाबी गरेका थिए । उनले ती मोबाइलहरू प्रहरीलाई बुझाउन जाँदै गर्दा पक्राउ परेको जिकिर गरे तापनि अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई दोषी ठहर गरेको छ ।

अदालतले कैद र जरिवानाका साथै अपराध पीडित संरक्षण ऐनु बमोजिम पीडित राहत कोषमा २०० रुपैयाँ जम्मा गर्न समेत आदेश दिएको छ।

यसैगरी मुद्दाको पुर्पक्षका क्रममा १५ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रहेका नेपालीले अदालतको तारेख गुजारेका कारण निजको धरौटी रकम समेत जफत भई राज्य कोषमा जम्मा हुने फैसलामा उल्लेख छ ।

घोराहीमा ग्यास डिलर/सप्लायर्समा उपभोक्ताको सिलिण्डरको लाइनघोराही उपमहानगरपालिका–१४ मा रहेका विभिन्न ग्यास डिजरमा बुधवार ...
12/08/2026

घोराहीमा ग्यास डिलर/सप्लायर्समा उपभोक्ताको सिलिण्डरको लाइन

घोराही उपमहानगरपालिका–१४ मा रहेका विभिन्न ग्यास डिजरमा बुधवार ग्यास सिलिण्डर आउने भएपछि मंगलवार रातिदेखि नै उपभोक्ताहरु सिलिण्डर लाइनमा राखेर बसेका छन् ।

तस्बिर : लीलाधर वली

दाङको घोराहीमा २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिहानी पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नदाङ । “भिन्न परि...
12/08/2026

दाङको घोराहीमा २७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिहानी पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ । “भिन्न परिवेश, साझा आकाङ्क्षा” (Different Contexts, Common Aspirations) भन्ने नाराका साथ २७औँ अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा दाङमा बिहानि पदयात्रा तथा युवासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको आयोजना तथा लक्ष्मीपुर युवा क्लब, जुनियर जेसिज घोराही, पाठशाला एजुकेसन प्रा.लि. र केयर गिभर तालिम केन्द्र दाङको सह–आयोजनामा कार्यक्रम आयोजना गरिएको हो। २०८३ साउन २७ गते बिहान ५ बजे लक्ष्मीपुर चोकदेखि हावा खाने डाँडासम्म बिहानि पदयात्रा गरिएको थियो। पदयात्रामा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न “हामी र हाम्रो स्वास्थ्य अभियान, लक्ष्मीपुर” ले व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको थियो। अभियानले पदयात्रा तथा कार्यक्रमको व्यवस्थापन, सहभागीहरूको समन्वय र कार्यक्रमस्थल व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको थियो।

पदयात्रापछि आयोजित अन्तरक्रिया कार्यक्रममा युवाको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, बृहत् यौनिकता शिक्षा (CSE), मानसिक स्वास्थ्य, रोजगारी, व्यावसायिक तथा सीपमूलक शिक्षा र वर्तमान अवस्थामा युवाको भूमिकालगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रम नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका सभापति माया कुमारी पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जुनियर जेसिजकी आयुश्री आचार्य, पाठशाला एजुकेसन प्रा.लि.का रमेश खड्का, लक्ष्मीपुर युवा क्लबका सचिव खेम भण्डारी तथा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका पूर्व सचिव बिपुल पोख्रेलले युवाको स्वास्थ्य, आवश्यकता, रोजगारी, व्यावसायिक तथा सीपमूलक शिक्षाको आवश्यकता र वर्तमान अवस्थामा युवाको भूमिकाबारे आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनालले “नेपालका युवाको अवस्था : तथ्याङ्कीय संक्षिप्त प्रतिवेदन” विषयक पेपर प्रस्तुत गर्नुभएको थियो। पेपरमा नेपालमा युवाको जनसांख्यिक अवस्था, शिक्षा, रोजगारी, बेरोजगारी, सीप विकास, स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, लागू पदार्थको जोखिम, युवाका प्रमुख सरोकार तथा राज्य र युवाको भूमिकाका विषयमा तथ्याङ्कसहित जानकारी प्रस्तुत गरिएको थियो।

