chauthoanga.com

chauthoanga.com Official page of www.chauthoanga.com. www.chauthoanga.com is one of the leading online news portals of Nepal. Chauthoanga Communication Network Pvt.

We publish video, news and photo features covering all topics. About Chauthoanga.com
Welcome to our official Page .chauthoanga Communication Network Pvt. Ltd is registered Media .
सूचना तथा प्रसारण विभाग दर्ता नंम्वर :- ४३२०/०८०–८१
प्रेस काउन्सिल नेपाल सूचिकरण नम्वर:-४३४०/०८०-८१
Chauthoanga Communication Network Pvt.Ltd is a news and media company based in Dang Nepal. It is a registered company t

hat specializes in digital news publications, digital marketing, video editing, and filmmaking. The company was founded by a team of young journalists and a dynamic youth leader from Dang, with a shared passion for storytelling and a commitment to serving the community. Ltd is dedicated to providing accurate, reliable, and high-quality news and information to the people of Dang and beyond. They cover a wide range of topics, including all overal news, politics, business, sports, entertainment, and more. Overall, Chauthoanga Communication Network Pvt.Ltd is an important source of news and information for the people of Nepal , and a valuable resource for anyone interested in staying informed about current events in the region. With a team of dedicated professionals and a commitment to high-quality journalism, the company is well-positioned to continue serving its community for years to come.

आज शोमबार । शक्तिका प्रतिक भगवान शिव जी को पूजा आराधना गर्नुहोस् । तपाईको जीवनमा सोचेको सफलता अवश्य मिल्ने छ ।
08/06/2026

आज शोमबार । शक्तिका प्रतिक भगवान शिव जी को पूजा आराधना गर्नुहोस् । तपाईको जीवनमा सोचेको सफलता अवश्य मिल्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले मु...
08/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले बैठक बोलाईएको नेताहरुले बताएका छन् ।
सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका दुई-दुई जना नेता सहभागी हुनेछन्।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक ...
08/06/2026

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने कार्यसूची छ।

बैठकमा ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ समेत प्रस्तुत गरिनेछ।

यस्तै, ‘पर्यटन विधेयक, २०८२’ लाई समितिमा पठाउने प्रस्ताव तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सम्बन्धी दुई महासन्धी सदनमा पेस गर्ने कार्यसूची रहेको छ। साथै राष्ट्रिय सभाअन्तर्गत दुई समितिको बैठक पनि आज बस्नेछ।

किर्तिपुरको मच्छेगाउँमा रहेको श्री बाघ भैरव मन्दिरको दर्शन् गर्नुहोस् । जय श्री बाघ भैरव !!
07/06/2026

किर्तिपुरको मच्छेगाउँमा रहेको श्री बाघ भैरव मन्दिरको दर्शन् गर्नुहोस् । जय श्री बाघ भैरव !!

चुत्राेकाे फल !
07/06/2026

चुत्राेकाे फल !

