24/04/2026
`प्रहरीकाे डिएसपी हुँ´ भनेर ठगी गर्ने पक्राउ
पाल्पा - प्रहरीकाे डिएसपी हुँ भनेर रकम ठगी गर्ने पुरूष सक्कली प्रहरीकाे फन्दामा परेकाे छ । रकम ठगेर सक्कली प्रहरीकाे फन्दामा पर्ने पुरूष गुल्मी जिल्ला रूरू गाउँपालिका-२ ग्वादीका रिजन भन्ने राजेश विश्वकर्मा रहेकाे प्रहरीले जनाएकाे छ । रकम ठगी गरेर फरार रहेका विश्वकर्मालाई तानसेन-१४ अर्गलीबाट पक्राउ गरिएकाे हाे ।
गत मंसिर महिनामा पाल्पाकी एक महिलासँग फेसबुक मार्फत सम्पर्क भई कुराकानी गर्दै जाने क्रममा निज महिलाले आफ्नो श्रीमान् बिदेश पठाउनको लागि काठमाडौँमा रकम फसेको कुरा गरेकोमा निज रिजन भन्ने व्यक्तिले म नेपाल प्रहरीको सिआइभीको डिएसपी हुँ, हाल पाल्पा जिल्ला एरियामा सिभिलमा खटिएको छु भनेर भनेकाे महिलाकाे भनाइ छ । विश्वकर्माले काठमाडौँमा मसँगै भर्ति भएका साथीहरु छन्, म कुरा गरी रकम निकाली दिन्छु भनि विश्वास दिलाई, विश्वकर्माले मेरो छोरालाई ईन्जिनियर पढाउनको लागि युके पठाउन लागेको छु, १ लाख ७० हजार अपुग भएको छ, मेरो तलव आए पश्चात तपाईलाई फिर्ता दिन्छु भनेपछि, महिलाले विश्वकर्मालाई जिल्ला पाल्पा तिनाउ गाँउपालिका अन्तर्गत सिद्धबाबा मन्दिर नजिकैबाट भेटेर एक लाख सत्तरी हजार रुपैयाँ दिएको प्रहरीले जनाएकाे छ ।
उक्त रकम दिए पश्चात निजले सामाजिक संजाल, मोवाईल नम्बर समेतमा ब्लक गरेकोले पीडित महिलाले मिति जिल्ला प्रहरी कार्यालय पाल्पामा आई निवेदनका आधारका खाेजी गरिएकाे थियाे । खाेजि गर्ने विश्वकर्मालाई पक्राउ गरिएकाे पाल्पाका प्रहरी नायव उपरीक्षक हाेमप्रकाश चाैधरीले जानकारी दिनुभयाे ।