प्रस्तुतिमा राष्ट्रिय जनगणना २०७८/२०२१ का आधारमा १५–२४ वर्ष उमेर समूहका ५७ लाख ४९ हजार ४६४ युवा रहेको उल्लेख गर्दै युवाको श्रमशक्ति सहभागिता, रोजगारी तथा शिक्षा, रोजगारी वा तालिममा संलग्न नरहेका (NEET) युवाको अवस्थाबारे जानकारी दिइएको थियो। युवाका लागि गुणस्तरीय शिक्षा, बजारमुखी सीप, सम्मानजनक रोजगारी, उद्यमशीलता र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

त्यस्तै युवाको स्वास्थ्यलाई शारीरिक स्वास्थ्यमा मात्र सीमित नगरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, मानसिक स्वास्थ्य, पोषण, हिंसाबाट सुरक्षा, STI/HIV रोकथाम र स्वस्थ जीवनशैलीसँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको थियो। किशोरावस्थामा हुने विवाह तथा गर्भधारण न्यूनीकरण, वैज्ञानिक तथा उमेरअनुकूल बृहत् यौनिकता शिक्षा र किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

अन्तरक्रियाका क्रममा युवाहरूले आफ्ना सवाल, जिज्ञासा तथा अपेक्षाहरू समेत राखेका थिए। सहभागी वक्ताहरूले युवालाई केवल भविष्यका कर्णधारका रूपमा मात्र नभई आजकै विकासका सक्रिय साझेदारका रूपमा हेर्नुपर्नेमा जोड दिएका थिए।

युवाले शिक्षा र सीपमा निरन्तर लगानी, स्वस्थ जीवनशैली, सही स्वास्थ्य सूचना, जिम्मेवार डिजिटल प्रयोग, लागू पदार्थ तथा हिंसाबाट दूरी, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, सामाजिक सेवा तथा सकारात्मक नेतृत्वमार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने सन्देश कार्यक्रममा दिइएको थियो।

नेपाल परिवार नियोजन सङ्घले युवालाई सेवाका लाभग्राही मात्र नभई अधिकारधारी, परिवर्तनका साझेदार तथा नेतृत्वकर्ताका रूपमा स्वीकार गर्दै युवाको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, परिवार नियोजन, सुरक्षित गर्भपतन, STI/HIV, बृहत् यौनिकता शिक्षा तथा किशोर–युवामैत्री स्वास्थ्य सेवामा पहुँच र सहभागिता अझ बलियो बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

कार्यक्रमले युवाका साझा आकाङ्क्षा—गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी, राम्रो स्वास्थ्य, समान अवसर, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र सुरक्षित भविष्य—लाई सुनिश्चित गर्न राज्य, समुदाय, संघसंस्था र युवाबीच सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।
Basant Khanal

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदैदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ...
12/08/2026

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार विश्वासको मत लिन थाल्नु भएको हो ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुंग्याउने तयारी गरिएको छ । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ ।

नयाँ सत्ता समीकरणअनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुट्न बाँकी छ । नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय छन् । हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सरकारमा छन् ।

८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ ।

घोराही–९ अस्पारामा स्थानीय युवा हरपल केसीले सन्चालन गरेको पोल्ट्री व्यवसाय । तीन हजार कुखुरा पालेर पोल्ट्री व्यवसाय गर्न...
12/08/2026

घोराही–९ अस्पारामा स्थानीय युवा हरपल केसीले सन्चालन गरेको पोल्ट्री व्यवसाय । तीन हजार कुखुरा पालेर पोल्ट्री व्यवसाय गर्नु भएका केसीले व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ ।

12/08/2026

श्रमिकलाई घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घरको उपहार

दाङ । सडकमा मजदुरीसंगै विभिन्न व्यवसाय गरेर जीविका चलाउने श्रमिकलाई घोराही बनाऔ अभियान र नेपाली जुत्ता घरले जुत्ता उपहार दिएका छन् ।

प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा संलगन व्यक्तिलाई जुत्ता–चप्पल उपहार प्रदान गरेका हुन । दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासन, नेपाली जुत्ता घरका सञ्चालक त्रिलोचन खनाल र दामोदर न्यौपाने लगायतको टोलीले घोराही बजारका विभिन्न स्थानमा पुगेर श्रम गरिरहेका व्यक्तिहरूलाई जुत्ता–चप्पल वितरण छ । नेपाली उत्पादनको बजार प्रवद्र्धनसँगै सामाजिक सेवाको कार्य गर्ने उद्देश्य अनुसार सम्मान गरिएको हो ।

