
01/07/2025
नेपालको राष्ट्रिय फूल लाली गुराँसको महत्व र संरक्षण विषयमा अभिमुखी करण कार्यक्रममा देउमाई नगरपालिका वडा न २ तपेवामा
सोमबार सम्पन्न भएको छ । प्रदेश पर्यटन विकास संस्थाको आयोजना तथा पर्यटन कार्यलय काँकर भिटाको सहयोगमा भएको कार्यक्रममा बनस्पती अनुसन्धान केन्द्र इलामका वैज्ञानिक अधिकृत चन्द्र मोहन मगर र रोशन गिरीले लाली गुराँस सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम प्रदेश पर्यटन विकास संस्थाको अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षता र देउमाई नगरपालिका वडा न २ का वडा अध्यक्ष नर बहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियोे । बनस्पती अनुसन्धान केन्द्र इलामका वैज्ञानिक अधिकृतको टोलि , आयोजक तथा स्थानीयले यस क्षेत्रमा रहेको १९७२ मा गिनिज बुकमा रेकर्ड भएको सबै भन्दा ठूलो लाली गुराँसको वृक्ष अवलोकण गरेको छ । तत्कालीन समयमा १६. १ मिटर उचाई रहेको थियोे ।
#तस्वीर
𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔.