हाम्रो हाडहाडे धुरकोट , गुल्मी ।

  • Home
  • Nepal
  • Gulmi Tamghas
  • हाम्रो हाडहाडे धुरकोट , गुल्मी ।

हाम्रो हाडहाडे  धुरकोट , गुल्मी । हाडहाडे पेजमा सबैलाइ समेट्ने पहल !!!

29/09/2023

बसाई सराईको चपेटामा धुरकोट
----देबेन्द्र कुवर

बसाई सराईको समस्या धुरकोटको मात्र नभएर देशकै
प्रमुख समस्या हो । यो समस्या बेलैमा बुझ्न नसके पहाडका गाउँ टोलहरु दिन प्रति दिन रित्तिदै जाने छन । यो समस्या बढ्दोछ । रोजगारि, शिक्षा, स्वास्थ्य र सुबिधाको लागि गाउ छोड्ने स्थिति देखा परेको छ ।
लुम्विनी प्रदेश मा पर्ने गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट १६ किलोमिटरको दुरिमा रहेको धुरकोट , गुल्मी जिल्लाको पस्चिममा अबस्थित छ ।अर्घाखाँचि को मालारानी पालिकाको उत्तरमा ,गुल्मीको मदाने पालिकाको पुर्व तर्फ , ईस्मा पालिकाको दछिण र रेसुङ्गा न पा को पस्चिमा रहेको यो धुरकोट ऐतिहासिक चौबिसे राज्य ७०० धुरकोटका नामले चिनिने स्थान हो । यस धुरकोट भित्रनयागाउ ,पिपलधारा, हाडहाडे,जैसिथोक,बस्तु, रजस्थल र वाग्ला गरि आठ पन्चायत पर्दथे । राजनैतिक स्वार्थका कारण यस्को सिमाना खुम्चिदै गएको छ । पन्चायति कालमा तत्कालिन साशकले भन्भनेलाई पुरकोट क्षेत्रमा समाहित गरे , बुल्मलाई अमरपुरमा समाहित गरे भने अहिले यो सँघिय सँरचनामा नयागाउको लप्सि निन्युचौर, खन्युचौर, हर्राचौर, साउनेथुम र गुरुङ्ग गाउँ रेसुङ्गा मा पर्न गएकोले धुरकोट अझ खुम्चिदै खुम्चिदै गएको छ । ऐतिहासिक बाइसे चौबिसे राज्य अन्तर्गतको धुरकोट राज्य मा चौध मौजा थिए ।आफैमा सुन्दर र बसोबासको लागि अति योग्य र उपयोगी ठाउँ रमणीय एतिहासिक स्थान पनि हो। भौगोलिक रुपमा पनि नयागाउ , पिपलधारा र हाडहाडे अली बिकट भए पनि तम्घास प्युठान दुर्त मार्गले सहज बनाएको छ ।सेउघा सिमघाट पुरकोट सडकले मेरुदण्डको काम गरेको छ । जेसिथोक बस्तु र बाग्ला मिलेर बसेको जमिन भएका कारण सबै गाउ टोलमा मोटर बाटोको सुविधा पुगेको छ । लगभग सबै गाउँ टोलहरुमा खानेपानीको सुविधा छ, नयागाउ ,बस्तु र हाडहाडे चौकि स्थापनाले सान्ति सुरक्षाको ब्याबस्था पनि राम्रो नै मान्न सकिन्छ । पर्मान्द क्याम्पस र सबै गाउमा माबि र उच्चमाबि को सँचालनले शिक्षाका लागि बिकास भएको मान्न सकिन्छ । आवश्यकता अनुसार सरकारी तथा निजी विद्यालय सँचालन भैरहेका छन । काफलपानीको स्वास्थ्य केन्द्र र पिपलधारा आयुरबेदिक ओषाधालय लगायत सबै वडाहरुमा स्वास्थ्या केन्द्र सँचालित छन स्वास्थ्य सेवाका लागि आवश्यक संरचना तथा केन्द्रीय प्रसारण लाईन को बिजुलीको सुविधा घरघरमा पुगेको छ। आधारभूत सबै सुविधा भएर पनि यहाँका मानिसहरुमा राजनैनिक खिचातानिका काण एकता तथा गाउँ प्रतिको माया देखिदैन। एकले अर्काको रीस डाहा गर्ने प्रवृत्ति मानवताकै गुण हो तर याहा बढि मात्रमा देखिन्छ। यसैको कारण होला सुबिधा रोजगारिको नाममा हाडहाडेको मगर बस्तीलाई छोडेर यहाँका ४५ प्रतिशत भन्दा धेरै गुल्मीको तम्घास, बुटवल,र आसपास र काठमण्डौ तर्फ बसाई सरि सकेका छन् । अलि अलि पढेलेखेका मानिस , बैदेसिक रोजगारीमा रहेका परिवार नगन्य मात्रमा रहेको पाईन्छ । बसाई सर्नुको कारण यहाँको विकासमा समस्या देखिएको छ। जुन पार्टिको साम्सद छ, जुन पार्टिको प्रदेस सामसद छ ,पालिका मा पनि जुन पार्टिका अध्यक्ष छन र वडामा पनि जुन पार्टिको वडा अध्याक्ष छ उसैका ठाउमा योजना पर्नु र उनैका उपोभोक्ता समिति बनाउने बिल बनाई रकम बाट कार्यकर्ता पोषण पार्ने काम भैरहेको छ यो रोकिनेे अबस्था पनि आउदैन होला । उपभोक्ता अध्यक्ष शहरमा आलिसान महल बनाएर बसेका उदारण पनि छन । बसाई सरेका मध्ये केही मानिस मात्र गाउँमा रोक्न सकिएको भए वा फर्काउन कुनै बिशेष काम गर्न सके यहाँको विकासका काम अझै अगाडि बढ्दै जान्थ्यो।
माओवादि जनयुध्द अर्थात २०५२ भन्दा पहिले बसाइ सर्ने छिटफुट मात्र हुन्थे । बसाई सरे पनि गाउलाई चटक्क बिर्सदैनन्थे । थोरै भए पनि पहाडमा जग्गा चाहिन्छ , जन्मे हुर्केको ठाउँ भन्थे । बजारमा भन्दा गाउमा शान्ति सुरक्षा छ भन्नेमा सबैको बिश्रवास थियो । चिसो हावा पानी बिषादि बिनाको खाना, ताजा फलफुल , दूध दहि माछा मासु आदि आदी । तर दस बर्षे जनयुध्दको समयमा शान्ति र असुरक्षा कै कारण नयागाउ बाट २ पिपलधारा बाट २ हाडहाडे बाट २ रजस्थल बाट१ बु्स्तु बाट १ र वाग्लाबाट १ जना ब्यापारि र जागिरे जस्ले दुई चार पैसा खेलाउने र चरेसको थालमा भात खाने मानिसहरु कार्वहि मा परे र बिस्थापित भए। यस्तो किसिमको समस्या आउन सक्ने सबैका मनमा लाग्न थाल्यो र धन कमाउनेहरु बजार मा बस्न बाध्य भए । गाउको ८० रोपनि जग्गा हुने सामन्त हुने । पहाडको सबै जग्गा बेचेर बुटबलमा एउटा घडेरि आउदैन र उ बुटबलमा सुकुमबासि हुन्छ तेसैले पनि मानिसहरु बसाई सरिरहेका छन , जग्गा जमिन बाझो छाडेर घरमा ताला लगाई बजार र तराइ झरेका छन सरनु पर्ने बाध्याता छ ।
धुरकोटमा माओवादिवाट निर्वाचित पलिका अध्यक्ष हुनुहुन्छ वहालाई एमाले को साथ र सपोट छ । गाउमा जन्मेर हुर्क कै कारण धेरै अनुभव पनि छ बिस्थापितको बारेमा सबै जानकारि पनि छ । तर वहाले कुनै कार्यकर्म ल्याउनु भएको छैन कि कसरी बिस्थापित लाई स्थापित गर्न सकिन्छ ।

