02/09/2026
सपनै नदेख्नेले हेटौंडा बनाउँछ कसरी?
दिनभरि सुत्ने, अनि सुतेजस्तो गर्नेले सहर जगाउँछ कसरी?
हेटौंडा बनाउन त बिहानै जुरुक्क उठ्नुपर्छ,
टोलटोल पुग्नुपर्छ, जनताको दुःख आफ्नै आँखाले देख्नुपर्छ।
कर्राको ढल नदेख्ने, राप्तीको बाढी नबुझ्ने,
पानी पर्दा गाडीको सिसा लगाएर हिँड्नेले हेटौंडा बनाउँदैन।
दुई पाइला हिँड्न गाह्रो मान्ने,
डाँडा नचढ्ने, वनतिर नजाने,
माटोमा एकपटक हात नहाल्नेले
हेटौंडाको वास्तविकता बुझ्दैन।
साना नानीबाबुको कुरा सुन्नुपर्छ,
युवाको सपना र वृद्धवृद्धाको पीडा बुझ्नुपर्छ।
हेटौंडा अस्पतालको लाइनमा एकदिन आफैँ बसेर हेरौँ,
त्यसपछि थाहा हुन्छ, स्वास्थ्य सेवा कागजमा होइन, व्यवहारमा कस्तो छ।
जिम्मेवारी आउँदा रुने,
अप्ठ्यारो पर्दा पन्छिने,
अनि सजिलो हुँदा जस लिन अघि सर्नेले
हेटौंडा बनाउँदैन।
विकास भनेको पुरानो भित्तामा नयाँ रङ लगाउनु मात्रै होइन।विकास भनेको जनताको जीवनमा देखिने परिवर्तन हो।
हेटौंडालाई भाषण गर्ने नेता होइन,
बिहान उठेर काममा निस्किने मेयर चाहिएको छ।
WhoForMayor???