BolNepal.com

BolNepal.com सत्यको ऐना: न कसैको दबाब, न कसैको प्रभाव ।

03/06/2026

दिल्लीलाई दबाब, लन्डनसँग संवाद : सीमा विवाद सुल्झाउने बालेनको ‘नयाँ कार्ड’

https://share.google/1JptqnHEzPUViLlXQ

[ब्रेकिङ] सुनसरीमा भारतीय ग्यास ट्यांकरको ठक्करबाट युवक गम्भीर घाइते: राजमार्गमा चालकको लापरबाहीको पराकाष्ठा!सुनसरी – पू...
03/06/2026

[ब्रेकिङ] सुनसरीमा भारतीय ग्यास ट्यांकरको ठक्करबाट युवक गम्भीर घाइते: राजमार्गमा चालकको लापरबाहीको पराकाष्ठा!

सुनसरी – पूर्व–पश्चिम राजमार्गमा भारतीय ग्यास ट्यांकरको लापरबाहीले एक युवकको जीवन संकटमा परेको छ। रामधुनी नगरपालिका–२ स्थित एभरेष्ट प्लाई फ्याक्ट्री नजिक मंगलबार राति भएको भीषण दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

के भएको थियो?
इटहरीबाट इनरुवातर्फ हुइँकिरहेको भारतीय नम्बर प्लेट NL 01 AA 0537 को ग्यास ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५१ प ३८९ नम्बरको मोटरसाइकललाई अन्धाधुन्ध ठक्कर दिएको हो।

घाइतेको अवस्था चिन्ताजनक:
दुर्घटनामा दुहबी नगरपालिका–४ का २७ वर्षीय मोहमद यासु राई गम्भीर घाइते भएका छन्। उनको दाहिने खुट्टा र ढाडमा गम्भीर चोट लागेको छ। झुम्काको साही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ।

चालक प्रहरी नियन्त्रणमा:
दुर्घटना गराउने भारतीय ट्यांकर र चालक बिहार राज्य बेगुसरायका ३९ वर्षीय मोहमद फिरोज आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा ट्यांकर चालकको चरम लापरबाही नै दुर्घटनाको मुख्य कारण देखिएको छ।

छोरीलाई डाक्टर बनाउन जग्गा बेचेका बुबाको सपना भग्नावशेषमै पुरियोनयाँ दिल्ली। छोरीलाई डाक्टर बनाउने सपना पूरा गर्न बुबाले...
03/06/2026

छोरीलाई डाक्टर बनाउन जग्गा बेचेका बुबाको सपना भग्नावशेषमै पुरियो

नयाँ दिल्ली। छोरीलाई डाक्टर बनाउने सपना पूरा गर्न बुबाले आफ्नो जग्गासमेत बेचेका थिए। तर नियतिले यस्तो पीडा दियो कि त्यो सपना पूरा भएको खुसी हेर्न नपाउँदै छोरी सधैंका लागि टाढिइन्।

राजस्थानकी २४ वर्षीया एकता चन्दको दिल्लीमा भवन भत्किँदा मृत्यु भएको छ। किर्गिस्तानबाट एमबीबीएस पूरा गरेकी उनी एफएमजीई परीक्षाको तयारीमा थिइन्।

छोरीको पढाई लागि बुबा रमेश चन्दले पाँच वर्षअघि आफ्नो पुर्ख्यौली जग्गा बेचेका थिए। परिवार केही दिनमै एकताको २५औँ जन्मदिन मनाउने तयारीमा थियो, तर त्यो खुसी शोकमा बदलियो।

एकताको निधनसँगै एक बुबाको वर्षौँदेखिको सपना पनि भग्नावशेषमै पुरिएको छ।

03/06/2026

आदरणीय उद्योगी तथा व्यवसायीज्यूहरू, नमस्कार !
यहाँहरूको निरन्तर साथ, सल्लाह, सुझाव, शुभेच्छा र समर्थनसहितको माया पाउने विश्वास लिएको छु ।
अध्यक्ष उम्मेदवार
गायत्री कटुवाल भण्डारी
उद्योग वाणिज्य संघ इटहरी

