Routine of Gorkha banda

  • Home
  • Routine of Gorkha banda

Routine of Gorkha banda सुचना,सङ्गित,मनोरञ्जन तथा समग्र गोरखा जिल्लाको बारेमा जानकारी को लागि हामीलाई visit गर्न सक्नुहुनेछ।धन्यवाद !!

Our purpose is to inform about holiday, authentic information, essential updates about our society,district and all over and also post information, quotes, Meme, photographs,Photo Journalism etc. We focus mainly on holiday updates, essential information, entertainment, Photo Journalism .

17/07/2025

गोरखा,धार्चे गाउँपालिका-४ लाप्रक्र,गुप्सी पाखा।

भिडियो:Daney Ghotaney Gurung,लाप्राक

पालुङटार नगरपालिका–७ स्थित ‘खत्रीटार स्वास्थ्य चौकी (Health Post)’ लाई अन्य ठाउँको स्वास्थ्य संस्थामा(नेपाल भारत मैत्री ...
16/07/2025

पालुङटार नगरपालिका–७ स्थित ‘खत्रीटार स्वास्थ्य चौकी (Health Post)’ लाई अन्य ठाउँको स्वास्थ्य संस्थामा(नेपाल भारत मैत्री सास्थ्य संस्था मा मर्ज (गाभ्ने) निर्णयप्रति स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन्।

सेवा लाइन, जगेटार , खत्रीटार, पारेघाट ६ नं वडाका केही टोल लगायतका टोलहरूमा बसोबास गर्ने सर्वसाधारणको लागि वर्षौंदेखि सेवा दिँदै आएको यो हेल्थ पोस्टलाई कुनै पनि टोल समिति वा स्थानिय बासिन्दाहरूको जानकारीबिना, चुपचाप ढंगले अर्को स्थानमा मर्ज गर्ने प्रयास भइरहेको खुलासा भएपछि विरोध चर्किएको हो।

स्थानीयले आरोप लगाएका छन् कि यो निर्णय न त टोल समिति सँग छलफल गरियो, न नगरपालिकाले जनताको राय संकलन गर्‍यो। यस्तो महत्त्वपूर्ण सेवा केन्द्र हटाउँदा स्थानीय स्वास्थ्य सेवा संकटमा पर्ने र वृद्ध, बालबालिका, सुत्केरी महिला जस्ता समूहहरू प्रत्यक्ष मारमा पर्ने जनाइएको छ।

विगतदेखि नै स्वास्थ्य सेवा सहज पहुँचमा ल्याउने लक्ष्यले स्थापित गरिएको यो हेल्थ पोस्ट अहिले दैनिक दर्जनौं मानिसले सेवा लिँदै आएको केन्द्र हो। यसलाई हटाउने निर्णय जनताको हित विपरीत रहेको भन्दै टोल विकास समिति, स्थानिय युवा तथा महिला समूहहरू लगायतले बैठक बसेर विरोधको निर्णय गरिसकेका छन्।

स्थानीयको माग:

हेल्थ पोस्ट मर्ज निर्णय तुरुन्त फिर्ता लिनु।

जनतासँग राय नलिई कुनै पनि सेवा केन्द्र स्थानान्तरण नगर्नु।

नगरपालिका र वडा कार्यालयले सार्वजनिक रूपमा स्पष्टिकरण दिनु।

यदि निर्णय फिर्ता गरिएन भने स्थानीयहरूले आन्दोलनको चेतावनी समेत दिएका छन्। अहिले सामाजिक सञ्जालमा पनि “खत्रीटार हेल्थ पोस्ट बचाऔं” भन्ने अभियानले तिव्रता लिइरहेको छ।

  धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ मुरलीभञ्ज्याङ निवासी ६१ वर्षिय भरत दुवाडी नाम गरेको, कालो क्याप, खैरो टिसर्ट, कालो...
16/07/2025

धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ८ मुरलीभञ्ज्याङ निवासी ६१ वर्षिय भरत दुवाडी नाम गरेको, कालो क्याप, खैरो टिसर्ट, कालो पाईन्ट, घरमा बस्दा लगाउने सामान्य चप्पल लगाएको व्यक्ती यहि मिती २०८२ असार २३ गते विहान ११ बजे आफ्‌नै घरबाट निस्किनु भई अहिले सम्म सम्पर्कमा नआउनुभएकोले कहिँकतै देख्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा ९८६०१६०५९५ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

