Ilam Times HD

18/10/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ मा रहेको श्री अन्नपुर्ण कृषी सहकारी सस्थाले आफ्नो १९ औं वार्षिक साधारण सभा कार्तिक १ गते सनिवार सम्पन्न गरेको छ ।
चुलाचुली २ अर्नाखाडीमा रहेको सस्थाको आफ्नै सभाहल मा सम्पन्न उक्त वार्षिक साधारण मा सभा सस्थाका अध्यक्ष देउमान गिरिको अध्यक्षता तथा चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो भनें कार्यक्रम मा चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, साना किशान कृषी सहकारी सस्था कि अध्यक्ष हेमकला बस्नेत, चुलाचुली ग्रामिण बिध्युत सहकारी सस्थाका सचिब धर्म ढुङ्गाना, चुलाचुली सहकारी समान्वय समितीका अध्यक्ष पदम केशर लिम्बु लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथी चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावतीले पानसमा बत्ती बालेर औपचारिक रुपमा थालनी गरिएको उक्त साधारण सभामा उपस्थित शेयर सदस्य हरु माझ अध्यक्ष को प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष देउमान गिरीले आ.व. २०८१ / ८२ मा सस्थाले ६ करोड ४५ लाख ९४ हजार ४ सय २१ रुपैया आम्दानी गरेको मा ६ करोड १९ लाख ८८ हजार ६ सय ४ रुपैया खर्च गर्दै २६ लाख ५ हजार ८ सय १७ रुपैया खुद नाफा आर्जन गरेको बताउनु भयो । त्यसै गरी सस्थाको मुख्य कारोबार दुग्ध कारोवार अघिल्लो आर्थीक वर्षमा भन्दा गत आ.व. मा १ करोड ९१ लाख ३१ हजार २ सय ५२ रुपैयले बढी हुन आएको समेत जानकारी गराउनु भयो जसमा सस्थाले बार्षिक ८ लाख १ सय ८५ लिटर दुध को कारोबार गरेको समेत जानकारी सम्पुर्ण शेयरधनी महानुभाब हरु लाई जानकारी गराउनु भयो । यसै बिच अध्यक्षले प्रस्तुत गर्नु भएका २९ वटा बिभिन्न प्रस्ताब हरु लाई साधारण सभाको महुमतले समेत पारित गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तब्य दिदै साना किशान कृषी सहकारी सस्थाकि अध्यक्ष हेमकला बस्नेतले चुलाचुली बाट सहकारीहरु मार्फत ठुलो मात्रामा पुजी पलायन भइरहेको बताउनु भयो । वहाँका अनुसार स्थानिय स्तर मा पुजी निर्माण भन्दा पनि सदस्य हरुलाई सुविधा दिने बहानामा स्थानिय पुजी धमाधम पलायन हुँदै गएको जसले गर्दा स्थानिय सरकार लगायत ब्यावसायी उध्योगी र बचत कर्ता सम्पुर्णमा आर्थीक समस्या आइ पर्ने भएकाले कारोबार गर्दा स्थानिय संघ सस्था प्रती झुकाब बढाउनु पर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रम मा बोल्दै प्रमुख अतिथी दिल कुमारी लिम्बुले स्थानिय सरकारको तर्फबाट सहकारी हरुको बृत्तीबिकास र सस्थामा कार्यारत कर्मचारी हरुको क्षमता अभिबृद्धी का लागी ३ लाख बजेट छुट्याएको बताउनु भयो ।
सस्थाको १९ औं साधारण सभाको अवसर पारेर सस्थाका पुर्व अध्यक्ष बिष्णुभक्त पोख्रेल लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भनें जेष्ठ सदस्यहरु यज्ञ प्रसाद काफ्ले, सुक बहादुर योङहाङ, गणेस तुम्वापो र ख्याम प्रसाद दुलाल लाई समेत सम्मान गर्नुका साथै बिभिन्न दुग्ध संकलन केन्द्रमा दुध बिक्री गर्ने उत्कृष्ठ ७ जना किशान हरुलाई समेत सम्मान गरिएको थियो ।
२०६३ सालमा स्थापना भएको अन्नपुर्ण कृषी सहकारीको मुख्य कारोबार नै दुग्ध ब्यावसाय रहेको छ । चुलाचुली गाउपालिका मा अत्यन्तै शुद्ध र स्वच्छ दुध उत्पादन हुने भएकाले सो ब्यावसायमा ११ जना कर्मचारी मार्फत दैनिक २५ सय लिटर भन्दा माथी दुधको कारोबार ६ वटा संकलन केन्द्रहरु बाट गरिरहेको छ । पछिल्लो समय दुध र दुग्ध जन्य परिकार हरुको माग चुलाचुली गाउपालिका मा समेत दिनानु दिन बढी रहेको अवस्थामा उक्त माग लाई झापाका बिभिन्न डेरी हरुले परिपुर्ती गरिरहेको भएक्ता पनि स्थानिय स्तर मै यती धेरै मात्रामा दुध संकलन भइ रहेको र स्थानिय सरकार, सस्था स्वयम का अलवा स्थानिय ब्यावसायी हरुको संयुक्त पहलमा सोही संकालीत दुधबाट दुग्धजन्य खाध्य पदार्थ उत्पादन गर्न सकेमा स्थानिय बासी लाई रोजगारी उपलब्ध हुनुका साथै स्थानिय श्रोत साधनको समेत भरपुर सदुपायोग हुने देखिन्छ ।

इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री अन्नपुर्ण कृषी सहकारी सस्थाले सोही गाउपालिका वडा नम्बर १ का २ जना बालबा...
10/10/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित श्री अन्नपुर्ण कृषी सहकारी सस्थाले सोही गाउपालिका वडा नम्बर १ का २ जना बालबालिका हरुको पठनपाठन को अभिभावकत्व ग्रहण गरेको छ ।
चुलाचुली वडा नम्बर १ मा रहेको जनता माध्यमिक बिद्यालयमा कक्षा १ मा अध्ययनरत छात्रा सालीना राइ र छात्र सत्यम थाम्सुहाङ को शैक्षिक अभिभावकत्व उक्त सस्थाले लिने भएको हो । बिद्यालय ब्यवस्थापन समितीका सदस्य सन्तोष थाम्सुहाङ ,बिद्यालय का निमित्त प्रधानध्यापक दिल कुमार लिम्बु ,अन्नपुर्ण कृषी सहकारी सस्थाका अध्यक्ष देउमान गिरी लगायतको उपस्थितीमा एक बिषेश कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा उक्त अभिभावकत्व ग्रहणको घोषणा गरिएको छ । सास्थै सोही बिद्यालयमा अध्ययनरत जेहन्दार तथा अतिबिपन्न अन्य २० जना विद्यार्थी हरुका लागी समेत ब्याग तथा अन्य शैक्षिक सामाग्री बिद्यालयलाई सहकारी सस्थाले हस्तान्तरण गरेको हो ।

05/10/2025

इलाममा पहिरोले ३४ जनाको मृत्यु, ४ जना बेपत्ता

अबिरल वर्षापछि आएको पहिरोले इलाममा ३४ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम जारी छ।

सीडीओ सुनिता नेपालका अनुसार (असोज १९ गते दिउँसो १ बजे सम्म) विभिन्न पालिकाहरूमा मृत्यु र बेपत्ताको विवरण यसप्रकार छः
• सूर्योदय–१ मानेभञ्ज्याङ : ५ मृत्यु
• इलाम–६ घोस : ६ मृत्यु, बालनगाउँमा १ बेपत्ता
• सन्दकपुर : ४ मृत्यु, २ बेपत्ता
• माङ्सेबुङ : ३ मृत्यु
• देउमाई : ८ मृत्यु
• माइजोगमाई : ७ मृत्यु, १ बेपत्ता
• फाकफोकथुम : १ मृत्यु

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय स्वयंसेवकहरू उद्धारमा खटिएका छन्।
सडक अवरुद्ध र प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ।

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ ले जनहितमा जारी गरेको शुभकामना सन्देश ।
01/10/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ ले जनहितमा जारी गरेको शुभकामना सन्देश ।

