08/05/2026
यो कथा केवल एउटा शिक्षकको कथा होइन। यो एउटा भोकको कथा हो। गरिबीको कथा हो।अवसर नपाएका युवाको आक्रोशको कथा हो। र त्यो आक्रोशलाई शिक्षामा बदल्ने एउटा आन्दोलनको कथा हो।
बिहारको भीडभाड, राजनीति, जातीय समीकरण र शक्तिको खेलले भरिएको समाजमा एउटा यस्तो नाम जन्मियो, जसले कुनै पार्टी बनाएन, कुनै चुनाव लडेन, कुनै सरकारी पद लिएन तर लाखौँ युवाको दिमाग र दिलमा शासन गर्न सफल भयो।
त्यो नाम हो — खान सर (Khan Sir )।
एउटा बालक, जसको हातमा किताबभन्दा पहिले अभाव थियो
बिहारको एउटा साधारण परिवार।
घरमा पैसा थिएन।
सपना थिए, तर सपनाभन्दा ठूलो समस्या थियो— “आजको खाना कसरी जुटाउने ?”
भनिन्छ, उनको बाल्यकाल यति कठिन थियो कि कहिलेकाहीँ पेन्सिल किन्न समेत पैसा हुँदैनथ्यो।
उनकी आमाले पुराना कापीका खाली पानाहरू सिलाएर नयाँ कापी बनाइदिन्थिन्।
अरू बच्चाहरू नयाँ ब्याग बोकेर स्कूल जान्थे, उनी पुरानो झोला बोकेर संघर्ष गर्न जान्थे।
तर गरिबीले उनको सपना चोर्न सकेन।
१७ वर्षको उमेरमै उनले वेल्डिङ सिके।
फलाम काट्ने, जोड्ने, आगोसँग खेल्ने काम।
दिनभर पसिना बग्थ्यो।
राति पढाइ।
त्यो उमेरमा धेरै युवाले भविष्य खोजिरहेका हुन्छन्।
तर उनी भविष्यसँग युद्ध गरिरहेका थिए।
जीवनमा कहिलेकाहीँ एउटा सानो घटना नै ठूलो दर्शन बन्छ।
एक समय उनीसँग बसको ९० रुपैयाँ भाडा थिएन।
उनी अपमानित भए।
लाचार भए।
त्यो दिनले उनलाई भित्रैदेखि तोड्यो।
सायद त्यही दिन उनले निर्णय गरे—
“गरिब बच्चाको पढाइ पैसाको कारण रोकिनु हुँदैन।”
आज त्यही मानिसले हजारौँ विद्यार्थीलाई अत्यन्त सस्तो शुल्कमा पूरा कोर्स पढाइरहेका छन्।
मानौँ उनी आफ्नो पुरानो पीडासँग प्रतिशोध लिइरहेका छन - त्यो प्रतिशोध हिंसाबाट होइन, शिक्षाबाट।
‘फैजल खान’ हराएर ‘खान सर’ जन्मिएको दिन
शुरुमा कसैले उनलाई चिन्थेन।
उनी एउटा कमजोर विद्यार्थीलाई ट्युसन पढाउँथे।
छिमेकका मानिसहरू भन्थे—
“यो के पढाउँछ र ?”
तर केही महिनापछि चमत्कार भयो।
जुन विद्यार्थीलाई सबैले “भोंदू” भन्थे, त्यो कक्षामा टप गर्यो।
त्यसपछि मानिसहरूले पहिलोपटक उनलाई सम्मानका साथ बोलाए—
“खान सर।”
सायद त्यही दिन एउटा शिक्षक होइन, एउटा ब्रान्ड जन्मिएको थियो।
पढाउने शैली, जसले देश नै हल्लायो
भारतमा शिक्षक धेरै थिए।
तर खान सर फरक थिए।
उनले इतिहासलाई कथा बनाए।
भूगोललाई गाउँको भाषा बनाए।
राजनीतिलाई चिया पसलको बहस बनाए।
उनको क्लासमा विद्यार्थी केवल नोट लेख्दैनथे—
हाँस्थे, सोच्थे, बहस गर्थे।
विश्व युद्धको कुरा गर्दा उनी गाउँको दुई परिवारको झगडासँग तुलना गर्थे।
अन्तर्राष्ट्रिय राजनीति बुझाउँदा चिया पसलको उदाहरण दिन्थे।
जटिल विषयलाई यति “देसी” भाषामा बुझाउँथे कि विद्यार्थीले चाहे पनि बिर्सन सक्दैनथे।
उनी स्वयं भन्थे—
“मेरो विद्यार्थीले चाहेर पनि मलाई बिर्सन सक्दैन।”
र साँच्चै, उनले केवल पढाएनन्—
दिमागमा छाप छोडे।
जब कोचिङ सेन्टरमा बम पड्कियो
लोकप्रियता बढ्दै गयो।
भीड बढ्दै गयो।
र जहाँ भीड हुन्छ, त्यहाँ विरोध पनि जन्मिन्छ।
