
10/09/2025
प्रिय सिंहदरबार !
मलाई माफ गर्नु तिमी जलिरहेको सातसमुद्रपारीबाट टुलुटुलु हेरेर बस्नु सिवाय अरु अौकात छैन म सँग । तिम्रो जलनमा म रोइरहेछु । मन भक्कानिएको छ । Genz को अनियन्त्रित भिडबाट तरमाराहरुले मौका छोपी तिम्रो यो हालत बनाए !
बर्षौँ देखि तिम्रो आँगनलाई दुरुपयोग गरेर, तिम्रो काखलाई आफ्नो बिर्ता जस्तै बनाएर यो देश लुट्नेहरु जल्नु थियो । उनिहरुको पत्तासाफ् हुनु थियो । त्यो मेरो पनि चाहाना हो आम नेपालीको चाहाना हो । तर निर्दोष, अचल, निमुखा, निर्जीव तिमीलाई जलाउँनु वा जलाउन् भन्ने कसैको चाहाना छैन थिएन । तिमीले अनेक अनेक किसिमका शासकहरुको बर्दास गरेका छौ ।
वास्तवमा तिमी त सिङ्गो ईतिहास हौ, विभिन्न राष्ट्रघाती कदम्, योजना, कुटिल र राजनितिक तथा प्रशासनिक बिकृतिहरुको साक्षी हौ । तिमीले यस्ता अनगीन्ति सबुतहरु संगालेर राखेका थियौ । तिमी ढल्नु हुन्नथ्यो, जल्नुहुन्थ्यो । तर नराम्रो हटाउँछौँ भनेर झन नराम्रो गर्ने अराजकहरुको सिकार भयौ तिमी । दुई कौडीको चेत नभएकाहरुको निशानामा पर्यौ तिमी । तिमीलाई यसरी विभत्स सँग खरानी पार्नेहरुले सिंगो नेपाललाई माया गर्न सक्दैनन् । उनिहरु देशद्रोही हुन् । पोजिटिभ चेतना सहितका रियल जेन्जी होईनन् । धिक्कार्छु, घृणा गर्छु म तिनीहरुलाई ।
हिजो विहाँन सम्म खुशीले मुस्कुराएका मेरा ओठहरु जसै दिन ढल्दै जाँदाका घटना र दृश्यहरु देखिए त्यसै पिडाले सुख्खा हुँदै आए । आँशु थाम्न सकिनँ सिंहदरबार म । दुखले परदेश छिरेको म अब त झन् फर्कन्न झैँ लाग्ने विरक्त सिनहरुले मलाई हायलकायल पारेको छ ।
गुडबाई सिंहदरबार !