Gulmi News

Gulmi News हाम्रो गुल्मी राम्रो गुल्मी ❤️

14/09/2026

२०८३
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना

गुल्मी न्युजको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, चेलीबेटी तथा आमाहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।😊😍

जाने हैन त छत्रकोट -३ धरमपानीमा तीज गीत प्रतियोगिता हेर्न 😍 आउनुहोस् यहि २७ गते सबैजना सँगै रमाइलो गर्नुपर्छ।
09/09/2026

जाने हैन त छत्रकोट -३ धरमपानीमा तीज गीत प्रतियोगिता हेर्न 😍 आउनुहोस् यहि २७ गते सबैजना सँगै रमाइलो गर्नुपर्छ।

03/09/2026

भोलिबाट लगातार ५ (पाँच) दिन बिदा यसरी लिन सकिन्छ ।
भाद्र १९ - श्रीकृष्ण जन्माष्टमी
भाद्र २० - शनिबार बिदा
भाद्र २१ - आइतबार बिदा सार्वजनिक बिदा
भाद्र २२ - शोक विदा
भाद्र २३ - जेन्जी शहीद दिवस बिदा

🇳🇵🙏 धनपति भण्डारी बुबा - ७८ वर्षको उमेरमा पनि देशका लागि एउटा प्रेरणादायी उदाहरण। ❤️आज धनपति बुबा सिंहदरबार पुग्नुभयो - ...
01/09/2026

🇳🇵🙏 धनपति भण्डारी बुबा - ७८ वर्षको उमेरमा पनि देशका लागि एउटा प्रेरणादायी उदाहरण। ❤️

आज धनपति बुबा सिंहदरबार पुग्नुभयो - सरकारसँग केही माग्न होइन, आफ्नो व्यक्तिगत खाताबाट चेक काटेर राहत कोषमा सहयोग गर्न।

भदौ १४ गते दिउँसो २ बजे सिनामङ्गलबाट सिंहदरबार पुग्नुभएका ७८ वर्षीय धनपति बुबाले दक्षिण गेटमा पुगेर प्रहरीलाई भन्नुभयो,
“प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको हुँ, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस्।”

त्यसपछि उहाँलाई अर्थ मन्त्रालय पुर्‍याइयो। केही समयको पर्खाइपछि धनपति बुबा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा पुग्नुभयो।

अर्थमन्त्रीले उहाँलाई सोध्नुभयो,
“यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ?”

धनपति बुबाको सरल जवाफ थियो -
“हो।”

जीवनको लामो समय भारतमा नोकरी गरेर बिताउनुभएका धनपति बुबा छोराछोरीलाई पढाएर हुर्काएपछि बुटवल फर्किनुभएको रहेछ। छोराछोरीले प्रगति गर्दै काठमाडौंमा राम्रो प्रबन्ध गरेपछि उहाँ पनि काठमाडौंमा बस्दै आउनुभएको रहेछ।

तर देशमा ठूलो संकट पर्दा धनपति बुबा चुप लागेर बस्नुहुन्न। आफ्नो व्यक्तिगत खाताबाट चेक काटेर आफैं सिंहदरबार पुग्नुहुन्छ।

यो पटकसहित धनपति बुबाले सरकारलाई गर्नुभएको सहयोग तेस्रो पटक रहेछ। अझ रोचक कुरा, उहाँले प्रत्येक पटक सहयोग गर्नुभएको रकम उस्तै छ - रु. ७,७७,७७७
अर्थात् ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ। 🙏

धनपति बुबाले हस्तान्तरण गर्नुभएको चेक स्वीकार गर्दै अर्थमन्त्रीले यो रकम गलत ठाउँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार उक्त रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने गरी जिल्लाका पालिकाहरूमा पठाइनेछ।

अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेपछि धनपति बुबाले भन्नुभयो -
“हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै–खोज्दै आएको।” ❤️

७८ वर्षको उमेरमा पनि देश र दुःखमा परेका नागरिकप्रति उहाँले देखाउनुभएको जिम्मेवारी, उदारता र मानवता साँच्चिकै प्रेरणादायी छ।
धनपति बुबालाई हृदयदेखि नमन।
यस्ता नागरिक नै देशका अमूल्य सम्पत्ति हुन्।

बधाई छ नेपाली  फाइटर रबिन्द्र ढाँट 😍
28/08/2026

बधाई छ नेपाली फाइटर रबिन्द्र ढाँट 😍

28/08/2026

फेरी ताल फुट्यो रसुवाको भोटेकोशीमा बाढ आउन सक्ने चेतावनी
भदौ १२

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताएका छन् ।

चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको हिजो जनाएको थियो । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले उल्लेख गरेको थियो ।

तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन् । तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ । भोटेकोशी नै त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो ।

बाढी आउने जोखिम बढेपछि चीनले आजै बिहान मात्रै तिब्बतमा उद्धार अभियान स्थगित गरेको छ ।

लाखौ नेपालि को कर्म बन्दै आएको दक्षिण कोरिया बाट उद्दार टोलि नेपाल आएका छन !!👉️ नेपालमा आएको भीषण बाढीपहिरोमा ९ जना दक्ष...
27/08/2026

लाखौ नेपालि को कर्म बन्दै आएको दक्षिण कोरिया बाट उद्दार टोलि नेपाल आएका छन !!
👉️ नेपालमा आएको भीषण बाढीपहिरोमा ९ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन भएपछि दक्षिण कोरियाले खोज तथा उद्धारका लागि ११ सदस्यीय सरकारी टोली नेपाल पठाएको छ।
👉️विदेश मन्त्रालयका अनुसार बिहीबार इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको टोलीमा ४ जना विदेश मन्त्रालयका अधिकारी, ५ जना अग्निनियन्त्रक र २ जना प्रहरी रहेका छन्।
👉️टोलीको नेतृत्व विदेश मन्त्रालयका कन्सुलर मामिला तथा विदेशमा रहेका कोरियाली नागरिक संरक्षणसम्बन्धी राजदूत लिम साङ-वूले गरेका छन्।

हिजोसम्म जहाँ घरहरू थिए, आज त्यहाँ केवल माटो, ढुंगा र बाढीको भेल छ। 💔आफ्नो घर, खेतबारी र वर्षौँको कमाइ एकैछिनमा आँखै अगा...
26/08/2026

हिजोसम्म जहाँ घरहरू थिए, आज त्यहाँ केवल माटो, ढुंगा र बाढीको भेल छ। 💔
आफ्नो घर, खेतबारी र वर्षौँको कमाइ एकैछिनमा आँखै अगाडि बग्दा त्यो पीडा शब्दमा बयान गर्न सकिँदैन। 😢

यो दृश्य केवल प्राकृतिक विपत्तिको तस्वीर होइन, बगेका हजारौँ सपना र अधुरा भविष्यको कथा हो।

प्रकृतिसँग हार्नुपरे पनि हिम्मत नहारौँ।
विपत्तिमा परेका सबैप्रति हार्दिक सहानुभूति। 🙏🇳🇵

सबैभन्दा पहिले जीवन बचाऔँ—समयमै सुरक्षित स्थानमा जाऔँ।

26/08/2026

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when Gulmi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share