Pradesh Portal

Call Website Contact the business

Pradesh Portal Official page of Pradeshportal.com
https://www.youtube.com/

मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवाकाठमाडौं :  नेपाल सरकार, मन्त्रिपरिषद्को ...
07/10/2026

मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा
काठमाडौं : नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज २१ गते बसेको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ।
त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरिएको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलकाअनुसार मन्त्रिपरिषद्ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।
नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

दुहबी बजारमा हरियाली अभियान : सडक पेटीमा वृक्षारोपण, डिभाइडरमा सरसफाइदुहबी:  दुहबी बजारलाई हरियालीयुक्त, स्वच्छ र सुन्दर...
07/10/2026

दुहबी बजारमा हरियाली अभियान : सडक पेटीमा वृक्षारोपण, डिभाइडरमा सरसफाइ

दुहबी: दुहबी बजारलाई हरियालीयुक्त, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले सडक पेटीमा वृक्षारोपण अभियान सुरु गरिएको छ।

‘हाम्रो दुहबी, राम्रो दुहबी, हरियाली दुहबी’ भन्ने भावनासहित सुरु गरिएको अभियानअन्तर्गत सडक पेटीमा विभिन्न बिरुवा रोपिएको हो। सडक किनारमा हरियाली विस्तार गर्दै पैदलयात्रीलाई शीतलता प्रदान गर्ने तथा नगरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वृक्षारोपण गरिएको जनाइएको छ।

यसै क्रममा सडक डिभाइडरमा यसअघि रोपिएका बिरुवाको संरक्षण गर्दै बाँकी रहेका स्थानमा गोडमेल, झारपात उखेल्ने तथा सरसफाइ गर्ने कामसमेत गरिएको छ। केही स्थानमा गोडमेल तथा सरसफाइ गर्न बाँकी रहेकाले अभियानलाई निरन्तरता दिइने जनाइएको छ।

अभियानअन्तर्गत बिरुवा रोप्ने मात्र नभई तिनको संरक्षण र नियमित गोडमेलमार्फत हुर्काउने प्रयास भइरहेको बताइएको छ। रोपिएका बिरुवाको संरक्षण र नगरलाई स्वच्छ तथा हराभरा बनाइराख्न स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहनेमा जोड दिइएको छ।

अभियानमा सहभागीहरूले दुहबीवासीलाई सडक तथा सार्वजनिक क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण गर्न आग्रह गरेका छन्। विशेषगरी चौपायालाई सडकमा छाडा नछोडी घरमै बाँध्न आग्रह गर्दै नगरलाई हराभरा, स्वच्छ र सुरक्षित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

‘हाम्रो दुहबी, राम्रो दुहबी, हरियाली दुहबी’ भन्ने अभियानलाई निरन्तरता दिँदै नगरका अन्य स्थानमा समेत वृक्षारोपण, गोडमेल तथा सरसफाइका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

३४९ किलो गाँजा बोकेको स्कर्पियो ९५ मिटर तल खस्यो, धनकुटामा एक जना पक्राउधनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिकामा दुर्घटन...
07/10/2026

३४९ किलो गाँजा बोकेको स्कर्पियो ९५ मिटर तल खस्यो, धनकुटामा एक जना पक्राउ
धनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिकामा दुर्घटनामा परेको स्कर्पियोबाट प्रहरीले ३४९ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले घटनास्थल नजिकैबाट एक जनालाई समेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार २०८३ साल असोज २० गते राति करिब ११ः५५ बजे साँगुरीगढी गाउँपालिका–६ स्थित स्काईवाक नजिकैको भित्री सडकखण्डमा ढुंगेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कर्पियो दुर्घटनामा परेको थियो।
दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार स्कर्पियो सडकबाट करिब ९५ मिटर तल खसेर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।
गाडीभित्र बोरा तथा प्याकेटमा लोड गरी राखिएको गाँजा प्रहरीले फेला पारेपछि नापतौल गर्दा ३४९ किलोग्राम रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनाग्रस्त गाडीभित्र भने कोही व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ।
घटनास्थल आसपास शंकास्पद अवस्थामा रहेका मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्दै आएका ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी टंक विश्वकर्माका छोरा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। दुर्घटनापछि ठूलो परिमाणमा गाँजा बरामद भएकाले उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएक...
07/10/2026

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।

दोहोरो जिम्मेवारीमा नरहन सहकारी संघ–संस्थालाई पाँचौँ पटक निर्देशन, ‘निर्देशनको पालना नभएको’ भन्दै पुनः ताकेताकाठमाडौं: स...
07/10/2026

