17/05/2025
देउमाई - राष्ट्रिय युवा संघ नेपाल देउमाई नगर कमिटी इलामले एक बिपन्नको घर निर्माण गरेको छ । निर्माण सम्पन्न भएको घर आज मदन आश्रीत स्मृति दिवसको अवसरमा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
देउमाई नगरपालिका क्षेत्र भित्रका अति विपन्न परिवार आवास निर्माण कार्यक्रम अन्तर्गत शनिबार देउमाई नगरपालिका वडा नं. ३ निवासी तेज बहादुर राईको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष विशाल राईको अध्यक्षता तथा देउमाई नगरपालिकाका प्रमुख सुर्य प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा घर हस्तान्तरण कार्यक्रम गरि परिवारलाई हस्तान्तरण गरिएको छ। बधाई / शुभकामना
देशका हुन् युवाशक्ति परिवर्तन वाहक ।
मिलायौ काँधमा काँध, सारथी देउमाईका ।।
युवाले चाहदा गर्दा सकिन्छ जे पनि भनी ।
विपन्न अति नै छानी परिवारहरू पनि ।।
केही घर गरी पूर्ण , हस्तान्तरण नै गरी ।
सक्रियसाथ निर्माण हुदैछन् है यसैगरी ।।
हर्षाेल्लास भयाे धेरै विपन्न परिवारमा ।
अन्य यस्तै बनुन् काम रचनात्मक गाउँमा ।।
उत्कृष्ट कार्यकाेलागि युवा संघ देउमाईमा -
धन्यवाद बधाईका साथमा शुभकामना ।।
-प्रकाशचन्द्र खनाल
देउमाई नगरपालिका - ४ मङ्गलबारे इलाम । देउमाईबाट अर्जुन दृष्टिको रिपोर्ट।। Arjun Khanal