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ ले जनहितमा जारी गरेको शुभकामना सन्देश ।
01/10/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ ले जनहितमा जारी गरेको शुभकामना सन्देश ।

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित अन्धाराजा धार्मीक तथा पर्यटकिय क्षेत्रमा पाथिभरा देवी तथा दुर्गा माताको मुर्...
01/10/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित अन्धाराजा धार्मीक तथा पर्यटकिय क्षेत्रमा पाथिभरा देवी तथा दुर्गा माताको मुर्ती स्थापना गरिएको छ ।
स्थानियबासी हाल बेलायतमा रहनु हुने देउमान सुब्बा को आर्थीक सहयोगमा र स्थानिय युवाहरुको अग्रसरता मा झन्डै १० लाख बराबर खर्च गरेर दुइवटा मुर्ती घण्टी लगायतका सामाग्रीहरु बिधिवत रुपमा पुजा आराधना गर्दै गत असोज ११ गते अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थलको डाँडामा स्थापना गरिएको छ ।
पौराणिक कथान अनुसार १०० भाइ कौरब का पिता हस्तीनापुरका राजा धृतराष्ट्र कौरब र पाण्डवको १८ दिनको महाभारतको लडाइमा सम्पुर्ण छोराहरुको मृत्यु भएर युद्धमा पराजित पश्चात पत्नी गान्धारी , कुन्ती सहित भाइ बिदुर लाई लिएर बनबास गएका थिए र गर्मी याममा बनमा लागेको बिशाल डढेलो का कारण उनिहरुको डढेलोमा परेर मृत्यु भएको किंवदन्ती रहेको छ र सोही बनबासका बखत चुलाचुलीको ५ नम्बर वडामा पर्ने चुरे क्षेत्रमा केहि महिना बसेको किंवदन्ती रहेको स्थानियहरु बताउछन ।
उक्त अ न्धाराजा क्षेत्र लाई धार्मिक क्षेत्र का साथै केहि पुर्वाधार को बिकास गर्न सकेमा स्थानिय स्त र मा पर्यटक हरु भित्र्याउन सकिने प्रवल संभावना रहेको छ ।

01/10/2025

बडादसै २०८२ सुभदिपावली , छठ तथा अन्य चाडपर्व हरुको मंगलमय सुभकामना ।

27/09/2025

इलामको चुलाचुली गाउपालिका वडा नम्ब र ५ स्थित अन्धाराजा धार्मिक तथा पर्यटकिय स्थलमा खासगरी धार्मिक आस्था राख्दै पुजा आराधना गर्नुका साथै हाइकिङ ट्रेल र मनोरम दृष्य अवलोकनका लागी साथै एग्रोटुरिजम का रुपमा पनि उक्त स्थानलाई बिकसित गर्न सकिने सम्भावना रहेको छ । नामका आधारमा उक्त स्थानमा दृष्टी बिहिन राजा वा साशकको इतिहास हुनसक्ने अनुमान गर्न सकिन्छ । तर अहिले सम्म सो स्थानका बारेमा स्थानिय र अनौपचारिक श्रोतहरुमा आधारित जानकारीहरु मात्रै छन । ऐतिहासिक अभिलेख तथा पुरात्त्विक अध्ययन द्वारा प्रमाणित भएका केही प्रमाण छैनन , तथ्य भन्दा अनुभब र कथन लाई बढी प्राथमिकता दिने यात्रा ,ब्लग, भिडियोमा आधारित जानकारी हरु मात्रै उपलब्ध छन भनें संरचनाको अस्तित्व ,त्यसको पुरानो स्वरुप निर्माणकाल इत्यादी बिषयमा ठोस प्रमाण हाल सम्म सार्वजानिक रुपमा उपलब्ध छैनन । पुरातत्व भिभाग नेपालले अनलाईन प्रकाशन गर्ने संरक्षित स्मारक तथा दरवार हरुको सुची मा ऐतिहासिक पुरातात्विक संरचना अन्धाराजा दरवार भनेर उल्लेख गरिएको छैन तर स्थानिय सरकार चुलाचुली गाउपालिका ले आर्थीक वर्ष २०७५\ ७६ मा अन्धाराजा पर्यटकिय स्थलको डिपिआर गर्ने भनेर रु. ३ लाख बजेट समेत बिनियोजन गरेको र सोही आ.व. मा केन्द्रमा पेश गरिने योजना हरुमा अन्धाराजा पर्यटकिय स्थल मार्ग ब्यवस्थापन भनेर समावेश गरेको पाइएको छ । यद्धपी उक्त डिपीआर सम्पन्न पस्चात योजना माग गर्ने कार्यान्वयन गर्ने सन्दर्भ मा स्थानियहरु अनभिज्ञ रहेको पाइएको छ । पछिल्लो समय अन्धाराजा पर्यटकिय स्थल बिकास र प्रवद्धन का लागी सरोकार वाला निकायले खासै चासो नदेखाएकाले धार्मिक आस्थावान स्थानिय हरुले सो स्थानको प्रवद्धन र बिकास का लागी बिजयदशमि अन्तरगत नवरात्रको अवसर पारेर दुर्गा देवी र पाथिभरा देवी को मुर्तीको आज प्राणप्रतिष्ठा गरेका छन ।
भिडियो - सचिन न्यौपाने

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा अवस्थित फुङ्फुङ्गे झरना नेपालकै सुन्दर झरनामध्ये एक हो ।समुद्री सतह देखि १ ...
26/09/2025

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४, साँवामा अवस्थित फुङ्फुङ्गे झरना नेपालकै सुन्दर झरनामध्ये एक हो ।समुद्री सतह देखि १ हजार ५ सय २८ मिटर उचाइ मा रहेको सो झरना को कुल उचाइ(लम्वाइ) ३ सय मिटर अनुमान गरिएको छ र यस झरनाले प्राकृतिक सुन्दरताको अनुपम झल्को दिन्छ साथै पछिल्लाे समय यस क्षेत्रको प्रमुख पर्यटकिय गन्तव्यकाे रुपमा विकास हुँदै गएकाे छ ।
फाेटाे: विवश केदेम

26/09/2025

समाज परिवर्तन का लागि सोच परिवर्तन हुनुपर्छ सोच परिवर्तन का लागि शिक्षा अनिवार्य छ ।

24/09/2025

झापाको दमक वडा नम्बर १ बरगाछी स्थित रतुवा खोलाको पुल नजिकै रकेको बिजुलिको पोलमा आगलागी भएको छ।
सरसफाइ नगरेको हुनाले रुख बोरुवाले बिजुलिको तारमा छोएको र आगलागी भएको बुझिएको छ । बिध्युत जस्तो संवेदनशिल कुरामा स्थानिय बासी तथा सरोकार वाला निकायले ध्यान नदिदा यस्तो आगलागी भएको र यस्ता घटना मानव बस्तिमा घटन गएमा ठूलो धनजनको क्षती हुने भएकाले सम्पुर्ण स्थानिय बासी सरोकारवाला निकाय तथा स्थानिय सरकार र जनप्रतिनिधी हरु चनाखो रहनुपर्ने अवस्था रहेको छ ।।

चाडबाड नजिकिए संगै इलाम को चुलाचुली गाउपालिका भित्र रहेका विभिन्न वडाका मुल तथा शाखा सडक हरु सरसफाइ तथा रंगरोगन सुरु गरि...
24/09/2025

चाडबाड नजिकिए संगै इलाम को चुलाचुली गाउपालिका भित्र रहेका विभिन्न वडाका मुल तथा शाखा सडक हरु सरसफाइ तथा रंगरोगन सुरु गरिएको छ । चुलाचुली गाउपालिका स्थानिय सरकारले हरेक वडामा १/१ लाख बजेट छुट्याएर ग्रेडर मार्फत बाटोको सरसफाइ तथा मर्मत सम्पन्न गरेको छ । यसै क्रममा चुलाचुली २ स्थित खत्री चोक देखि पाडाजुङ्गी सम्म जाने बाटो आसपासमा रहेको झाडी तथा जंगल स्थानिय बासिले सफाइ गरेका छन ।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Ilam Times HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share