अहिले बिधार्थी अभाब कै कारण आधार भुत प्राबि हरु छिमेकि बिधालयमा मर्च भैरहेका छन । बजारमा बस्ने पढेलेखेका शिक्षित मानिसहरु गाउँमा फर्काउन सकिएको भए स्तरिय पढाइ हुन्थ्यो । निजी स्कुल अझै खुल्थे । यहाँको कृषि, पर्यटन र शिक्षाको विकासमा धेरै उन्नति हुन्थ्यो । मानिसको जन संख्या बढ्ने बित्तिकै स्थानीय उत्पादनको आवश्यकता बढ्थ्यो। बाझो वारि उर्बर हुन्थ्यो उत्पादित सामानले बजार पाउथ्यो । जसरि बुटबलका व्यापारी सुन्तला खरिदको लागि गाउ गाउ आउछन तेसरि नै बजार पाएपछि आधुनिक कृषिको विकास हुने थियो थोक व्यापारी हरु गाउ गाउमा आउथे । यहाँका मानिसको आर्थिक स्तरमा वृद्धि गर्न सक्थ्यो। यहाँका घर पालुवा पसुहरुको माग बढेर आयआर्जनमा सहयोग पुग्ने प्राय निस्चित छ ।

विकासको मुल आधार भनेको त्यो स्थानका जनता जागरुक हुनु पनि हो। तर, जागरुक मानिसको संख्या नै कम भएपछि शिक्षा , स्वास्थ्य,बिकासको गति धिमी हुनुमा कुनै आश्चर्य मान्नु पर्दैन । राजनीतिक नेतृत्वले पनि खासै ध्यान दिन खोजेको पाईदैन। जागरुक र शिक्षित मानिस भएको स्थानमा राजनीतिक नेतृत्वको पनि चाँडै आँखा पर्ने थियो। शिक्षित समुदाय भएको खण्डमा राजनितीक नेत्रित्वले गरेको भस्र्टाचार ,अनियमितता,दलगत स्वार्थका घटना उजागर हुने भएकोले पनि नेत्रित्वले शिक्षित समुहलाई रोक्न खज्दैन वा पुस्थापना गराउदैन । नेत्रित्वको चाहाना भनेको जनता सदै भेडा बनी रहुन , विकासका काममा बिरोध नगरुन, जहाँ जे गरे पनि हुने असहमति नहोस । तर, बसाई सराईको समस्याले कृयाशिल र शिक्षित मानिसको संख्या कम हुँदै जानुले हाम्रो ठाउँ बिस्तारै ओझेल पर्दै गएको छ । भबिस्यमा गाउ बस्ति खाली हुने प्राय निस्चित छ । अहिलेको गाउँको अवस्था ठिक उल्टो छ। हरा भरा र रमाईलो देखिने गाउँ बस्ती का घरहरु रित्ता र सुनसान देख्न सकिन्छ । सुनसान गाउमा बन्यजन्तु , बादर, मृग , दुम्सि, जस्ता जनावारको चपेटामा त्याहा रहेका घर परिवार परिरहेका छन । बाटो पुगेको छ घर घरमा तर, बाटोमा गुड्ने गाडी छैन । थुप्रै खानेपानी योजना सम्पन्न भएका छन तर पानी पिउने उपभोक्ता नहुँदा मर्मत कै समस्यामा छन्। निजी स्कुल विद्यार्थी नहुँदा बन्द हुने र सरकारि स्कुल मर्जहुने अबस्थामा छन्। गाउँमा दुख: सुख गरेर संकलन गरेको रकम शहर वा बजार तर्फ अनुपादक घर घडेरि आदिमा लगानी गर्न थालेको पाईन्छ।

एउटा सामन्य परिवारका साधरण मानिसले २ वटा छोराछोरी १० सम्म गाउँमा पढाएर ११ कक्षा पढ्न बुटवल , तम्घास , सन्धिखर्क, पठाउनु पर्ने अवस्था छ। उनै छोराछोरी पढाउन पनि वाबु विदेश जान पर्ने बाध्यतामा छ । यस प्रकारको समस्या समाधानका लागि स्थानीय वा प्रदेश सरकार पटक्कै लागेको देखिएन। बसाई सराई जस्तो ठूलो समस्या समाधानका लागि राजनीतिक नेतृत्वले पनि खास चासो राखेको देखिएन। चुनावमा भोटका लागि ठूलो कु्रा गर्ने बाहेक राजनीति गर्नेहरु जनताको समस्यामा केन्द्रित हुन सकेको छैन।

आधुनिकताले हामीलाई रोगको घर बनाएको छ...         हाम्रा बूढापाकाहरूले आफ्ना अनुभवका आधारमा आधुनिक खाने बानी र आधुनिक विधि...
16/09/2023

आधुनिकताले हामीलाई रोगको घर बनाएको छ...
हाम्रा बूढापाकाहरूले आफ्ना अनुभवका आधारमा आधुनिक खाने बानी र आधुनिक विधिबाट तयार हुने खाना, चुलो, ग्यास, कुकर, माइक्रोवेभ, खाना पकाउने मेसिनको प्रयोगले आगामी पुस्ताको स्वास्थ्य कमजोर र अत्यन्तै खराब हुने चेतावनी दिएका थिए । चुलो आदि क्रमशः बढ्दै गएको छ र मानिस शारीरिक रूपमा रोगको घर बनिसकेको छ, गाउँ गाउँ पनि आधुनिकताको जालमा पुरै फसेका छन् ।
हाम्रा पुस्ताका दिदीबहिनी, छोरी र बुहारीहरू चुलोमा रोटी पकाउने काममा आफूलाई कमजोर र पिछडिएको महसुस गर्छन्, केही महिला बाहेक सबै अंग्रेजी माध्यम भएका छन् ।
अहिले गाउँ होस् वा सहर, कोही-कोही बुद्धिजीवीहरू चुलोमा पकाएको खानामा फर्किएका देखिन्छन् ।

हाडहाडे तिज गित प्रतियोगिता ।
16/09/2023

हाडहाडे तिज गित प्रतियोगिता ।

13/09/2023

" लघु कथा"

लोग्ने स्वास्निको झगडा परालको आगो
------ देबेन्द्र कुवर

आज बिबाहा भएको ४९ वर्ष भए पछि सानो तिनो कुरामा बिबाद हुदा रिस उठ्यो र सबैको अगाडि उनलाइ भने, "आज सम्म के के गर्यौ ? घरमा खाना पकाउने र घरको सुघर सफाई गर्ने , छोरा छोरीको हेरचाह गर्ने बाहेक अरु के नै गर्र्यौ र आजकल केटाकेटीले पनि तिम्रो कुरा सुन्छन् । मेरो कुरा सुन्दैनन् हो ? उनीहरूले जे चाहन्छन् त्यही गर्छन्, तिमीले यती वर्षमा केही सिकाएको छैनौ, त्यसैले सबै छोराछोरी बिग्रिएका छन्।"