मुन्दुम पदमार्ग जादै हुनुहुन्छ भने निम्न नम्बरमा सम्पर्क   गरेर जानु होला ।✅धोत्रेमा सम्पर्क नम्बर: 9845128798(रुमुहाङ र...
03/06/2026

मुन्दुम पदमार्ग जादै हुनुहुन्छ भने निम्न नम्बरमा सम्पर्क गरेर जानु होला ।
✅धोत्रेमा सम्पर्क नम्बर: 9845128798(रुमुहाङ राई)
✅छिमालुङ गोठ स्टे सम्पर्क नम्बर:9801058264(सुदीप राई)
✅ दुर्गा धन राई हाँसपोखरी (9862142247)
✅ दिपेन्द्र राई एकराते ती हाउस नयाँ(9818454007)
✅ हाँसपोखरी होमस्टे :
(9810418511 देउ कुमरी राइ)
✅ समीप साम्पाङ राई, मैयुङ डाँडा भेडिगोठ (9852056063)

03/06/2026
02/06/2026

राजिनामाका बिषयमा यसो भन्छन् - जनता मावि इटहरीका प्रअ पशुपति सिग्देल ?

अत्यधिक गर्मीका कारण झापाको हल्दिबारीमा एक महिलाको मृत्युझापा । झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झ...
02/06/2026

अत्यधिक गर्मीका कारण झापाको हल्दिबारीमा एक महिलाको मृत्यु

झापा । झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो ।

कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज अपराह्न मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

दु:खद खबर😥: वडा सचिव लेखिका पौडेलको असामायिक निधन, शोकमा परिवार र समुदायमोरङको बेलबारी–४ निवासी तथा ताप्लेजुङको श्रीरिजङ...
02/06/2026

दु:खद खबर😥: वडा सचिव लेखिका पौडेलको असामायिक निधन, शोकमा परिवार र समुदाय
मोरङको बेलबारी–४ निवासी तथा ताप्लेजुङको श्रीरिजङ्गा गाउँपालिका–३ मा वडा सचिव (पाँचौँ तह) पदमा कार्यरत लेखिका पौडेलको असामयिक निधन भएको छ।
साविक कुरुले तेनुपा–४ (हाल चौबिसे गाउँपालिका–४, धनकुटा) मा २०५१ साल चैत ३ गते जन्मिएकी लेखिका पौडेल कुलप्रसाद पौडेल र जीवना पौडेलकी कान्छी छोरी हुन्। उनी लामो समयदेखि बाथ रोग (Rheumatism/Arthritis) तथा डर्माटोमायोसिटिस (Dermatomyositis) जस्ता जटिल स्वास्थ्य समस्यासँग संघर्षरत थिइन्।
उपचारकै क्रममा २०८३ साल जेठ १९ गते अपराह्न ३ बजे विराट मेडिकल कलेजमा उनले अन्तिम श्वास लिएकी हुन्। उनको निधनले परिवार, आफन्त, साथीभाइ तथा सहकर्मीहरूलाई गहिरो शोकमा डुबाएको छ।
स्वर्गीय लेखिका पौडेल आफ्नो सरल स्वभाव, कर्तव्यनिष्ठा र सेवाभावका कारण सबैमाझ प्रिय थिइन्। उनको असामयिक निधनले समाजले एक प्रतिभाशाली र कर्मशील युवा कर्मचारी गुमाएको छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
उनी प्रती भावपूर्ण श्रद्धाञ्जली!

अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गसङ्खुवासभाको चिचिला गाउँपालिका–४ कुवापानीबाट देखिएको निर्माणाधीन ९ सय मेगावा...
02/06/2026

अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग

सङ्खुवासभाको चिचिला गाउँपालिका–४ कुवापानीबाट देखिएको निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत्‌गृहस्थल (पुखुवा) जाने प्रवेश मार्ग तथा आसपासको चिचिला–२ दिदिङ क्षेत्र ।

तस्बिर : भविन कार्की

#सङ्खुवासभा

Address

Itahari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when BolNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share