Hakchat

Hakchat ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद खबरको सम्वाहक हक्चात’

नेपाली महिला राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्वापो सुब्बालाई जन्मदिनको शुभकामना !
26/07/2026

नेपाली महिला राष्ट्रिय टिमकी गोलकिपर एन्जिला तुम्वापो सुब्बालाई जन्मदिनको शुभकामना !


फिफ विश्वकप २०२६ : फ्रान्सका किलियन एमबाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।
20/07/2026

फिफ विश्वकप २०२६ : फ्रान्सका किलियन एमबाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।

फिफ विश्वकप २०२६ : स्पेनका पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन् ।
20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारेका छन् ।

फिफ विश्वकप २०२६ : स्पेनका गोलरक्षक उनाई सिमोनले ‘गोल्डेन ग्लोभ’ जितेका छन् ।
20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका गोलरक्षक उनाई सिमोनले ‘गोल्डेन ग्लोभ’ जितेका छन् ।

फिफ विश्वकप २०२६ : स्पेनका कप्तान रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ जितेका छन् ।
20/07/2026

फिफ विश्वकप २०२६ : स्पेनका कप्तान रोड्रीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ जितेका छन् ।

फिफा विश्वकपको उपाधि स्पेनले चुम्योहक्चात । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ ।अमेरिकाको न्युयोर्कस्थित न्यु ज...
20/07/2026

फिफा विश्वकपको उपाधि स्पेनले चुम्यो

हक्चात । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि चुमेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि चुमेको हो ।

स्पेनलाई उपाधि दिलाउन फेरान टोरेसले एक मात्र निर्णायक गोल गरे । उनले खेलको १०६औं मिनेटमा गोल गरेका थिए ।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन । अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधि जितेको थियो ।


फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बन्यो हक्चात । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।आइत...
19/07/2026

फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बन्यो

हक्चात । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

आइतबार बिहान मियामी स्टेडियममा भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । यस्तै राइस, कोन्शा र जुड बेलिंघमले समान एक–एक गोल गरे ।

फ्रान्सका लागि भने कप्तान किलियन एमबाप्पेले दूई, ब्राडली बारकोला र उस्मान डेम्बेलेले गोल समान एक–एक गोल गरे ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।


अर्जेन्टिना विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्नेहक्चात । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलम...
16/07/2026

अर्जेन्टिना विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

हक्चात । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको फाइनल यात्रामा एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले एक–एक गोल गरे । इङ्ल्यान्डको लागि एन्थोनी गोर्डनले एक गोल गरे ।

इङ्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट अग्रता लिएको थियो । तर, खेलको ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाको फाइनल यात्रा सुनिश्चित गरे ।

अर्जेन्टिनाका दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरे । अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।


फिफा विश्वकप : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश हक्चात । स्पेन  फ्रान्सलाई हराउँदै फिफा विश्वकप २०२६ को फाइनलमा प...
15/07/2026

फिफा विश्वकप : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

हक्चात । स्पेन फ्रान्सलाई हराउँदै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।


नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । नेपालले कता...
11/07/2026

नेपालले एसीसी यू–१९ महिला प्रिमियर कपमा कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ । नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


Address

Mangsebung-5, Lasingbung, Ilam
Ilam
57311

Alerts

Be the first to know and let us send you an email when Hakchat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share