श्रीमान ले झर्कदै भनेको यस्तो कुरा सोचेर साबित्रा रातभर निदाउन सकिनन्। साबित्रा सोच्दै रुन थालिन्, "मैले आजसम्म यो घरको लागि साँच्चै के , के गर्नु पर्दथियो र मैले के गरेँ ? साँच्चै यो घरको लागि मैले केही गरेकी छैन ,भने अब मैले के गरूँ? अब म यो घरमा बसौ कि नबसौ के म यहाँ बस्नुको कुनै अर्थ छ ? । के गर्ने कसो गर्ने कहाँ जाने थाहा छैन, के अब बस्नुको कुनै अर्थ छैन।" यो सोच्दै रातको दुई बजी सकेको रहेछ । मनलाई सम्हाल्दै एउटा चिठ्ठि लेख्ने बिचार गरिन ।
साबित्राले श्रीमान् विमललाई सँबोधन गरेर एउटा चिठ्ठी लेखिन्, श्रीमानको तकियाको मुनि राखेर भोलि बिहान उज्यालो नहुदै हिड्ने निर्णय गरिन ।


श्रीमान् जीवन साथी,
दण्डवत प्रणाम ।
हजुरले भनेका बाण रुपि बचनले मेरो मुटुमा नराम्रो सँग घोचि रहेको छ । रात भर सोचेर पनि केही निर्णय गर्न सकिन । हजुर पनि त यहि हुनु हुन्थ्यो सँगै हुनु हुन्थ्यो ,मैले आज सम्म के गरेको छु म को हुँ मेरो पहिचान के हो ?
मलाई आकाशमा उड्न मन थियो तर उड्न नपाउँदै पखेटा काटियो सपना टुट्यो । बिबाहा हुनु भन्दा पहिले अर्थात जीवनरुपि सपनामा आउनु भन्दा पहिले नै बाबाले भन्नु भयो, "विवाहको उमेर बितिसकेको छ, मलाई एक वचन नसोधेर बिबाह गरिदिनु भयो । बाबा विश्वास गर, ठूलो बोझ उठाइयो। हजुरको घरका सबै मानिस मलाई अपरिचित जस्तै लागथे । तर आमाले सिकाउनु भएको थियो, अब यो तिम्रो घर हो, यो सबै तिम्रो हो। अब देखि यी सबैलाई आमा, बाबा, दाजुभाइ, दिदीबहिनी सम्झ । तिम्रो श्रीमानको श्रीमान् तिम्रो लागि भगवान हुनुहुन्छ, उहाले भनेको कुरालाई बेवास्ता नगर्नु । माया दिएर सबैलाई आफ्नो बनाउनु सदै मीठो र नरम बोल्नु । आमाको आज्ञा पालन गरेर सबैलाई आफ्नो बनाएकी छु । मलाई के मन पर्यो र के मन पर्दैन भनेर मैले कहिल्यै सोचिन। हजुरलाई पनि कहिले बताईन पनि ।
बिहानको हजुरले पिउने तातो पानी र चिया र बिहानको नास्ता हजुरको कोठाामा पुराउने काम मेरो दैनिकी नै हो । गाई बस्तुको दाना पानी गोबर सोत्तर गर्न नै पर्दथियो , दिउसको खाना मेलाको काम छोराछोरीको खाजा, ससुरा बाबाको मधुमेहको छुट्टै औषधि, बिहानको खाजा, आमाको घुँडाको तेल मालिस, हजुरको दिउसको नास्ता टिफिन, बजार जाँदा, बेलुकीको खाना बनाउने, आमालाई बारम्बार अस्पताल लैजानु। छोराछोरीलाई लैजाने, सिकाउने, उनीहरुको भनाईलाई सँझाउने, सहने, हजुरका साथीभाइहरु अचानक पाहुना बनेर आएपछि उनीहरुका लागि खाना पकाउने नास्ता र अरु ब्याबस्था गर्नु नै पर्दथियो।। मैले यति मात्र गरेँ! र त्यसो भए तपाईंले के गर्नुभयो ? अब मैले अरू केही गर्नु पर्छ। अब म पनि जाँदैछु, थाहा छैन कहाँ जाँदै छु ? तर म जानु पर्छ। तर हजुरले शरिरको ख्याल गर्नु , आफ्नो बालबच्चाको ख्याल गर्नु।"
तपाइको जीवन साथि
शाबित्रा

त्यसपछि साबित्राले त्यो चिठीतकिया मुनि राखेर चुपचाप त्घहा बाट बाहिर निस्किन ।
बिहान हुने बित्तिकै बुबले बुहारीलाई औषधि, नास्ता र पत्र पत्रिकाका लागि बोलाउन थाले । यस सँगै आमाले बुहारीलाई पनि घुँडा मसाज गर्न बोलाउन थालिन् । बच्चाहरू पनि आमा, हाम्रो टिफिन, हाम्रो बिहानको खाजा कहाँ छ? आज आमा कहाँ गइन् ? बाहिर यति धेरै कोलाहल सुनेर श्रीमानको पनि आँखा खुल्यो । के भयो भनेर सोध्दै बिमल बाहिर निस्किए । बिहानै किन यति धेरै कोलाहल ? बाबा, याहा आमा हुनु हुन्न , हेर आमा कतै देखिनन् । कलेज जान ढिलो भइसकेको छ । अहिले सम्म ब्रेकफास्ट पनि गरेको छैन । आज भोकै बस्नु पर्ला जस्तो छ, अर्कोले भन्यो, मेरो किताब पनि पाइनँ आमा तिमी कहाँ छौ ? बुबाले बोलाए, बुहारी, हेर, मेरो चस्मा कहाँ छ ? आमाले बोलाउनु भयो, बुहारी, मेरो मसाजको बोतल र औषधि कहाँ छ? पुरै घर अस्तव्यस्त थियो । उनका श्रीमान् ठूलो स्वरले चिच्याए । सबैजना चुप लागेर हेर, ऊ कहाँ छ, कतै हुनुपर्छ, कता जान्छे ? उसले उनलाई फोन गर्न थाल्यो तर उनको फोन अझै कोठाको टेबलमा थियो। बेडको तकिया हेरे त्याहा एउटा चिठ्ठि भेटाए । चिठ्ठिलाई नियालेर हेरे । त्यो देखेर बिमल छक्क परे , उनले चिठी खोलेर पढ्न थाले। चिठी पढेपछि मात्रै उसले अघिल्लो साँझ आफ्नी श्रीमतीलाई कसरी गाली गरेको थियो, त्यो पनि सबैका अगाडि सम्झियो । उसले आफ्नो गल्ती सँझ्यो । श्रीमती सँग माफी माग्न चाहन्थ्यो । तर कसरी ? उसलाई गर्मी थिएन तै पनि उसको शरिरमा चिट चिट ती पसिना आउन थाल्यो। माईतिघर अर्थात आमा बुवाको घर र आफन्त साथीहरूलाई सोधे र छिमेकि रनाता गोता सबैलाई सोधे । तर कसैले पनि याहा आउनु भएको छैन भन्दै जवाफ फर्काए ।, तर उनी कहाँ छिन् कसैलाई थाहा थिएन। कस्तो अवस्थामा छन भन्ने पनि पत्ता लाग्न सकेन ?