विशेषगरी बजार सरसफाइ, सडक तथा सार्वजनिक क्षेत्रमा काम गर्ने श्रमिक, साना व्यवसायी, दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, महिला श्रमिकलगायत विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई जुत्ता–चप्पल प्रदान गरिएको थियो। उपहार प्राप्त गर्नेहरूले आफूहरूले गर्दै आएको श्रम र पेशाको सम्मान गर्दै जुत्ता–चप्पल प्रदान गरिएको भन्दै खुसी व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासनले समाज निर्माणमा योगदान गर्ने श्रमिक तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको सम्मान आवश्यक रहेको बताए। उनले श्रमलाई सानो–ठूलो भनेर विभाजन गर्ने प्रवृत्तिको अन्त्य गर्दै हरेक श्रमको सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने बताएका छन् । उनले अभियानले विकास निर्माणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको बताए। समाजमा सकारात्मक सोच र आपसी सहयोगको भावना विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो ।

नेपाली जुत्ता घरका सञ्चालक त्रिलोचन खनालले नेपाली उत्पादनको प्रयोग र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। “हामी नेपाली जुत्ता उत्पादन तथा बिक्री गर्ने व्यवसायमा छौँ। नेपाली उत्पादनको प्रयोग बढाउनु हाम्रो उद्देश्य हो। त्यससँगै समाजमा श्रम गर्ने व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने भावनाले यो कार्यक्रम गरेका हौँ,” खनालले भने।

नेपाली जुत्ता घरका अर्का सञ्चालक दामोदर न्यौपानेले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। जुत्ता–चप्पल उपहार पाएपछि केही श्रमिकहरूले आफूहरूको कामलाई समेत महत्व दिएर सम्मान गरिएको भन्दै खुसी व्यक्त गरेका थिए।

मंगलबारको जुत्ता–चप्पल वितरण कार्यक्रमले श्रमको सम्मान, नेपाली उत्पादनको प्रवर्द्धन र व्यवसायीको सामाजिक उत्तरदायित्वलाई एउटै अभियानसँग जोड्ने प्रयास गरेको आयोजकको भनाइ छ।

12/08/2026

घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ । श्रीमान् सम्पर्कमा नआएपछि उनकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गरेकी छिन ।

धारपानी मन्दिरमा एक कराेड दिप प्रज्वलन हुनेदाङ,२७ साउन।  घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन...
12/08/2026

धारपानी मन्दिरमा एक कराेड दिप प्रज्वलन हुने

दाङ,२७ साउन। घोराही उपमहानगरपालिका–५ धारपानीस्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा सञ्चालन भइरहेको शिवपुराण तथा श्रृङ्गारिक महाआरती सत्संग समापनको अन्तिम दिन साउन ३१ गते एक करोड दीप प्रज्वलन गरिने भएको छ।

धार्मिक आस्था, शान्ति, समृद्धि तथा विश्वकल्याणको कामनासहित आयोजना गरिएकाे उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।आयोजकका अनुसार भक्तजनहरूले आफ्नो इच्छाअनुसार दीप प्रज्वलनमा सहभागी हुन सक्नेछन्।

२५ हजार दीपसम्मका लागि स्वेच्छिक भेटीको व्यवस्था गरिएको छ भने २५ हजारदेखि ५० हजार दीपसम्मका लागि एक हजार ५० रुपैयाँ, ५० हजारदेखि एक लाख दीपसम्मका लागि दुई हजार एक सय ५० रुपैयाँ, एक लाखदेखि दुई लाख दीपसम्मका लागि तीन हजार एक सय ५० रुपैयाँ तथा सोभन्दा माथिका विभिन्न श्रेणीका दीप प्रज्वलनका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।

धार्मिक पर्यटनको केन्द्रका रूपमा परिचित पाण्डवेश्वर महादेव मन्दिरमा आयोजना हुने यस कार्यक्रमले जिल्लाकै मात्र नभई देशभरका श्रद्धालुहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ। आयोजकले कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण भक्तजनमा आग्रह गरेको छ।

घोराही-बँगलाचुली जोड्ने सुका खोलाको पुल निर्माणमा ढिलाइ, वर्षातमा नागरिकलाई सास्तीदाङ, २७ साउन । घोराही–रामपुर–हासीपुर स...
12/08/2026