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्त...
06/06/2026

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको तलबमा १० प्रतिशत वृद्धि र थप १० प्रतिशत प्रोत्साहन भत्तासहित कुल २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेसँगै राज्यकोषमा वार्षिक ६० अर्ब रुपैयाँ थप व्ययभार थपिने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार हाल राज्यकोषबाट पारिश्रमिक बुझ्ने निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारी र संस्थानसहित झन्डै ६ लाख कर्मचारीहरू यस निर्णयबाट लाभान्वित हुनेछन् । बहालवाला कर्मचारीको सुरु तलब अंकमा भएको वृद्धिको दुईतिहाइ रकम समान पदका सेवानिवृत्त कर्मचारीहरूको निवृत्तिभरण (पेन्सन) मा समेत थपिने कानुनी व्यवस्था भएकाले पेन्सनधारीहरूको पनि मासिक सुविधा बढ्नेछ ।
अर्थ मन्त्रालयका सहसचिव डा. धनीराम शर्माका अनुसार ६ लाख कर्मचारीको तलब वृद्धिले वार्षिक ६० अर्ब रुपैयाँ व्ययभार थपिने अनुमान गरिएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि कर्मचारीको तलबमा १ खर्ब ८७ अर्ब ८७ करोड ८१ लाख रुपैयाँ र भत्तामा २० अर्ब ५७ करोड २७ लाख गरी कुल २ खर्ब ८ अर्ब ४५ करोड ८ लाख विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको संशोधित खर्च अनुमान १ खर्ब ३७ अर्ब ७८ करोड ६४ लाखको तुलनामा ७० अर्ब ६६ करोड ४४ लाख रुपैयाँले बढी हो र त्यसअघि आव २०८१/८२ मा तलब भत्तामा १ खर्ब ३१ अर्ब ८ करोड ३७ लाख रुपैयाँ वास्तविक खर्च भएको थियो । बजेट वक्तव्यमा कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ता व्यवस्था गरिएको उल्लेख भए तापनि सरकारले हाललाई सबै कर्मचारीलाई एकमुस्ट १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यको खर्च शीर्षकगत व्यय अनुमानअनुसार सरकारले पारिश्रमिक र सुविधातर्फ मात्र कुल दुई खर्ब ३६ अर्ब ९३ करोड ५७ लाख विनियोजन गरेको छ, जसमा कर्मचारी र पदाधिकारीको पारिश्रमिक, पोसाक, खाद्यान्न, औषधोपचार खर्च, स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, बैठक भत्ता, प्रोत्साहन तथा पुरस्कार, वैदेशिक भत्ता, अन्य भत्ता र पदाधिकारीहरूको विभिन्न सुविधा समावेश छन्, जुन चालू आवको विनियोजित अंक १ खर्ब ७६ अर्ब ८७ करोड ६३ लाखभन्दा ६० अर्ब पाँच करोड ९४ लाख रुपैयाँले बढी हो भने आव ०८१/८२ मा यो शीर्षकमा १ खर्ब ६० अर्ब ३१ करोड ५८ लाख विनियोजन थियो । यो तलब वृद्धि राष्ट्रसेवक कर्मचारीका हकमा बजेट वक्तव्यबाटै लागू भए तापनि कानुनमा अलग्गै व्यवस्था भएका राजनीतिक तथा निर्वाचित पदाधिकारी, संघीय सांसद, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश र संवैधानिक निकायका पदाधिकारी जस्ता राष्ट्रसेवक पदाधिकारीहरूका हकमा भने बजेटकै आधारमा स्वतः लागू नहुने र विशिष्टीकृत कानुन वा मन्त्रिपरिषद्को अलग्गै निर्णय आवश्यक पर्ने कुरा अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताउनुभयो । जसका लागि संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३, मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९, न्यायाधीशहरूको पारिश्रमिकसम्बन्धी ऐन तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूका लागि बनेका आ-आफ्नै कानुनहरू रहेकाले आगामी १ साउनको कार्यान्वयन मितिअघि नै मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय गर्नेछ ।

जीवनलाई सफलतामा पूर्याउन भगवान विष्णु संग के माग्नु हुन्छ ?
06/06/2026

जीवनलाई सफलतामा पूर्याउन भगवान विष्णु संग के माग्नु हुन्छ ?

भारतमा व्यङ्ग्यात्मक रूपमा स्थापित अनलाइन समूह ‘कक्रोच पिपल्स पार्टी’ (सिजेपी) ले आज  नयाँ दिल्लीको ऐतिहासिक जन्तर मन्तर...
06/06/2026