साबित्रा माईति घर गएकी थिईन आमाबुवाको साथमा थिइन्, उनीहरूले विमललाई माईति घर नभएको भन्दै जानाजानी झुट बोल्न लगाईएकी थिईन ताकि बिमलले आफ्नो गल्ती महसुस गरोस् । आफन्त दाजु भाइ नाता गोता कुटुम्ब सबै ठाउँ चाहारे फोन गरे तर कतै पत्ता न लागे पछि ।ससुराली घरमा जाने निर्णय गरे ।
यसरि ५ दिन बितिसकेको थियो । जब विमल सुमित्राको आमा बुवाको घर गए, त्यहाँ साबित्रालाई देखे पछि ओधि खुसी भए र सबैभन्दा पहिले विशालले समित्रासँग आफ्नो गल्तीको लागि सबैको अगाडि माफी मागे र घर फर्किन आग्रह गरे । एउटी महिलाको मन कति ठूलो हुन्छ, उसले कसरी आफ्नो परिवारलाई एक्लै छोड्न सक्थिन ? साबित्राले विमललाई माफ गरि श्रीमान् सँग घर फर्किईन । घरका सबैजना धेरै खुसी भए, अब साबित्राको काममा सबैले सहयोग गर्न थाले, सबै कामको बोझ साबित्रालाई मात्र पर्ने भएन, त्यसैले उनलाई पनि आराम मिलिरहेको थियो, छोराछोरीले पनि आमाको काममा सहयोग गरिरहेका थिए । आमालाई सम्मान गर्न थाले ।
" लोग्ने स्वास्निको झगडा परालको आगो" ।
,

11/09/2023

धर्म केहो ? यसको बिरोध किन ?
--- देबेन्द्र कुँवर
धर्म भनेको सामाजिक-सांस्कृतिक प्रणालीहरूको दायरा हो, जसमा निर्दिष्ट व्यवहार र अभ्यासहरू, नैतिकता, विश्वासहरू, विश्व दृष्टिकोणहरू, पाठहरू, पवित्र स्थानहरू, भविष्यवाणीहरू, नैतिकताहरू, वा संगठनहरू समावेश छन्, जसले सामान्यतया मानवतालाई अलौकिक, दिव्य, र आध्यात्मिक तत्वहरूसँग जोड्दछ। यद्यपि धर्म के हो भन्ने कुरामा विद्वानहरूको सहमति छैन। विभिन्न धर्महरूमा ईश्वरीय,पवित्रता, विश्वास, र एक अलौकिक प्राणी वा प्राणीहरूबाट विभिन्न तत्वहरू समावेश हुन सक्छ वा नहुन पनि सक्छ आआफ्नै व्याख्या गरेका हुन्छन ।

धर्मको विरोध गर्नुका धेरै कारणहरू छन्, केही मुख्य कारणहरू तल लेखिएका छन्। यि कुराहरु पढेर तपाईको बुझाइ अलि बढ्यो भने मैले लेखेको कुरा सार्थक हुनेछ ।

(१) १५०० वा २५०० वर्षअघि बनेका धर्मका सिद्धान्तहरू आजको समयमा अद्यावधिक छैनन्। विभिन्न प्रकारका दुर्गुण र दुर्गुणहरू तिनीहरूमा देखिन्छन्।
(२) धर्म र ईश्वरले मानव जातिको विकासमा अवरोध खडा गरिरहेका छन् । नवरात्रिमा नौ दिन (रातमा) गरबा नृत्य गरिन्छ। रमजान महिनाभर अप्राकृतिक जीवनशैली अपनाइन्छ। कहिलेकाहीँ सात दिनसम्म कथा पढ्ने र सुन्ने क्रम जारी रहन्छ। यो सबै समय र पैसाको बर्बादी हो। धर्मको नाममा जम्मा भएको सम्पत्ति मानिसको भोक, रोग आदि मेटाउन र शिक्षामा खर्च गर्नुपर्छ ।
(३) धर्मको कारणले झगडा र दंगा हुने गर्छ । आजसम्म धर्मका कारण सयौं युद्ध भइसकेका छन् र करोडौंले ज्यान गुमाएका छन् ।
(४) धर्मले नागरिक जीवनमा अवरोध खडा गर्छ। सडकमा धार्मिक जात्रा निस्कन्छ । धर्मको नाममा धेरै कोलाहल मच्चिन्छ, राती सुत्न पनि गाह्रो हुन्छ । बिहान लाउडस्पीकरमा भजन-कीर्तन, अजान आदिले पनि जीवनलाई हराम बनाउँछ।
5) धर्म एक धेरै महँगो शौक साबित हुँदैछ। मन्दिर/मस्जिद र चर्चहरूले हजारौं एकड जमिन ओगटेका छन्। धार्मिक कार्यमा दिनहुँ हजारौं मानव घडी (समय) बर्बाद भइरहेका छन् । सम्पत्तिमा पनि ठूलो मात्रामा खर्च भइरहेको छ । कुनै फाइदा छैन। बदलामा मानिस र मानिसबीच घृणा हुन्छ।

(६) धर्मले अन्धविश्वासलाई बढावा दिन्छ। धर्मका कारण मानिसमा वैज्ञानिक सोचको विकास हुन सकेको छैन । वैज्ञानिक सोचविना मानव जीवन अगाडि बढ्न सक्दैन । धर्म मानवता विरुद्ध छ।
(७) धर्म शोषण। आसाराम, रामरहिम, रामपाल जस्ता सबै धर्ममा छन्। जसले निर्दोष जनताको आर्थिक, शारीरिक र मानसिक शोषण गर्छ ।

(८) धर्म र धार्मिक संस्थाहरूले शोषक वर्गलाई समर्थन गर्छन्। जनताको अधिकारका लागि लड्नुको सट्टा यसले धैर्यता र सहिष्णुताको उपदेश दिन्छ, जसले शोषणविरुद्ध आवाज उठाउनेलाई समर्थन गर्दैन। धर्म क्रान्तिको बाधक हो । धर्म पुँजीवादको साथी हो ।
(९) धर्म शान्ति कायम गर्न असफल भएको छ। समाज पनि सुव्यवस्था कायम गर्न असफल भएको छ । धर्मका कारण समाजमा अशान्ति र अराजकता छ ।
(१०) मानिसले धर्मको सृष्टि गरे जब तर्क र विज्ञानको आविष्कार थिएन। अहिले धर्म मानिसलाई मूर्ख बनाउने माध्यम मात्र बनेको छ ।
(११) एउटै धर्म भएको भए जसरी पनि मिलाउन सकिन्थ्यो । हिन्दू, मुस्लिम, ईसाई, पारसी, बौद्ध, जैन, सिख आदि धेरै धर्महरू छन्। आपसमा निकै प्रतिस्पर्धा छ । यसले आपसी सद्भावलाई नष्ट गर्छ ।
त्यसैले उपरोक्त बुँदाहरूलाई ध्यानमा राखेर धर्मको अन्त्य र धर्मविहीन मानवताको विकास आवश्यक छ। धर्मको चंगुलबाट जनता बाहिर निस्कने बेला आएको छ ।

10/09/2023

एउटा तितो सत्य..!"
---देबेन्द्र कुँवर


यो मुर्खता होइन, समाज तितो सत्य हो ।


सम्बन्ध पहिले देखि थियो । अब सम्बन्ध होइन, सम्झौताहरू मात्र छन्। यहाँ सबै कुरा गलत मात्र भइरहेको छन।
अहिले कुनै पनि अभिभावकमा आफ्ना सन्तानको सम्बन्धलाई आफ्नो इच्छा अनुसार सम्हाल्ने हिम्मत छैन ।

