Troll Fikkal

Troll Fikkal "फिक्कलको हाँसो, समाचार र सेवा ✨ | Serving truth, music , laughs & local love in every post | Suryodaya’s digital corner" jay fikkal

🚨   श्रीनिधि हस्पिटल प्रालि फिक्कलमा भदौ ६ गते शनिबार — दुई विशेषज्ञ सेवा एकैदिन!अब टाढा जानुपर्दैन!भदौ ६ गते शनिबार, श्...
20/08/2026

🚨 श्रीनिधि हस्पिटल प्रालि फिक्कलमा भदौ ६ गते शनिबार — दुई विशेषज्ञ सेवा एकैदिन!

अब टाढा जानुपर्दैन!
भदौ ६ गते शनिबार, श्रीनिधि हस्पिटल फिक्कलमा दुई विशेषज्ञ सेवा उपलब्ध हुँदैछ।
👃👂🗣️ नाक, कान, घाँटीको समस्या छ?
🩻 भिडियो एक्स–रे तथा रेडियोलोजीसम्बन्धी जाँच गर्नुपर्ने छ?

👨‍⚕️ वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सतिश अमात्य
🏥 KBNC अस्पताल, बिर्तामोडबाट

👨‍⚕️ वरिष्ठ रेडियोलोजिस्ट डा. अरविन्द्र साहा

👃 नाकका समस्या
• नाक बन्द हुने • साइनस • नाकबाट रगत आउने • नाकमा मासु पलाउने • गन्ध कम हुने

👂 कानका समस्या
• कान दुख्ने • कान पाक्ने • कानमा आवाज आउने • सुनाइ कम हुने • चक्कर आउने

🗣️ घाँटीका समस्या
• घाँटी दुख्ने • टन्सिल • निल्न गाह्रो हुने • स्वर बस्ने • घाँटीमा गाँठो आउने • घुर्ने समस्या
🩻 रेडियोलोजी सेवा
• भिडियो एक्स–रे
• अल्ट्रासाउन्ड/USG
• पेट, पेल्भिस, कलेजो, पित्तथैली, मिर्गौला लगायत आवश्यक जाँच
🔥 “नाकदेखि घाँटीसम्मको समस्या होस् या शरीरभित्रको समस्या पहिचान गर्नुपर्ने होस्—विशेषज्ञ सेवा अब फिक्कलमै!”
📍 श्रीनिधि हस्पिटल, फिक्कल, इलाम
📞 सम्पर्क/अपोइन्टमेन्ट: 9842749812/9849532959

👉 समयमै जाँच गरौँ, सही विशेषज्ञको सल्लाह लिऔँ।

नेवाः देय दबु समाज 🌸सूर्योदय नगरपालिका–११/१२, इलामलाखे नाच २०८३ 🎭📅 मिति: २०८३/०५/०१नेवारी कला, संस्कृति र परम्पराको संरक...
18/08/2026

नेवाः देय दबु समाज 🌸
सूर्योदय नगरपालिका–११/१२, इलाम
लाखे नाच २०८३ 🎭
📅 मिति: २०८३/०५/०१
नेवारी कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै
लाखे नाचको भव्य प्रस्तुति आइतबारे बाटोलाइन बजार...
जय नेवाः संस्कृति! ❤️🙏

नाग देवताले सबैको रक्षा गरून्   नाग पन्चमिको सबैमा हार्दिक शुभकामना  ❤️
17/08/2026

नाग देवताले सबैको रक्षा गरून्

नाग पन्चमिको सबैमा हार्दिक शुभकामना ❤️

13/08/2026

🚨 निःशुल्क स्वास्थ्य शिविर! निःशुल्क स्वास्थ्य शिविर!! निःशुल्क स्वास्थ्य शिविर!!! 🚨

वरिष्ठ युरो सर्जन डा. अमित साहद्वारा निःशुल्क स्वास्थ्य शिविर
📍 श्रीनिधि हस्पिटल, फिक्कल चोक बजार
⏰ बिहान १० बजेदेखि

👨‍⚕️ युरो सर्जनबाट परामर्श तथा उपचार हुने प्रमुख समस्याहरू:

