Namste Manahari - नमस्ते मनहरी डटकम

  • Home
  • Namste Manahari - नमस्ते मनहरी डटकम

Namste Manahari - नमस्ते मनहरी डटकम पश्चिम मकवानपुरको प्रतिनिधि मुलक अनल

खाना पकाउने ग्यास बाहेक  अन्य इन्धनको मुल्य घट्यो । fans
31/12/2025

खाना पकाउने ग्यास बाहेक अन्य इन्धनको मुल्य घट्यो ।
fans

५३ किलो  गाजा सहित राक्सिराङका ७ जना मानिस  पक्राउ ।
31/12/2025

५३ किलो गाजा सहित राक्सिराङका ७ जना मानिस पक्राउ ।

बिदा सम्बन्धि  सुचना। fans
31/12/2025

बिदा सम्बन्धि सुचना।
fans

राक्सिराङ -३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वनले उत्पादन गरेको दुनाटपरी  बिक्री तथा प्रदर्शनीका लागि राक्सिराङ  कृ...
31/12/2025

राक्सिराङ -३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वनले उत्पादन गरेको दुनाटपरी बिक्री तथा प्रदर्शनीका लागि राक्सिराङ कृषि हाट बजारमा

मनहरीमा रहेको दर्पण सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा मनोज मुक्तान चयन हुनु भएको छ । मङ्गलबार मनहरीमा भएको  १९ औ वार्ष...
31/12/2025

मनहरीमा रहेको दर्पण सामुदायिक सिकाइ केन्द्रको अध्यक्षमा मनोज मुक्तान चयन हुनु भएको छ । मङ्गलबार मनहरीमा भएको १९ औ वार्षिक साधरण सभाबाट मुक्तान सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनु भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो भने मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर ,समाजसेवि तथा नेकपाका नेता वीर बहादुर घलान(ज्वाला) , मनहरी -७ का वडा सदस्य नवराज सुवेदी , राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोबिन्द पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
fans

राक्सिराङ कृषि हाट बजार आज बाट सुरु भएको छ । स्थानीय  रैथाने कृषि उत्पादनहरुको प्रबर्द्धन तथा बजारीकरणको मुख्य  उद्देश्य...
30/12/2025

राक्सिराङ कृषि हाट बजार आज बाट सुरु भएको छ । स्थानीय रैथाने कृषि उत्पादनहरुको प्रबर्द्धन तथा बजारीकरणको मुख्य उद्देश्यका साथ प्रत्येक महिनाको १ र १५ गते हाटबजार लाग्ने छ। आज एक कार्यक्रमको बिच जिल्ल समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले हाटबजारको उद्घाटन गर्नु भयो ।
fans

30/12/2025

राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानमा लगाएको करिब ३० बिगहा गाजा तथा अफिम खेती नष्ट गरिएको छ ।
भिडियो : जि.प्र .का.
fans

तमु ल्होसारको शुभकामना ।।।
30/12/2025

तमु ल्होसारको शुभकामना ।।।

27/12/2025

नेपाली कम्युनिस्ट पार्टीले मकवानपुरका २ निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नं.१ मा वहालवाला जनप्रतिनिधि ३ सहित १३ जना र क्षेत्र नं. २ मा वहालवाला जनप्रतिनिधि २ सहित ८ जनाको नाम सिफारिस गरिएको हो।
क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिंग, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिंगसहित वहालवाला प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलानको नाम सिफारिस भएको छ।
यस्तै क्षेत्र नं. २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौलासहित वहालवाला प्रदेशसभा सदस्य कुमारी मोक्तान र राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्थम थिंगको नाम सिफारिस गरिएको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. १ मा राप्रपाका दीपक सिंहले गठबन्धनकी उम्मेदवार महालक्ष्मी डीना उपाध्यायलाई पराजित गरेका थिए भने क्षेत्र नं.२ मा एमालेका महेश बर्तौलाले गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई हराएका थिए। यसपटक पनि मकवानपुरमा प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
समानुपातिकतर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्यांग्तान, कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरेको नाम विभिन्न क्लस्टरअन्तर्गत सिफारिस गरिएको
fans

मनहरी । नेपाल चेपाङ संघ मकवानपुरले विभिन्न क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाहरुसँग अन्तरक्रिया गरेको छ ।सोमबार ...
22/12/2025

मनहरी । नेपाल चेपाङ संघ मकवानपुरले विभिन्न क्षेत्रमा काम गरिरहेका गैरसरकारी संघसंस्थाहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार संघको भवन मनहरीमा आयोजित अन्तरक्रियामा राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकामा कार्यरत विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा चेपाङ अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गैरसरकारी संघसंस्थाले चेपाङ संघसँग समन्वय गरेर कार्यक्रमहरु सञ्चालन गर्नेबारे छलफल भएको थियो ।

अधिकांश गैरसरकारी संघसंस्थाहरुले चेपाङ बाहुल्य क्षेत्रमा र चेपाङ समुदायलाई नै लक्षित गरी काम गरिरहेको अवस्थामा संघसँग गर्न सकिने समन्वय तथा सहकार्यका बिषयमा छलफल गरिएको संघका अध्यक्ष महेश कुमार चेपाङले बताउनुभयो । उहाँले सबै संघसंस्थाहरु चेपाङ संघको सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गर्न उत्साहित रहेको बताउनुभयो ।

संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधिले चेपाङ समुदायमा कार्यक्रम सञ्चालन गर्दा चेपाङ संघसँग सहकार्य जरुरी रहेको बताए ।गास, बास, कपास, शिक्षा, स्वास्थ्य तथा लैङिगक हिंसाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुले चेपाङ संघसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन । अगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा संघसँग सहकार्य गर्ने र संघले पनि आवश्यक सहयोग गर्न उनीहरुले आग्रह गरे ।

कार्यक्रममा चेपाङ समुदायबाट पहिलो मन्त्री बनेका सन्त बहादुर चेपाङ, संघका केन्द्रिय सचिव भरतलाल चेपाङ, बागमती प्रदेश उपाध्यक्ष सिगंलाल चेपाङ, समाजसेवी कुमार चेपाङ, रविन्द्र चेपाङ, प्रकाश बर्तौला, संघका कैलाश, राक्सिराङ र मनहरीका अध्यक्षलगायत अगुवाहरुको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष महेश कुमार चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव किशोर चेपाङले सञ्चालन गरेका थिए ।
fans

भोलि ८ गते देखि ११ गते सम्म सडक बन्द रहने सम्बन्धी सुचना
22/12/2025

भोलि ८ गते देखि ११ गते सम्म सडक बन्द रहने सम्बन्धी सुचना

बागमती प्रदेशका  मुख्य मन्त्री ईन्द्र बहादुर बानियाँले  आफ्नो सेवासुबिधाबाट प्राप्त रकमबाट  कैलाश -४ धुसराङका एक चेपाङ द...
21/12/2025

बागमती प्रदेशका मुख्य मन्त्री ईन्द्र बहादुर बानियाँले आफ्नो सेवासुबिधाबाट प्राप्त रकमबाट कैलाश -४ धुसराङका एक चेपाङ दम्पतीलाई घर निर्माण गरि आज हस्तान्तरण गरिएको छ ।


Address

Manahari

44106

Alerts

Be the first to know and let us send you an email when Namste Manahari - नमस्ते मनहरी डटकम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namste Manahari - नमस्ते मनहरी डटकम:

  • Want your business to be the top-listed Media Company?

Share