पहिले पहिले परिवारको हेरचाह गर्थे। सामाजिक मान्यता र मूल्य मान्यता हेर्ने गर्दथे र अहिले त्यो छैन । शरीरको सुन्दरता, मनको होइन, जागिर, धन, कार, बंगला गाँउको होईन शहरको ,

साइकल र स्कुटर भएको राजकुमार कसैलाई चाहँदैन र मन पर्दैन । सबैको मनपर्ने कार भएको वा विक्रेता हो। यदि तिनीहरूको संख्या निकै कम मात्र किन नहोस ।

केटाका परिवारले ठूला घरकी केटी चाहन्छन् । ताकि उनीहरूले प्रशस्त दाइजो पाउन सकून् र छोरीले घरमा काम गर्न नपरोस् नोकर वा काम गर्ने मानिस होस , भनेर केटीका परिवारले धनी केटा चाहन्छन् ।

छोरी मालिक्नी होउन । काम गर्न नपरोस् भनेर परिवार सानो हुनुपर्छ र सानो हुन खोज्दा परिवार र बिचार पनि सानो भएको छ । पहिले सम्बन्धमा वा आफन्तका मान्छेहरु भन्ने गर्थे - मेरी छोरीलाई घरको सबै काम थाहा छ र सबै जानेकी छ अहिले…कि छोरिलाई घरको काम केहि थाहा छैन । पकाउन र कपडालधुन पनि आउदैन । हामीले आफ्नी छोरीलाई घरको कुनै काम गर्न लगाएनौं भन्ने कुरामा हामी गर्व गर्छौं।
केटा मानिस जागिरे वा पेशामा लागेर धेरै धन पैसा कमायो भने उसले आफ्नीश्रीमति लाई शुख सुबिधा,धन ,दौलत गरगहना घर बँगला बनाउने सुखमा राख्ने सोच राखेको हुन्छ तर तेहि कुरा महिला जागिरे रपेसा बा धन आर्जन गर्ने भईन भने उनको रवाफ छुट्टै हुन्छ म श्रीमान बिना बाच्न सक्छु उ मलाई आबस्यक पर्दैन म एकलै जीउन सक्ने हिम्मत मसँग पनि छ । छुट्टीने ,आफुखुसि हिड्ने ,घर परवारलाई नटेर्ने,आदि सोभाब निकाल्छन यस्कै परिणाम हो " छोडपत्र" ।

हामीहरु सम्बन्ध खोज्दै गएका छैनौ । सम्बन्धको बजार ,गाडी जस्तै सजिएको छ। हुन सक्छ अन्य नयाँ कार लन्च हुनेछन । यो प्रक्रियामा उमेर बढ्दै गएको छ । अन्तमा यो एक सय फलफुल र सय प्याज खानु जस्तै स्वाद जस्तै हुने होला ।

आज सँसारमा अनौठो नाटक चलिरहेको छ । सबैजना राम्रोको खोजीमा धन र बिलासिताको उमेरलाई बन्दी बनाउदै गएका छन् ।
ब्युटी पार्लरमा गएर धेरै रङ लगाए पनि बुढेसकालमा अनुहारमा देखिने चमक अधै उमेरमा पुग्दा पनि रहँदैन भन्ने कुरा उनीहरूलाई कसले बुझाउने ? अर्को एउटा कुरा संक्रमण जस्तै फैलिरहेको छ। जागिर भएको केटालाई जागिर भएको केटी मात्र चाहिन्छ।

महिलाले आफैं कमाउँछे, उसले तपाईलाई वा तपाईको आमा बुवालाई किन आदर गर्छे ? किन मान मानयता गर्ने भन्ने सोच्न थाल्छे । होटलबाट खाना अर्डर गर्छे वा आफैं पकाउछे तर तपाईका बुबा आमा र तपाईको बास्ता गर्न छोड्छे । बुबा आमा बृध आश्रम मा जानू पर्ने र पुरुषहरुले बिकल्प खोज्नु पर्ने पारपाचुके गर्नु पर्ने आजकल अधिकांश तनावको कारण यही हो ।

एक अर्का माथि कुनै नियन्त्रण छैन । सहिष्णुता पटक्कै छैन । इज्जत मान मनिता पटक्कै छैन सुझाब सल्लाह दिदा नियन्त्रण र महिला दमनको आरोप लाग्छ यो नै आत्महत्या र सम्बन्ध विच्छेद र लापत्ता का घटना समाजमा बढि रहेका छन । परिवार सुझाब सहयोग माया ममताले झुकाएर चल्छ, जिद्दी र दमनले होइन।

जीवनमा बाँच्नको लागि हो तपाईलाई दिनको दुई छाक खाना एकसरो कपडा लगाउन र बस्नको लागि एउटा सानो घर चाहिन्छ, सबै भन्दा महत्त्वपूर्ण कुरा आपसी समझदारी माया र प्रेम हो, तर त्यो नै छैन , तर ...
आज कल बजारमा धेरै चोठा कोठा भएको ठुलो घर र ठुलो गाडी चाहिन्छ, श्रीमतीको सट्टा नोकरनी भएर बस्नु परे पनि त्यो नै सुख मान्छन ।
आजकल हरेक का घरमा सबै सुविधा उपलब्ध छन्...
लुगा धुने मेसिन, मसला पीसने मिक्सर,, पानी भर्नको लागि मोटर ,मनोरन्जनको लागि टिभी मोबाइल कुरा गर्दै अझै असन्तुष्ट छैनन् महिलाहरु ।

पहिले यी कुनै पनि सुविधा थिएनन् । मनोरञ्जनको सम्पूर्ण स्रोत पारिवारिक र घरायसी काम थियो, मनोरन्जन कोलागी निस्चित समय दिन रठाउमा पुग्न पर्ने हुन्थ्यो ।त्यसैले बेकारका कुराहरू दिमागमा आउदैनन्थे ।कुनै ठाउको घटनाको जानकारि सम्म हुदैनन्थ्यो । राम्रो कामको फलो गर्न मानिस हिचकिचाउछ तर नराम्रो कामको छिटो अनुसरण गरिन्छ छिटो परिणाम निस्कन्छ त्यसको परणाम हो छोडपत्र , हत्या ,हिम्सा लगायत घटना त्यसको काण नरकिय जीवन जिउने वा बन्दी जीवन बिताउने ।

आजकल दिनमा तीन पटक आधा घन्टा मोबाइलमा कुरा गरेर, घण्टौं सिरियल हेरेर, ब्युटी पार्लरमा समय बिताउने । घरायसी कामबाट समय मिल्दैन भन्ने वाक्य सुन्दा हाँस्छु । दाजु भाइ र दिदी बहिनीका लागि म यति मात्रै भन्छु कि पहिलो पटक, पतिको घरमा होस् वा कलेज, लगभग उस्तै छ। अलिकति र्यागिङ भयो भने पनि सहने । यदि तपाईं आज कलेजमा जुनियर हुनुहुन्छ भने, तपाईं भोलि वरिष्ठ बन्नुहुनेछ। आज ससुरा घरमा बुहारी छिन् भने भोलि सासु बन्छु। वा आज छोरा छु भोलि बुबा र हजुरबुबा बन्छु भन्ने सोच्नु पर्छ । तपाईले बुबा आमालाई जस्तो ब्याबार गर्नु हुन्छ तपाईका छोराले तेहि ब्याबहार गर्छन भन्ने बुझ्नु आबस्याक छ ।

