10/09/2025
फेरि ठोकुवा गर्छु, इतिहासका कुनै पनि कालखण्डमा मैले यी शब्द फिर्ता लिन्न र झुक्दिनँ । जनताले धागोको धर्सो पनि प्राप्त गरेका छैनन् ! विवेक र बुद्धि गुमाएको कलंकित र कालो धब्बा पोतिएको र महा-अपराध र विध्वंसमा सहभागी कथित जेन-जी पुस्ताले खरानीबाहेक केही प्राप्त गरेको छैन । कथित जेन-जीहरू पासपोर्ट बोकेर विदेश जान तयार भएकै होलान् ! देश नेपाल जस्तो रहेन । देश बंगलादेश, युक्रेन र प्यालेस्टाइन बनेको छ । एक्लै भइयोस्, सत्य बोल्न छोडिन्न ।
१. सिंहदरबार जलाउनुपर्छ भन्ने बालेन्द्रको माग पूरा भएको छ । आज सिंहदरबार जलेर ध्वस्त भएको छ ।
२. देश बंगलादेश बन्छ भनेर धम्की दिने प्रचण्ड, बाबुराम भट्टराई र चित्रबहादुर केसीको माग पूरा भएको छ । देश बंगलादेश मात्रै होइन, युक्रेन र प्यालेस्टाइन पनि बनेको छ ।
३. मान्छे मारेर, बलात्कार गरेर, लुटेर अपराधको सजाय भुक्तान गर्न जेलमा बसेका कास्की र कैलालीका हजारौं अपराधी छुटे । तिनीहरूलाई साम्यवाद आयो ।
४. जेनजी भन्दै उफ्रिने प्रचण्ड, बाबुराम भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा, सुशीला कार्की, राजेन्द्र लिङ्देन, कुलमान घिसिङहरूको माग पनि पूरा भएको छ । कुख्यात ठगी गिरोहको नाइके र राप्रपाहरूले चाहेकै यही थियो । तिनीहरू विजय उत्सव मनाइरहेका छन् । मैले लाखौं पटक भन्छु, सहकारी ठगीको कुख्यात नाइकेको गिरोह कुनै राजनीतिक शक्ति होइन ।
५. सिंहदरबार, अदालत खरबौंको सम्पत्ति जलेर ध्वस्त भएपछि ठेक्का पाउने ठेकेदार, ठेक्का लगाउने नेता र कर्मचारीको माग पनि पूरा भएको छ । अरबौं भ्रष्टाचार गर्ने इतिहासकै सबैभन्दा ठूलो राजमार्ग तयार भएको छ ।
६. केही सम्पादक र पत्रकारहरूको पाखण्ड र उक्साहट सामान्य थिएन । धेरै सम्पादक र पत्रकारको माग भयंकर पूरा भएको छ । किनभने तिनीहरूलाई ध्वंसको रिपोर्टिङ गरेर टीआरपी बटुलेर ज्यान पाल्नु थियो । पत्रकारको खतरनाक गिरोह विक्रीका मालबाहेक केही थिएन । मैले तिनीहरूबाट कहिल्यै पत्रकारिताको अपेक्षा गरिन ।
७. भाटभटेनीमा आगो लगाएपछि रोजगारी गर्नै परेन । टन्टै साफ भयो । देश लुटेरा भन्दै तिरस्कार गरिएका मिनबहादुर गुरुङलाई ध्वस्त बनाइयो ।
८. अरबौंको चन्द्रागिरी केबुलकार ध्वस्त बनाइयो । अरबौं कर तिर्ने चन्द्र ढकाललाई स्वाहा पारियो । यो देशलाई मिनबहादुर गुरुङ र चन्द्र ढकालहरू चाहिएकै होइनन् ।
९. सम्भवतः अब उद्योग, कारखाना नेपालमा खुल