16/05/2026
पार्वती मार्फत पुनः एकसाथ देखिदै अशोक र निता:
अभिनेत्री नीता ढुंगानाले फिल्म ‘पार्वती’मार्फत निर्देशनमा डेब्यू गरेकी छन् । रक्षाबन्धनको भावना र पारिवारिक सम्बन्धको कथा बोकेको यस फिल्मको शुक्रबार दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा नीता फरक–फरक अवतारमा देखिएकी छन् । एउटा पोस्टरमा उनी स्कुले छात्राको रूपमा गम्भीर भावमा छिन् भने अर्को पोस्टरमा बालकलाकार अशोक दर्जीले उनलाई पिठ्युँमा बोकेका छन् । यी पोस्टरहरूले फिल्ममा दिदी–भाइको आत्मीय सम्बन्ध र भावनात्मक संघर्षको कथा रहेको संकेत गर्छन् ।