समयमै बिबाह गर अर्थात २५ देखि ३० बर्ष भित्र । आफ्नो स्वभावमा सहिष्णुता ल्याउनु आबस्याक छ । परिवारका सबै बुढा पाकालाई सम्मान माया र ममता दिनु पर्छ। यदि दुख दिनु भयो भने ब्याज सहित फिर्ता गर्ने छन भन्ने कहिले न भुलौ ।।

आत्महत्या कदापी नगर्नुहोस् । सबैको जीवनमा उतारचढाव आउँछ । सोच्नुहोस्, बुझ्नुहोस् र पर्खनुहोस र मात्र निर्णय गर्नुहोस् । ठूलाबाट अर्थात अनुभबि पाका पुस्ताबाट सल्लाह लिनुहोस्। माथि र माथिकाहरूमाकामका आधारमा विश्वास गर्नु उचित हुन्छ ।
" हामी कहाँबाट कहाँ आएका छौं विचार गरौ ..." अस्तु ।

यस्ता घरहरु स्मणको पानामा मात्र बाकि छन सबै भुकम्प पिडित बाट बन्ने घरले र टिनको छानाले बिस्थापित गर्दै गयो ।
03/09/2023

यस्ता घरहरु स्मणको पानामा मात्र बाकि छन सबै भुकम्प पिडित बाट बन्ने घरले र टिनको छानाले बिस्थापित गर्दै गयो ।