  :स्थायी ठेगाना सिरानचोक 8 गोर्खा हाल टोखा न पा ७ बानियाँटार काठमाडौं बस्दै आएका उमेर 42 को प्रशान्त सिलवाल  मिति २०८२-...
15/07/2025

:स्थायी ठेगाना सिरानचोक 8 गोर्खा हाल टोखा न पा ७ बानियाँटार काठमाडौं बस्दै आएका उमेर 42 को प्रशान्त सिलवाल मिति २०८२-०३-२८ गते शनिबार दिउँसो करिब १:३५ तिर कलंकीबाट माइक्रो चडेको ,बेलुका करिब ५:१५ देखि ५:३० बजे तिर तनहुँको विमलनगर स्थित यातायात कार्यालय नजिक माइक्रोबाट झरेको भन्ने सूचना आएको तर हालसम्म सम्पर्कमा नआउनु भएको र उहाँको खोजी कार्य जारी रहेकोले जो कोही महानुभावले निज प्रशान्त सिलवाललाई देख्नु भएमा वा भेटनु भएमा तल उल्लेखित सम्पर्क नम्बरमा फोन गरी जानकारी गराइदिनुहुन
विनम्र अनुरोध छ ।
सम्पर्क नं. 9843268475 वा 9851174924 वा 9851209641वा 9846254051 वा 9841158981 वा 9843305485 वा
नजिकको प्रहरी चौकीमा सम्पर्क गरी जानकारी गराइदिनु हुन बिनम्र अनुरोध गर्दछौँ ।

बारपाक सुलिकोट गाउपालिका वडा नं-५, डुम्रीस्वारा निवासी वर्ष ६७ कि मिठी बयलकोटी  काठमाडौं बाट उपाचार गरेर  घर जाँदा मिती ...
14/07/2025

बारपाक सुलिकोट गाउपालिका वडा नं-५, डुम्रीस्वारा निवासी वर्ष ६७ कि मिठी बयलकोटी काठमाडौं बाट उपाचार गरेर घर जाँदा मिती २०८२/०३/२८ गते बारपाक सुलिकोट पाल्खु भञ्ज्याङमा अपरान्ह १:३० बजे तिर गाडी बाट ओर्लिएर त्यहाँबाट सम्पर्क बिहीन हुनुभएको हुँदा, उहाँलाई देख्ने र भेट्ने महानुभाव हरूले उहाँको छोरा अर्जुन बयलकोटी लाई 9860100029 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दैछौं ।

आज दिउँसो करिब ३:३० बजे गोरखा नगरपालिका-12 स्थित 10 किलो बजार मा बाइक र स्कुटर एक आपस मा ठोकिदा दुबै सवारी चालक घाइते भए...
08/07/2025

आज दिउँसो करिब ३:३० बजे गोरखा नगरपालिका-12 स्थित 10 किलो बजार मा बाइक र स्कुटर एक आपस मा ठोकिदा दुबै सवारी चालक घाइते भएको खबर प्राप्त भएको छ। भने घाइते लाई उपचारको लागि गोरखा हस्पिटल लागिएको जानकारी आएको छ।

गोरखाको शहीद लखन गाउँपालिका ६ की स्मृति गुरूङले हालै श्रीलंकामा सम्पन्न भएको नवौं साउथ एसियाली कराते प्रतियोगितामा कास्य...
08/07/2025

गोरखाको शहीद लखन गाउँपालिका ६ की स्मृति गुरूङले हालै श्रीलंकामा सम्पन्न भएको नवौं साउथ एसियाली कराते प्रतियोगितामा कास्य पदक जितिन्। उनले २१ वर्षमुनि ६८ केजी तौल समूहमा कुमुते फाइटतर्फ कास्य जितेकी हुन्।

भारी वर्षाको कारणले धार्चे गाउँपालिका-४ लाप्राक र धार्चे गाउँपालिका-५ गुम्दा बिच सडकको अवस्था यस्तो भएको छ।तस्बिर: Dil B...
03/07/2025

भारी वर्षाको कारणले धार्चे गाउँपालिका-४ लाप्राक र धार्चे गाउँपालिका-५ गुम्दा बिच सडकको अवस्था यस्तो भएको छ।

तस्बिर: Dil Bahadur Gurung

रवि लामिछाने माथि भएको राजनीतिक प्रतिसोध बिरूद्ध रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँन पूर्वप्रधा...
28/06/2025

रवि लामिछाने माथि भएको राजनीतिक प्रतिसोध बिरूद्ध रास्वपाले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रास्वपा कार्यालयमा पुग्नु भएको छ।

Address


Telephone

+971542487054

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gorkha banda:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share