• पिसाब गर्दा पोल्ने, दुख्ने वा कठिनाइ हुने
• पटक–पटक पिसाब लाग्ने वा पिसाब रोक्न नसक्ने
• पिसाबको धारा कमजोर हुने वा पिसाब रोकिने
• पिसाबमा रगत देखिने
• मिर्गौलामा पत्थरी
• पित्तथैली होइन, मिर्गौला तथा पिसाबको नलीमा हुने पत्थरी सम्बन्धी समस्या
• पिसाबको संक्रमण (UTI)
• प्रोस्टेट बढ्ने समस्या
• मिर्गौला, मूत्रनली तथा मूत्रथैलीका समस्या
• पुरुषमा अण्डकोष दुख्ने, सुन्निने वा गाँठागुठी हुने समस्या
• पुरुष बाँझोपन तथा शुक्रकीटसम्बन्धी समस्या
• पुरुषको यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित केही समस्या
• मिर्गौला तथा मूत्र प्रणालीमा हुने गाँठागुठी/क्यान्सरसम्बन्धी समस्या
• जन्मजात तथा अन्य युरोलोजिकल समस्या

🩻 साथै विशेष भिडियो एक्स–रे सेवा

बिर्तामोडबाट वरिष्ठ रेडियोलोजिस्ट डा. अरविन्द साहा पनि श्रीनिधि हस्पिटल, फिक्कल मा आउँदै हुनुहुन्छ।

⏰ बिहान १० बजेदेखि दुवै विशेषज्ञ सेवा सञ्चालन हुनेछ।

🔎 भिडियो एक्स–रेबाट जाँच गर्न सकिने प्रमुख स्क्यानहरू:

• पेट तथा सम्पूर्ण एब्डोमेनको भिडियो एक्स–रे
• मिर्गौला तथा पिसाबको थैली (KUB)
• प्रोस्टेट तथा पिसाबथैलीको जाँच
• गर्भावस्थासम्बन्धी अल्ट्रासाउन्ड
• पाठेघर तथा डिम्बाशयको जाँच
• स्तनको भिडियो एक्स–रे
• थाइराइडको भिडियो एक्स–रे
• घाँटी तथा सफ्ट टिस्युको जाँच
• अण्डकोष/स्क्रोटमको भिडियो एक्स–रे
• अन्य आवश्यक अंग तथा समस्याको अल्ट्रासाउन्ड जाँच

एकै दिन वरिष्ठ युरो सर्जन र वरिष्ठ रेडियोलोजिस्टको विशेषज्ञ सेवा—फिक्कलमै! ❤️

👉 स्वास्थ्यमा समस्या छ भने ढिला नगर्नुहोस्। समयमै विशेषज्ञलाई देखाउनुहोस्।

📍 श्रीनिधि हस्पिटल, फिक्कल चोक बजार, इलाम
9842749812/9849532959

11/08/2026

Stay hydrate
पानि पिउनु न भुल्नु होला
💧💧💧

11/08/2026

फिक्कल बजार क्षेत्रमा खानेपानी अवरुद्ध भएको सूचना । 💧💧❌❌

मिति:- २०८३/०४/२६ गते मंगलबार ।

यस फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सूर्योदय नगरपालिका वडा नं. १० बजार क्षेत्रमा मेची राजमार्ग अन्तर्गतको सडक निर्माणका क्रममा बितरण पाईप लाईनहरूमा क्षति पुगेको हुँदा बजार क्षेत्रमा खानेपानी अवरुद्ध भएको व्यहोरा यसै सूचना मार्फत सम्पूर्ण उपभोक्ता वर्गहरूमा सूचित गरिएको छ ।

10/08/2026

“कर्णाली का पुल” 🎬
Finally, the wait is over.
A story woven with emotions.🌻

📅 Friday, 14 August 2026
⏰ 7:15 PM
🎬 Premieres on YouTube

The full story awaits you on Himalayan Lap Entertainment.
Subscribe and stay connected with us. 🔔

🔗Link in Comment Sections





नेपालि ई-स्पोर्ट्स टिम Horaa Esports पब्जि मोबाइल वोर्ल्ड कपको फाइनलमा पुग्न सफल भएको छ।  हार्दिक बधाई छ Horaa Esports  ...
09/08/2026

नेपालि ई-स्पोर्ट्स टिम Horaa Esports पब्जि मोबाइल वोर्ल्ड कपको फाइनलमा पुग्न सफल भएको छ। हार्दिक बधाई छ Horaa Esports Team लाई 🇳🇵🇳🇵