हाम्रो हाडहाडे गाऊ ।
03/09/2023

हाम्रो हाडहाडे गाऊ ।

कोदो रोपाई ।
01/09/2023

कोदो रोपाई ।

31/08/2023
29/08/2023

आत्महत्या
लेखक-- देबेन्द्र कुँवर

गुल्मीअर्घा खाचि,ईस्मा मुसिकोट धुरकोट छ थुम मिलाएर २००९ साल तिर पाल्पा बाट छुट्टिएर गुल्मीमा अड्डा आएको थियो । त्यसको मुकाम कहा बनाउने भन्ने कुराको निकै बिबाद भयो खाँचिको ठाडा दह ,धुरकोट ईस्माको चौरासि , तुराङ्गको मजुवा र गुल्मीको तम्घास । सेन्टरको हिसाबले सबैको सहमति तम्घासलाई नै जुट्न पुग्यो । माल, अदालत , बडाहाकिम,बस्ने बयाबस्था , अपराधि थुन्न जेल आदिको स्थापना सँगै महेन्द्र हाईस्कुल को पनि सँचालन भएको थियो । समय परिस्थिती सँगै कासि गयाजी गएर सँस्कृत पढ्नेहरु पनि तम्घासमा आई पढ्न थाले । सँस्कृत पाठसाला पनि बिधार्थीको सँख्या घटन थाल्यो ।
तम्घास को नजिकै रहेको सिमिचौर गाउँमा भने कुनै परिबर्तन आएको थिएन । विशेष गरि बाहुनका छोरा ले पढ्ने भए पनि अरु जातका मानिसहरु "पढे लेखि छैन काम ,हलो जोते मामै माम " भन्ने उखानलाई सार्थक बनाउदै हिडिरहेका थिए । याहा बहु सँख्यक मानिसहरु कृषि पेसामा लागेका थिए । नयाबजारको स्थापना भए सँगै ज्याला मँदुरी गर्न तम्घास तिर लाग्थे भने केहि मानिस हरु रोजगगरिको लागि भारत तर्फ जान्थे । नेपाली र भारतिय सेना तथा पुलिसमा काम गर्ने मानिसको सँख्या नगन्य नै थियोे । यसै क्रममा राम बहादुर पनि यश समाज बाट अछुतो थिएनन् । उनी रोजगारिको लागि भारतको बम्मै तर्फ लागे । सम्योग बस उनले टाटा कम्पनिको स्टोरमा काम पाए । दुई दुई बर्षमा एकमहिना बिदा पाउने राम बहादुरले घरमा आएको बखत नाना थरि कलपना गर्दथे । आफ्ना छोराहरुलाई धेरै पढाउने अड्डा अदालतका कारिन्दा बनाउने वा भारतका आफुले काम गर्ने कम्पनिका बाबुहरु जस्तै घुम्ने कुर्सिमा बसेर अडर गर्न बनाउने आदि जस्ता कालपनिक कुराहरु सोचि रहन्थे । यसै क्रममा २०२२ साल तिर जेठोछोरा मोहन र २०२५ सालमा कान्छो छोरा नबिनको जन्म भयो । भारतिय कम्पनिमा जागिर भएकोले रुपैयाको अभाब थिएन । घर परिवार सबै सुकिला र हृस्ट पुष्ट थिए । गाउका केटाहरुले पाच कक्षा भन्दा माथी नपढ्ने चिठि तमासुक लेख्न र कसैले झुक्याउन सक्दैन भन्ने मान्याता अनुरुप धेरैले स्कुल छाडी भारत तर्फ लाग्थे बा घरमा कृषी पसुपालन वा ज्याला मज्दुरि गरि समय बिताउथे । तर राम बहादरको सोचाई अनुरुपको छोराले पनि यस यल सि मा राम्रो नम्मर ल्याई पास गरेकोले आईए पढाउन तानसेन बा बुटबल जानू पर्ने हुन्थ्यो । छोरालाई हाकिम कि अफिसर बनाउने कल्पनमा डुबेका राम बहादुरले काठमाण्डु पठाउने बिचार गरे र पठाए पनि । मोहन पनि ताहाचल क्यामपसमा आर्टस बिषय लिएर पढन थाल्यो ।
मोहनमा पनि सबै गाउलेका छोराहरु दिल्ली र बम्बै तिर मज्दुरि गर्छन । म भने काठमाण्डु मा पढदै छु भन्नेमा घमण्ड जाग्न थाल्यो । गाउले सह पाठी साथिहरु सँग बोल्न पनि अप्ठ्यारो मान्थ्यो । हुन पनि त्यस गाउँ टोल र छिमेकमा यस यल सि पास गरेको मानिस कोहि थिएन ,अझ काठमाण्डु पढ्ने त सोच्न सक्ने अबस्था पनि भएन । ताहाचलमा नै सिगल कोठा लिएर बसेका मोहनलाई पढ्न भन्दा बढि घुम्न फिलिम हेर्न , र केटि सँग घुम्ने चाहान बढ्दै गयो । काठमाण्डौ का कुनहलमा कुन फिलिम लागेको छ भन्ने सबै ज्ञान उनलाई थियो । फिलिम हलको टिकट र खाजा समेत खुवाउने भएकोले केटा भन्दा केटि साथिको सँख्या बढी थियो । कोर्सको किताब भन्दा फिलिमहलको टिकटको गढ्डि बनाएर राखेका थिए । क्यामपसमा नै जान छोडे पछि पास हुने सम्भावना भएन । सबै बिषयमा ब्याक लाग्यो ।अनपढ बुबा आमा लाई म फेल भएको होईन ब्याक लागेको मात्र हो भनेर सँझाउथे । घरमा आमालाई र भारतमा रहेका बुबालाई आर्मिको मेजर,पुललिसको ईस्पेक्टर र कर्मचारिमा अधिकृतमा परीक्षा दिएको छु नाम जसरि पनि निस्कन्छ मलाई घुस खुवाउन यति हजार रुपिया पठाउनु भनेर मोहनले चिठ्ठी पठाउथे । बिचरा सोझा सिदा बाउ आमा छोरा हाकिम हुने भो भन्नेमा ढुक्क थिए ।आमाले गाउमा ऋण सापटि खोजेर रुपिया छोरालाई पठाउ थिन । बुबा राम बहादुरले सहकर्मि साथिहरु सँग ऋण र सापटि मागेर पैसा पठाउथे । रकम हात परे पछि मोहन केटि साथि सँग कहिले धरान कहिले बिराटनगर उदयपुर नेपालका नामुद शहर घुम्न थाल्थे ।
राम बहादुरकी श्रीमती सिताले छोरा हाकिम बनोस भन्दै तमासथान मँदिरमा बोको भाकल गरिन बली चढाईन तर उनको मनो कामना पूरा भएन । यसै गाउकी चेली माईति घरमा आएर मेरो छोरा मेजर छ मलाई सबैले मेजरकि आमा भनेर मान मनिता गर्छन बुडालाई पनि त्यसरि नै मेजरका बुबा भनेर सँबोधन गर्दछन भन्दै माईतिमा आएर दिएको गफ सँझना छ अझ माईतिले मेजरकि आमाको इज्जत राख्दैनन् ,बोल्ने तमिज छैन, घरमा सुघर सफाई छैन खाना बनाउने सीप छैन यसैले मलाइ माईत आउन पनि मन लागदैन । मैले मेरो माईती सिमिचैर होईन पाल्पा तिर हो भन्दै ढाट्छु भनेर माईति दाजु ,भाइ, बुहारि र भाउजुलाई गरेको अपमान सँझदा मेरो छोरा पनि उनलाई सुनाउनका लागि भएपनि पनि हाकिम बनोस भन्ने लागेको थियो राम बहादुर लाई । चेतेका नेटा,डाडा ,देउराली नेटा र सिमिचौर दह र तम्घास तिर भेटहुदा कता हो हाकिमका बुबा भनेर सोधपुछ गर्दा मेरो मन कस्तो होला आदि आदि कुरा मनमनले सोच्दथे ।
रामबहादुर बम्मै बाट घरबिदामा आएको समयमा कामको सिलसिलामा तम्घास गएका थिए । बालपनका साथि हुमलाल पाणडे सँग भेट भयो । कुराकानि गर्दै जादा उनका छोराले पनि काठमाण्डोमा पढ्ने रहेछन । काठमाडौं मा पढ्दै खरिदारको जागिर खान्छ पैसा पठाउन पर्दैन बरु उसैले हामिलाई पैसा पठाउछ , उसैले हामिलाई पालेको छ भन्दा उनको छाति फुलेर आयो । सोध पुछको क्रममा उनलेभने तपाईको छोरा त क्यामपस पढ्दैन रे फिलिम हेरन साथी सँग जान्छ रे केटि सँग धुम्छ रे भन्ने कुरा होमलालका मुख बाट जब सुने उनको जिउ भारि भयो, जमिन भासिए जस्तो लाग्यो छोरालाई सँझेर धिक्कारन थाले "म ताक्छु मुढो बन्चरो ताक्छ घुडो " जस्तो भयो भन्दै नाना थरि तर्क बितर्क गर्दै घरमा आए ।
घरमा आएर खानाखाए पछि जब सुत्ने बेला भयो सिताले किन निन्याउरो मुख लगाउनु भएको भन्दै निकै चिन्ता परे जस्तो छ के भयो र कि कसै सँग झगडा परेको हो भनेर सोधिन ? लामो सास फेरदै सुई ....इए सुुकेराहाल्दै दिउँसो भएको सबै काहानि सुनाए । तर राम बहादुरको श्रीमती सिताले ती हुमलालले भनेका कुरा सत्य होईनन् ।ती हाम्रो सत्रु हुन, मेरो छोरा हाकिम हुने भयो भनेर डाहाडिएर भनेका हुन भन्दै हुमलाललाई नै सत्तो सराप गर्न थलिन बस कुरै मा जोई पोइ बिच चर्का चरकि भयो । ऋण लिन कुनै बुकुरो खालि थिएन साबा ब्याज कसरी तिर्ने भन्नेमा राम बहादुर चिन्तित थीए । सीता भन्थिन मेरो सोझो छोरा कहाँ घुम्छ ,केटि देखे लजाउने मेरो छोरो कहाँ त्यास्तो हुन सक्छ बरु अब रुपिया पठाउन अपठ्यारो मानेर यो योजना बनाएका छौ भन्न्दै सिताले खुर्जी खेल्न थालिन । यस्तै बिबाद चल्दै गयो र बिदा पनि सकियो राम बहादुर नोकरिमा हाजिर हुन बम्बै तर्फ लागे ।
