
24/12/2024
माननीय मन्त्री एवं प्रवक्ता ज्यू,
आर्थिक मामिला मन्त्रालय
गण्डकी प्रदेश सरकार, पोखरा ।
ज्ञापन-पत्र ।
हाम्रो तमु (गुरुङ) विद्यार्थी हरुको एकमात्रा राष्ट्रिय स्तरको यस साझा संस्था नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को स्थापना वि.सं. २०५२ सालमा भएको थियो । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं लाई अङ्ग्रेजीमा The Council House of Tamu (Gurung) Student Nepal र अङ्ग्रेजी छोटकरीमा (CHTSN) लेखिन्छ ।
गण्डकी प्रदेश सरकारको प्रवक्ता समक्ष हाम्रो यस संस्थाले हाम्रो तमु (गुरुङ) समुदायको भाषा र संस्कृति संरक्षणको लागी, पर्यटन प्रवर्धनको लागी, तथा तमु समुदायको लागी स्थापना काल देखि सक्रिय हुदै आएको कुरा जानकारी गराउँदछौं । केहि समय यता गण्डकी प्रदेशमा तमु भाषालाई समेत सरकारी कामकाजको भाषा बनाउने सन्दर्भमा हामी सरोकारवाला हौं र यस विषयमा हाम्रो विशेष ध्यानाकर्षण हुँदै आएको छ । हाम्रो केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमिति कास्की बीचको छलफलबाट हामीले तपसिलका मागहरु पेश गर्दछौं ।
तपसिल:
१. तमु क्युई (गुरुङ भाषा) र मगर ढुट (मगर भाषा) लाई गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा बनाउन गण्डकी प्रदेश सरकारले यथासिघ्र काम कारवाही अगाडी बढाइयोस्,
२. गण्डकी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको छलफल, परामर्श, मस्यौदाको प्रत्येक चरणमा तमु (गुरुङ) विद्यार्थीको प्रतिनिधिको रुपमा हामीलाई सहभागी गराइयोस्,
३. गण्डकी प्रदेश भित्र रहेका धेरै गुरुङ गाउँहरु जस्तै; साविक त्होम्ले हाल धम्पुस, साविक कोंडा हाल धान्द्रुक, नामकरण भएका गाउँ हरुलाईको साविकै नाम पुन:स्थापना गराईयोस्,
४. गण्डकी प्रदेश सरकारको मातहतका स्थानीय तह हरुमा तमु (गुरुङ) भाषालाई पाठ्यक्रममा विकास गरि पठन-पाठन सुरु गरियोस्,
अध्यक्ष
जय तमु विद्यार्थी ! ज्ञासजे !!
Copied The Council House of Tamu Student Nepal
------------
तमूहरुको गतिविधिहरुको लागि लाइक 👍 गर्नु होला
✅ तमू क्युई(भाषा) फोटो/विडियो
✅ तमू संस्कार/संस्कृति फोटो/विडियो