🔈️ मेचिराजमार्ग अन्तर्गत फिक्कल बजारको बाटो आजदेखि कालाे पत्रे गर्नकाे लागि  काम सुरु भएको छ। यस क्रममा दुवैतर्फका सवारी...
09/08/2026

🔈️ मेचिराजमार्ग अन्तर्गत फिक्कल बजारको बाटो

आजदेखि कालाे पत्रे गर्नकाे लागि काम सुरु भएको छ।
यस क्रममा दुवैतर्फका सवारी साधनलाई छुट्टाछुट्टै
डाइभर्सन बनाएर आवतजावत मिलाइएको छ।
फिक्कल चोक बजारबाट पशुपतिनगर जाने बाटाे हुदै सवारी साधनहरु झापा झर्दै छन् भने
झापाबाट आउने सवारी साधनहरु
फिक्कल अस्पताल जाने बाटो हुँदै बजार निस्केर
इलाम तर्फ जाँदैछन्।

सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ।
यात्रा गर्दा सचेत रहनुहोला 🙏

श्रोत : Bhattrai

खेलकुद, पर्यटन र स्थानीय विकासको नयाँ यात्रा: फिक्कल रमितेमा ११-ए-साइड (11-a-side) फुटबल ग्राउन्ड निर्माणको कार्य तीव्रस...
09/08/2026

खेलकुद, पर्यटन र स्थानीय विकासको नयाँ यात्रा: फिक्कल रमितेमा ११-ए-साइड (11-a-side) फुटबल ग्राउन्ड निर्माणको कार्य तीव्र

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलबाट करिब ७०० मी. को दूरीमा रहेको फिक्कल रमितेमा United Fikkal Club (UFC) ले ११-ए-साइड फुटबल ग्राउन्ड निर्माणका लागि १९ रोपनी जग्गा खरिद गरिसकेको सहर्ष जानकारी गराउँदछौं ।

यो ड्रिम प्रोजेक्टलाई साकार पार्न आ.व. २०८२/८३ मा कोशी प्रदेश सरकारको सुशासन तथा योजना समिति सभापति माननिय खगेस्वरि पौड्याल(बन्दना अधिकारि) ज्युको बिशेष पहलबाट आफ्नो सासद क्षेत्र बिकास कोषको बजेट बाट रु. १० लाख र सूर्योदय नगरपालिकाबाट रु. १० लाख बजेट विनियोजन भई निर्माणको प्रक्रिया अघि बढ्ने क्रममा रहेको छ ।

फुटबल ग्राउन्डको भौतिक संरचना कस्तो हुने र कसरी निर्माण गर्ने भन्ने DPR (Detailed Project Report) तयार गर्नका लागि झापाबाट आउनुभएका प्राविधिक टोलीद्वारा मिति २०८३/०५/२३ गते शनिवारका दिन सर्भे कार्य सफलताका साथ सम्पन्न भएको छ ।
सर्भेको कामपश्चात् Design र Estimate को कार्य सम्पन्न गरी शीघ्र निर्माण कार्य अगाडि बढाइनेछ।

यो खेलमैदान निर्माण भएसँगै स्थानीय तथा क्षेत्रीय स्तरमा खेलकुदको प्रवर्द्धन र प्रतिभा पहिचानमा ठूलो टेवा पुग्नेछ । सूर्योदय नगरपालिकाको मुटु फिक्कल नजिकै बन्ने यस खेल मैदानले खेल पर्यटन (Sports Tourism) को विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ भने फिक्कल बजार नजिकै रहेकाले भविष्यमा आइपर्ने विपद् वा आपतकालीन समयमा यो स्थान खुला र सुरक्षित आश्रयस्थलका रूपमा समेत प्रयोग गर्न सकिनेछ ।
UFC को यो सपनालाई साकार पार्न अभिभावकत्व र सकारात्मक भूमिका निर्वाह गर्नुहुने कोशी प्रदेश सरकार, सूर्योदय नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, परिवारजन, क्लबलाई सधैँ असल मार्गनिर्देशन दिनुहुने अग्रज दाजुहरू, क्लबका संरक्षक तथा वडा नं १० का अध्यक्षज्यू तथा क्लबलाई माया गर्नुहुने सम्पूर्ण शुभेक्षकज्यूहरू प्रति United Fikkal Club सदैव आभारी रहनेछ । आगामी दिनहरूमा पनि यहाँहरू सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछौं।

Address

Mechi Highway
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Troll Fikkal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share