06/12/2025
समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन रे । आज हेटौंडामा त्यसैको वास्तविक प्रमाण देखें । सडक डिभिजन कार्यालयले मङ्सिर ५ गते सडक अतिक्रमण हटाउन १५ दिने सूचना जारी गर्यो । तर सो सूचनाको खुलेआम अवज्ञा हुँदा आज हेटौंडा बजारका पसल व्यवसाय गर्नेहरूले आफ्ना सरसामान उठाउने मौका समेत पाएनन् । अब त बुझियो होला नि कानुन भन्दामाथि अरू कोही हुदैनन् ।
यस ऐतिहासिक कदमले हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय, संघीय भौतिक तथा सहरी विकास मन्त्रालय सबैको समन्वयात्मक भूमिकाले अहिले हेटौंडा बजार विस्तार र सडक स्तरउन्नतिको उज्यालो भविष्य सुरक्षित गरिदिएको छ । स्टे अडर आउँछ भन्दै कुरेर बसेकाहरुलाई पनि चकित पार्दै यता त काम तमाम भइसक्यो ।
मेयर मिना कुमारी लामाद्वारा हेटौंडाको विकासका लागि लिइएको चट्टानी अडान, आज वास्तविक उपलब्धिमा बदलिएको छ । वसन्त अधिकारी जस्तै दक्ष प्रशासनिक नेतृत्वका कारण हेटौंडा व्यवस्थापन अब दृष्टान्त बन्ने बाटोमा पुगेको छ । र, सबैभन्दा महत्वपूर्ण मन्त्री कुलमान घिसिङज्यू तपाईंको निर्भिक निर्णय, दूरदर्शिता र दृढतालाई आज हेटौंडाले मात्र होइन, पूरै देशले सम्झिने छन् । तपाईंले फेरि एकपटक देखाइदिनुभयो कि गरे यो दुनियाँमा सम्भव बन्ने कुरा केही हुँदैन । भत्काउने साहस र बनाउने दृढता दुवै बिना विकास सम्भव हुँदैन । आज हेटौंडाले यही सत्य प्रमाणित गरिदिएको छ । आज हेटौंडामा देखिएको यो दृश्य भविष्य बनेर इतिहासमा लेखिने छ ।
#जयनेपाल🇳🇵 #जयहेटौंडा