13/06/2024
नवीन सुब्बा भन्ने बितिक्कै मलाई नुमाफुङ फिल्मको सम्झना आउँछ। म त्यतिबेलादेखि नै नवीन सुब्बाको प्रशंसक हुँ । अहिले तिनै निर्देशक नवीन सुब्बा र मेरो प्रिय कलाकार दयाहाङ राईको 'गाउँ आएको बाटो' फिल्म सिनेमा हलहरुमा चलिरहेको रहेछ। उहाँसँगै पशुपति राई, प्रसान राई पनि मुख्य भूमिकामा हुनुहुँदो रहेछ। समय मिल्यो भने म पनि हेर्न जान्छु। फिल्म हेरिसक्नु भएकाले कमेन्ट बक्समा प्रतिक्रिया दिनुस् न है !