एक दिन अचानक उनको कोचिङ सेन्टरमा बम प्रहार भयो।
सामान्य मानिस डराउँथ्यो।
भाग्थ्यो।
तर त्यस दिन केही असाधारण भयो।
हजारौँ विद्यार्थी सडकमा उत्रिए।
कसैले ढुंगा उठाएन।
कसैले हिंसा गरेन।
उनीहरू केवल एउटा कुरा भन्दै उभिए—
“सर, तपाईं भित्र पढाउनुहोस्। बाहिरको कुरा हामी सम्हाल्छौँ।”
त्यो दृश्य केवल शिक्षक र विद्यार्थीको सम्बन्ध थिएन।
त्यो विश्वास थियो।
त्यो प्रेम थियो।
त्यो एउटा आन्दोलनको शक्ति थियो।
लोकप्रियता यति बढ्यो कि टिभी शोहरूले बोलाउन थाले।
Kaun Banega Crorepati देखि
The Kapil Sharma Show सम्म।
उनको नाम अब बिहारको गल्लीबाट निस्केर राष्ट्रिय बहस बनेको थियो।
त्यही समयमा उनलाई एउटा विशाल प्रस्ताव आयो—
१०७ करोड रुपैयाँ।
सर्त थियो—
व्यावसायिक बन्नुहोस्।
ठूलो ब्रान्ड बन्नुहोस्।
पैसा कमाउनुहोस्।
धेरै मानिसको जीवन त्यही क्षण बदलिन्थ्यो।
तर खान सरले अस्वीकार गरे।
उनले भने—
“१०७ करोडबाट म घर बनाउन सक्थेँ होला, तर बालबालिकालाई पढाएर मैले करोडौँ भारतीयको मनमा घर बनाएको छु।”
यो संवाद केवल शब्द थिएन।
यो दर्शन थियो।
अधिकांश मानिस पैसा पाएपछि विलासिता खोज्छन्।
उनले अस्पताल बनाए।
पटनामा आधुनिक अस्पताल।
तर त्यहाँ पनि एउटा घटना चर्चित बन्यो।
अस्पतालमा महँगो मार्बल राखिएको थियो।
सबैलाई त्यो सुन्दर लाग्थ्यो।
तर स्वास्थ्य विशेषज्ञले भने—
“यसले संक्रमण फैलाउन सक्छ।”
धेरै मानिस पैसा बचाउँथे।
सम्झौता गर्थे।
तर खान सरले तत्काल आदेश दिए—
“सबै फोडिदिनुहोस्।”
लाखौँको घाटा भयो।
तर उनको लागि सजावटभन्दा बिरामीको जीवन ठूलो थियो।
त्यो निर्णयले देखायो—
उनी केवल शिक्षक होइनन्, सोच भएका मानिस हुन्।
आज रक्षाबन्धनमा हजारौँ दिदीबहिनीहरू उनलाई राखी बाँध्न आउँछन्।
किनकि उनीहरूले खान सरमा केवल शिक्षक देख्दैनन्।
उनीहरूले सुरक्षा देख्छन्।
आशा देख्छन्।
भरोसा देख्छन्।
रिक्सा चालकको छोरा होस् वा सुरक्षा गार्डकी छोरी—
उनले सबैलाई एउटै सपना दिन खोजे:
“तिमी पनि ठूलो बन्न सक्छौ।”
एउटा शिक्षक, जो सिस्टमसँग युद्ध गरिरहेको छ
भारतमा धेरै मानिस सिस्टमको गुनासो गर्छन्।
तर खान सर फरक छन्।
उनी भन्छन्—
“यदि सिस्टम बदलिँदैन भने, म बालबालिकालाई यति बलियो बनाइदिन्छु कि उनीहरूले नै सिस्टम बदलून्।”
यही वाक्यले उनलाई सामान्य शिक्षकबाट आन्दोलन बनायो।
किनकि उनी केवल परीक्षा पास गराउन चाहँदैनन्।
उनी शक्ति दिन चाहन्छन्।
सोच दिन चाहन्छन्।
आत्मविश्वास दिन चाहन्छन्।
खान सर केवल ‘सर’ होइनन् ?
किनकि उनले गरिबी देखेका छन्।
भोक देखेका छन्।
अपमान देखेका छन्।
र ती सबै पीडालाई उनले घृणामा होइन— शिक्षामा बदले।
आज करोडौँ युवाका लागि खान सर एउटा युट्युबर मात्र होइनन्।
उनी प्रमाण हुन् कि एउटा मानिसले किताबलाई हतियार बनाएर समाज बदल्न सक्छ।
सायद त्यसैले बिहारको भीडभाडबाट उठेको त्यो साधारण मानिस आज लाखौँ युवाको दिमागमा एउटै सन्देश छोड्दै हिँडिरहेको छ —
“तिमी कमजोर भएर जन्मिएका हुन सक्छौ,
तर कमजोर भएर मर्नु तिम्रो बाध्यता होइन।”