29/10/2025
शुसिला कार्की सरकार मा झापा बिर्तामोडका युवा अभियान्ता माधवकुमार झा लाई शहरी विकासमन्त्री वनाउने चर्चा
विगत देखिनै समाजसेवामा रहेका झापा बिर्तामोडका युवा माधवकुमार झालाई शुसिला कार्की नेतृत्व को अन्तरिम सरकार मा मन्त्री बन्नका लागि प्रस्ताव आएको छ ।
मुलुककै दोस्रो शक्तिकेन्द्रको रुपमा रहेको झापा जिल्लाबाट हालको सरकारमा कुनै प्रतिनिधित्व नभएपछि झापाली जेनजी तथा अभियान्ताहरुले झालाई मन्त्री बनाउन दबाब दिईरहेका थीए । निर्माण व्यावसाही समेत रहेका झालाई शहरी विकासमन्त्री बन्न प्रस्ताव गरिएको बताइएको छ ।
जेन जी आन्दोलन मा तथा आान्देल पछी को पुननिर्माण मा पनी झा ले अग्रिडी भुमिका खेलेका थिए , ईलाका प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलय मा रंगरोगन को कार्य उनकै पहलमा भएको थियो
झाले पछिल्लो समय ‘मिसन बिर्तामोड’ नामक परिवर्तनका लागि युवा भनेरा अभियान सुरु गरेका छन् । झाकै अगुवाईमा बिर्तामोड सामुदायिक पुस्तकालय सञ्चालनमा रहेको छ । मिसन बिर्तामोडले सामाजिक विकृति तथा समस्याहरुको समाधानको विषयमा बोल्दै आएको छ ।
त्यस्तै केहि वर्षअघी आत्मदह गरेर मृत्युवरण गरेका इलामका प्रेम आचार्यको न्यायको लागि झा मुक्तिचोकमा अनशन बसेका थिए । पुर्वमा युवामाझ चर्चित तथा लोकप्रिय २५ वर्षीय झा मन्त्री वने जेन जी हरुको प्रतिनिधित्व हने आसय पनी रहेको छ
युथ फर सोसियल ट्रान्सफरमेसन नामक संस्थाको स्थापना गरेर उनले बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आएका छन् । सो संस्था विपन्न बालबालिकालाई छात्रवृत्ति दिएर पढाउने उद्देश्यले स्थापना भएको हो ।
बालबालिकाका लागि उनले झापाका ग्रामीण क्षेत्रमा शैक्षिक सामग्रीदेखि अन्य सहयोग गर्दै आएका छन् । साथीभाइमाझ ‘टाइगर’ उपनामले परिचित उनी काम पनि त्यस्तै गर्न रुचाउँछन् ।
हक्की, निडर तथा जुझारु उनले आफ्नो व्यक्तिगत खर्चमा १५ जना विपन्न विद्यार्थीलाई पढाइरहेका छन् । मधेश प्रदेशका ती विद्यार्थी तीन वर्षयता झाले प्रदान गर्दै आएको खर्चमा अध्ययन गरिरहेका छन् ।
उनको संस्थाले सुरुवाती दिनमा स्कुलसम्म पुगेर विद्यार्थीलाई तालिम, शैक्षिक सामग्री वितरण, विशेषज्ञ लगेर परीक्षा लेख्न सिकाउने, उत्प्रेरणामुलक तालिम तथा अन्य सहयोग गरेका छन् ।
खासगरी सामुदायिक विद्यालयका विद्यार्थीहरुमा देखिने अनेकन मनोसामाजिक समस्या दूर गर्न झा र उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । झाले झापामा लागुऔषधको लतमा लागेका युवालाई नयाँ जीवन प्रदान गर्न सुधार केन्द्र सञ्चालन गर्ने योजना बनाएका छन् ।
उनले आगामी दिनका लागि नयाँ भिजन ल्याएका छन्, युवा सशक्तीकरण र जागरण । त्यस्तै, युवालाई उद्यमी, व्यवसायी कसरी बनाउने, स्वदेशमै उनीहरुलाई कसरी व्यस्त बनाउने भन्नेबारे योजना बनाइरहेको उनी वताउछन ।
झा को नाम मन्त्रीपरिसद मा अगाडी आईरहदा उनलाई झापाली जेन्जी , झापाली युवा , अभियान्ताहरु , नागरिक समाज ,विभिन्न सामाजिक सॅघसंस्था , अभियान तथा के जि एफ ग्रुप को पनी समर्थन रहेको वताईएको छ ।