हाजीर भएको एक महिनाको सेलरि बुझेका राम बहादुरलाई साथी भाईले दिएको सापटि फिर्ता दिन दबाब दिन थाले हुदा हुदा कम्पनि मेनेजर सग पनि कुरा पुग्यो कम्पनिबाट पनि छोरालाई पठाउन लोन लिएका रहेछन । लोनको किस्ता तिर्न पनि सक्ने अबस्था भएन मेनेजरले राम बहादुरलाई उपदानमा निस्कन सल्लाह दिए । उपदान बाट पाएको रकमले कम्पनिको लोन र साथिको साबा ब्याज तिरेर करिव करिव ३०हजार जति उनको हात लाग्यो । चानचुन नेपाली ५० हजार लिएर दुई महिना पछि राम बहादुर घर फर्किए । घरमा आउदा छोरा मोहन बिरामी भएर सुतेको देख्दा आस्चय चकित भए । शरिर पुरै हाड छाला मात्र छ ।आँखा गडेका छन निन्युरो मुख लागेर केभो बाबू भनेर राम बहादुरले मोहनलाई सोधे एचाईभी यड्स लागेको छ रे । सन्चोहुदैन रे ,खुनबाट , सिरिन्च आदिबाट सर्छरे भनेर डाक्टरले भन्छन । यो रोग लागेको पाँच बर्ष सम्म मानिस बाच्न सक्कछ रे भन्ने कुरा मोहनले भने पछि राम बहादुर स्तब्ध भए अब कसरी बचाउन सकिन्छ । रकमको नाममा जम्मा पचास हजार छ । के गर्ने कसो गर्ने भन्ने चिन्ता बढ्दै गयो । गाउका साउहरु आएर थाल खाउ कि भात खाउ झै गर्न थाले । तत्कालिन सिमिचौर पन्चायत का प्रधानपँच लगायतका मानि भेला भई सबै जग्गा बेचने सरसलाहा भयो राम बहादुरको साहु तिर्ने अरेको बिकल्प केही थिएन । अन्त्यमा तीन लाखमा जग्गा बिक्रि भयो सबै साहुहरुले साबा ब्याज मात्र बुझे र बाकि रहेको एकलाख चार भाग लगाउदा राम बहादुर,सीता ,मोहन र नबिनको भागमा पच्चीस हजारको दरले सबैको भागमा पर्न गयो । तम्घासमा गई राजीनाम पास पनि गरि दिए । बैसाख एक गते घर छोड्ने सहमति भयो ।
सास छोउन ज्याल आस भने झै मोहनलाई निको हुन्छ कि भन्ने सुरले मिसन अस्पताल पाल्पा पुराए । तर बिरामी देखेर मानिसहरु टाढै बस्ने ,डक्टरहरु छुन पनि डराउने, पर पर सर्ने गरेको देख्दा राम बहादुरलाई पनि अचम्म लाग्यो । के हो यस्तो रोग ? उनले केही समय मिसन अस्पतालमा राखे पनि निको भएन ।अस्पतालमा नै मोहनको निधन भथो ।
रिडि र काली गँडकिको सँगम स्थलमा अन्तिम दाहा सँसकार गरी घर फर्केका राम बहादुर तेह्र तिन सम्म छोराको कोरो बारेर बसे तह्रौ दिनको दान पुन्य सकाए पछि । सुखम दुखम चैत्र महिना त्यसै घरमा समय बिताए , सोकमा परेको परिवार ,कहाँ जाने ,कहाँ बस्ने कुनै ठेगाना छैन । परिबारका बिचमा खच पच सुरु हुन थाल्यो । सीता र नबिन आमा छोरा माईति घर जाने भन्दै ठूलो लुम्पेक तिर लागे । राम बहादु दाजु भाईको घरमा बस्न थाले । घर बँडामा परेको रकम सबै बोकेर गएकी सीता दुई महिना सम्म घरमा नफर्किए पछि रामबहादुर पनि ठुलोलुम्पे तीर लागे । छोरा र श्रीमति सँग दुई चार दिन त बिताए अपमान रगाली गलौज ले आत्तिएर श्रीमती सँगसोधे -- त्यो अंशमा परेको ७५ हजारले कहि छेउ छाउमा जग्गा किनेर बसौ न , मात्र के भनेका थिए । सिताको रिसको पारो चढ्यो । सारा कमाई ईण्डियाका रण्डीहरु लाई खुवाईस ? तेरो याहा के छ ? यो मेरो हो ,मेरो पैसा जे गर्छु मेरो खुसि , तँ मरे मलाई केहि खाँचो छैन , म र मेरो छोरो मरे तँलाई कुनै मतलब हुने छैन , तँ सँग मेरो केही सरोकार छैन भन्दै हातमा लठ्ठि लिएर कुट पिट गरे पछि राम बहादुर निन्याउरो मुख लगाउदै दाजु भाईका घर तर्फ फर्किए । घर घर डुल्ने, दिए खाने नभए भोकै सुत्ने गरि दिन बिताउन थाले ।
राम बहादुरका बृध बुबाले सानो छदा भनेका थिए छोरा मानिसले नामलो,दाम्लो,कुचो बाठ्न र,हलो जुबा बनाउन जान्नु पर्छ । धनी भए अरुलाई कजाए पनि हुन्छ , गरिब भए यसैले साझ बिहान खान हुन्छ । छोरी मान्छे दुना , टपरि पिस्ने कुटने केलाउने र पकाउन सिक्नु पर्छ । सीप र जागर चए सबको प्यारो भईन्छ । कमाउन नसके श्रीमतिले पनि कुट्छन, घरबाट निकाल्छन ,भनेका कुरा उनको दिमागमा घुमि रहेको थियो आज बुबाले भनेको सत्य साबित भयो । ।
दया हुने दाजु भाईले छोराका कारण सबै सम्पति सक्यो के थाहा हामी पनि यस्तै हुन सकिन्छ । जे छ ईनलाई खान दिनु भन्थे । कसैले त हिजो बम्मैमा नोकरी गर्दा माहाराज बनेर हिन्थ्यो मेरो छोरो काठमाण्डु पढ्छ , हाकिमको परीक्षा दिदैछ भनेदै धन र छोरा सम्पतिमा गफ लाउथ्यो आज यो गति भएर घर घर ढुक्न हिडेको छ भन्दा सारै चित्त दुखाउथे राम बहादुर । तम्घस बजार नजिक भएकोले बजारबाट अमृसोका कुचा,पलास्टिकका दाम्ला ,नामला सस्तो मा आउने भएकोले उनले बाटेका दामला बुनेका नाम्ला किन्न छाडे , गाउमा बाबियो , पट्टुवा पनि पाईन छोड्यो । बृध अशक्त हाडजोर्निको दुखाई का कारण उनले यो काम गर्न पनि नसक्ने अबस्था भयो । सिता र छोरा नबिनले बुटबल नजिकै सुकुमबासि मा जग्गा किनेर बसेका छन रे भन्ने सुन्दा खुसि मान्थे । घर परिवार बाट टाढा दाजु भाइ बाट तिरसकृत जीवन बाच्नु भन्दा मर्नु नै उचित लाग्थ्यो । तर जति बूढो भयो तेतिनै जीवनको माया हुदो रहेछ । यस्तै तर्क बितर्क सोचदै दाजु भाई हरुको घरबाट उदेस्य बिहिन यात्रामा निस्किए । माग्दै खादै पाटि पौाको बास गर्दै तीन दिन लगाएर रिडि बस पार्कमा रहेको थकाली होटल छिडीमा बस्न पुगे । ईण्डिया बाट आउने लाहुरे हरुले २/४ रूपिया दिन्थे । कोहि दयालुले खाना खानुस बुबा भन्दै खुबाउथे होटल वाली थकाली साहुनी अति दयालु थिईन साझ बिहान दाल भात खान दिनथिन ।
राम बहादुर ले आफ्नी जीवन साथि सितालाई असाध्य माया गर्थे ,उनी झर्को स्वोरले बोले पनि नबोलेर बस्थे , सिताको दिल कहिले दुखाएनन् । माईति घरमा लठ्ठिले कुटपिट गर्दा हात फर्काएनन् । तर सिताले कहिले उनको सँझना गरिनन् तर राम बहादुर जोई पोईका दुख सुखका कुरा सँझिसहन्थे । राम बहादुर आफू मर्न चाहान्थे तर सीता बिधुवा नबनुन भन्नेमा उनको सोच थियो । यस्तै तर्क बितर्क गर्दै यस्तै रितले एक महिना बितिसकेको थियो ।
बिहानको समय थियो गाउले गोत्यार भाईको छोरा भतिजो कृष्ण आएर कान्छो बुबा हजुर याहा भन्दै प्रणाम गरे । आशीर्वाद भन्दै अभिबादन फर्काए राम बहादुरगरे । केही समय सन्चो बिसन्चो दुख दुखका कुरा भयो । कृष्णले गँगाजीमा नुहाएर आउछु भन्न नपाउदै म पनि नुहाउन जान्छु भन्दै तमसिए राम बहादुर । बाबू मलाई पाईना पलको क्वाटर किनि देउन भने कोमात्र के थिए कृष्णले दुईटा पाईनपलको क्वाटर किनिदिए‌ । एउटा तेसै होटलमा पिए । अर्को गोजीमा हालि गँगाजी तर्फ लागे । दुबै जनाले गँगाजीमा नुहाए पछि साथमाहेको पाईापल पनि एकै सासमा रित्याए । कृष्णले कट्टु फेरेर भेष्ट बदल्दै थिए । राम बहादुर हतपत ढुङ्गामाथी चढेर म गए है भन्दै कालीगण्डकिमा हाम फाले । नुहाउने भक्तजनले मानिसले कलिगँडकिमा हाम फाले भन्दै ठूलो सोरमा चिच्यए !!! आात्म हत्या गरे !!! भदौको काहाली लाग्दो कलिगँडकिको भेलबाट निकाल्न सक्ने कृष्णको अबस्था पनि थीएन । यसरि आफ्नी बिबाहिता पृय जीवन साथीलाइ बिधुबा नबनाई आत्म हत्या गरे राम बहादुरले ।
(यो कथा कालपनिक हो यसका पात्र तथा स्थान कालपनिक हुन कसैको जीवनमा मेल खाएमा सँयोग मात्र भन्न सकिसने छ--लेखक )

Address

Lumbini
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो हाडहाडे धुरकोट , गुल्मी । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category