घोराही-बँगलाचुली जोड्ने सुका खोलाको पुल निर्माणमा ढिलाइ, वर्षातमा नागरिकलाई सास्ती

दाङ, २७ साउन । घोराही–रामपुर–हासीपुर सडक खण्डको स्तरोन्नति भए पनि खोलामा पुल निर्माण हुन नसक्दा वर्षातको समयमा स्थानीयलाई सास्ती व्यहोर्नु परेको छ । बीपी मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा दैनिक तीन वटा बस सञ्चालन हुने गरे पनि वर्षात्का कारण खोलामा आउने बाढीले सडक बिग्राँदा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ ।

खास गरी घोराही उपमहानगरपालिका–१ र बङ्गलाचुली गाउँपालिका–४ जोड्ने सुका खोलामा पुल निर्माणको काम ढिलाइ हुँदा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सुका खोलामा सडक बिग्रँदा साउन २४ गते घोराहीबाट बङ्गलाचुलीतर्फ जाँदै गरेको बस फसेपछि ट्याक्टरको सहयोगमा निकाल्नु परेको बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी बिक्रम डाँगी बताउँछन् । उनका अनुसार सुका खोलासँगै माना खोला र अर्जुन खोलाका कारण वर्षात्को समयमा सवारी सञ्चालनमा समस्या हुने गरेको छ ।

‘ग्राभेलसँगै सडक राम्रो बने पनि खोलामा पुल निर्माणमा ढिलाइ भइरहेको छ’, उनले भने, ‘जसले गर्दा हिउँदमा गाडी सञ्चालन भए पनि वर्षात्को समयमा समस्या हुने गरेको छ ।’ सुका खोलाबाट बङ्गलाचुली गाउँपालिका अन्तर्गत पर्ने मुलाबारी, हासीपुरतर्फ गाडी जान नसक्दा स्थानीयलाई पैदल हिँड्नु पर्ने बाध्यता रहेको बङ्गलाचुली गाउँपालिका–८ हाँसीपुर निवासी बेगम गाहा मगर बताउँछन् । सडक ग्राभेलसँगै स्तरोन्नति गरिए पनि पुल नहुँदा वर्षात्को समयमा हरेक वर्ष स्थानीयले यातायातको समस्या भोग्नु परेको उनको भनाइ छ ।

सुका खोलामा पुल निर्माणको काम भइरहेको भए पनि निर्माण व्यवसायीले बजेट अभाव देखाउँदै निर्माणमा ढिलाइ गरेको छ ।

सुका खोलामा पुल निर्माणका लागि २०८१ साउन १ गते सनलाइट–जेडी–स्मृति–विशाल जेभीसँग चार करोड पाँच लाख आठ हजार सात सय ८२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८२ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गरिसक्ने भए पनि अहिलेसम्म करिब ५० प्रतिशत मात्र काम भएको छ ।

समयमै पुल निर्माण हुन नसक्दा बङ्गलाचुली गाउँपालिका वडा नं. ७ र ८ सँगै ३, ४, ५ र ६ अन्तर्गतका गहतेरा, मुलाबारी, स्वामिघाट, हासीपुर, काभ्रे, कोइरालेलगायतका बस्तीका स्थानीयलाई घोराही आउजाउ गर्न समस्या भएको बङ्गलाचुली गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गिरबहादुर थापा बताउँछन् । वडाध्यक्ष थापाका अनुसार सुका खोलामा मात्रै नभई वर्षात्को समयमा माना खोला र अर्जुन खोलामा समेत पुल नहुँदा यातायात सञ्चालनमा समस्या भइरहेको छ ।

11/08/2026

घोराहीमा आजदेखि शुरु भयो लाखे नाच

नेवार समुदायको परम्परागत लाखे नाच घोराहीमा सुरु भएको छ । नेवारी परम्पराअनुसार गठेमङ्गल (घण्टाकर्ण) पर्वका अवसरमा घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित भीमसेन मन्दिरमा विधिवत् पूजा गरेपछि लाखे नाच सुरु गर्ने परम्परा रहेको छ ।

Address

Ghorahi Dang
Ghorahi
00977

Alerts

Be the first to know and let us send you an email when Rajmarg Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajmarg Online:

Shortcuts

Share