भारतमा व्यङ्ग्यात्मक रूपमा स्थापित अनलाइन समूह ‘कक्रोच पिपल्स पार्टी’ (सिजेपी) ले आज नयाँ दिल्लीको ऐतिहासिक जन्तर मन्तरमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्दैछ । परीक्षा अनियमितताको आरोप लगाउँदै शिक्षामन्त्रीको राजीनामा माग्न आयोजित यस प्रदर्शनका लागि औपचारिक अनुमति लिइसकिएको छ भने लद्दाखका प्रख्यात सामाजिक कार्यकर्ता सोनम वाङचुकले समेत यसमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने घोषणा गरेका छन् । प्रदर्शनकै लागि पार्टीका संस्थापक तथा ३० वर्षीय बोस्टन विश्वविद्यालयका स्नातक अभिजीत डिप्के शुक्रबार मात्रै अमेरिकाबाट भारत आइपुगेका छन्, जसले यसअघि आम आदमी पार्टीमा राजनीतिक सञ्चार रणनीतिकारका रूपमा काम गरिसकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले आलोचनात्मक युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ भनेको (जसलाई पछि सन्दर्भ बाहिरको टिप्पणी भनियो) अभिव्यक्तिपछि गत १६ मे मा डिप्केले व्यङ्ग्यात्मक शैलीमा यो अभियान सुरु गरेका थिए । भारतीय जनता पार्टी (भाजपा) को डिजिटल शैली पछ्याउँदै अघि बढेको सिजेपीले छोटो समयमै सामाजिक सञ्जालमा अभूतपूर्व लोकप्रियता कमाएको छ; यसको इन्स्टाग्राम खातामा २ करोड २० लाखभन्दा बढी फलोअर्स छन्, जुन भाजपाको ९० लाख र कांग्रेसको १ करोड ३० लाखभन्दा निकै धेरै हो । सरकारले सामाजिक सञ्जालमा कडा निगरानी राख्दै सिजेपीका केही ह्यान्डलहरू अवरुद्ध गरे तापनि यसको प्रभाव तीव्र रूपमा बढिरहेको छ ।
यद्यपि, संस्थापक डिप्केले देशको कानुनी प्रक्रियामा पूर्ण विश्वास व्यक्त गर्दै आफ्ना समर्थकहरूलाई दिल्लीमा अनावश्यक भीडभाड नगर्न र शान्ति कायम राख्न सामाजिक सञ्जाल 'एक्स' मार्फत अपिल गरेका छन् ।

आज शनिवार ।  शनिवारको दिन तोरीको तेलको दियो बालेर, पिपलको पूजा गरेर, असहायलाई दान दिएर र शनि देवको चरणमा ध्यान गरेर उपास...
06/06/2026

आज शनिवार । शनिवारको दिन तोरीको तेलको दियो बालेर, पिपलको पूजा गरेर, असहायलाई दान दिएर र शनि देवको चरणमा ध्यान गरेर उपासना गर्नाले जीवनमा सुख, शान्ति र आरोग्यता प्राप्त हुन्छ। हिन्दू धर्मशास्त्रमा शनिवारलाई नवग्रहमध्येका न्याय र कर्मफल दाता शनि देवको विशेष दिन मानिन्छ। शनि देवलाई प्रसन्न तुल्याउन र उहाँको कृपा प्राप्त गर्न शनिवारको दिन पूजा, उपासना र दर्शन गर्ने परम्परा छ।

सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा परिचित प्रो रेस्लर खेलाडी कुमार थापा आफ्नै श्रीमतीको ह*त्या गरेको आरोपमा श...
06/06/2026

सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ का रूपमा परिचित प्रो रेस्लर खेलाडी कुमार थापा आफ्नै श्रीमतीको ह*त्या गरेको आरोपमा शुक्रवार बेलुका प*क्राउ परेका छन्। काठमाडौँ तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा शुक्रवार बेलुका करिब १० बजे घरायसी विवादका क्रममा कुमारले फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ईश्वरी भुजेल ग*म्भीर घा*इते भएकी थिइन्। टाउकोमा चोट लागेकी ईश्वरीलाई उपचारका लागि तत्कालै शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा सोही राति साढे ११ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घ*टना लगत्तै प्रहरीले बालाजुबाट कुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

Address

Bangalachuli
Ghorahi

Alerts

Be the first to know and let us send you an email when chauthoanga.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share