02/11/2025
गुल्मीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको ज्यान गयो ! कात्तिक १६ गुल्मी ।
गुल्मीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । मदन भण्डारी राजमार्ग अन्तरगत तम्घास सिमलटारी सडक खण्ड अन्तरगत इस्मा गाउपालिका १ भाराह खोलामा मोटरसाईकल दुर्घटना भएको हो । झरनाबाट तम्घास तर्फ आउंदै गरेको लु ५६ प ८४२६ नं.को २०० सि.सि. को NS पल्सर मो.सा. अनियन्त्रित भई दुर्घटना हुँदा पछाडी सवार रेसुङ्गा नगरपालिका २ बस्ने बर्ष २६ को सरोज को ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । मोटरसाइकल चालक रेसुङ्गा न.पा.२ बाख्रेछेडा बस्ने बर्ष २७ का मोहन बस्नेत रहेका छन ।