दोहोरो जिम्मेवारीमा नरहन सहकारी संघ–संस्थालाई पाँचौँ पटक निर्देशन, ‘निर्देशनको पालना नभएको’ भन्दै पुनः ताकेता
काठमाडौं: सहकारी संघ–संस्थामा दोहोरो जिम्मेवारीमा नरहन दिइएको निर्देशन कार्यान्वयन गर्न सहकारी रजिष्ट्रारको कार्यालयले पुनः ताकेता गरेको छ। निर्देशन पटक–पटक दिँदा पनि पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै कार्यालयले तत्काल निर्देशन पालना गरी विवरण पठाउन आग्रह गरेको हो।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालय, प्रशासन तथा सहकारी प्रवर्द्धन शाखाले राष्ट्रिय सहकारी महासंघ लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा केन्द्रीय विषयगत सहकारी संघहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
कार्यालयले सहकारी ऐन, २०७४ को दफा ४९ को उपदफा (५) को व्यवस्था विपरीत हुने गरी दोहोरो जिम्मेवारीमा रहेको भन्ने सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त हुँदै आएको जनाएको छ।
पत्रमा सहकारी संघ–संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तको परिपालना गर्ने–गराउने तथा प्रचलित कानुनी व्यवस्थाको पालना गरी सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराइएको छ।
कार्यालयका अनुसार दोहोरो जिम्मेवारीमा नरहन र यदि त्यस्तो जिम्मेवारीमा रहेको भए तत्काल एक तहबाट राजीनामा दिन यसअघि पनि पटक–पटक निर्देशन दिइएको थियो। तर, उक्त निर्देशनको पूर्ण पालना भएको नपाइएको भन्दै पुनः निर्देशन कार्यान्वयन गर्न भनिएको छ।
मिति २०८३/०६/०१ को निर्णयअनुसार सहकारी रजिष्ट्रारको कार्यालयले निर्देशन अविलम्ब कार्यान्वयन गरी त्यसको विवरण कार्यालयमा पठाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सहकारी क्षेत्रमा एउटै व्यक्ति विभिन्न तह वा निकायमा दोहोरो जिम्मेवारीमा रहने विषयमा प्रश्न उठ्दै आएको अवस्थामा कार्यालयको पछिल्लो पत्रले यस विषयमा नियामक निकायको चासो थप स्पष्ट पारेको छ।
पत्रअनुसार यसअघि पनि पटक–पटक निर्देशन दिइसकिएको भए पनि कार्यान्वयनमा समस्या देखिएपछि पुनः निर्देशन जारी गरिएको हो। उपलब्ध विवरणअनुसार यो विषयमा निर्देशन दिइएको पाँचौँ पटक भएको बताइएको छ।

07/10/2026

पशुपतिनाथ प्रवेश प्रकरणमा नयाँ दाबी : सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले उठायो योजनाबद्ध प्रवेशको प्रश्न

इटहरी: पशुपतिनाथ मन्दिरमा मुस्लिम समुदायका एक जोडी प्रवेश गरेको विषयमा विवाद चर्किरहेका बेला उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोले घटनालाई थप चर्चामा ल्याएको छ।

इटहरी निवासी प्रियंका परियार र मुस्लिम समुदायका युवा ओसिम अन्सारीले पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको विषयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा उनीहरूले विभिन्न विषयबारे बोलेका छन्। परियारले अन्सारीसँग विवाह गरेकी हुन्।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोका आधारमा उनीहरू पशुपतिनाथ प्रवेशको विषयलाई लिएर पहिले नै योजना बनाएर अघि बढेको दाबीसमेत गरिएको छ। यद्यपि, उक्त प्रवेश वास्तवमै विवाद सिर्जना गर्ने उद्देश्यले योजनाबद्ध रूपमा गरिएको थियो भन्ने विषयमा सम्बन्धित निकायबाट स्वतन्त्र पुष्टि भइसकेको छैन।

भिडियोमा उनीहरूले पशुपतिनाथ प्रवेश, त्यस क्रममा आफूहरूले अपनाएको प्रक्रिया तथा त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्ना धारणा व्यक्त गरेका छन्।

घटनापछि पशुपतिनाथ मन्दिरको प्रवेशसम्बन्धी व्यवस्था, गैर–हिन्दूलाई प्रवेश निषेध गर्ने प्रचलित नियम र त्यसको कार्यान्वयनबारे समेत प्रश्न उठेका छन्।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियो अहिले व्यापक रूपमा शेयर भइरहेको छ। भिडियोमा व्यक्त गरिएका दाबी र घटनाको वास्तविक उद्देश्यबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा आधिकारिक धारणा आउन बाँकी छ।

हेर्नुहोस्, उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो :

लागू औषध गाँजा बरामदविराटनगर: भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । असो...
07/10/2026

लागू औषध गाँजा बरामद
विराटनगर: भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । असोज २० गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले हतुवागढी गाउँपालिका-९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा सहित आमचोक गाउँपालिका-७ का एकराज मगरलाई नियन्त्रणमा लिएको छ ।
सोही दिन धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-६ स्थित भित्रि सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भईहरको छ । यसै गरी मोरङको जहदा गाउँपालिका-१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

पशुपतिनाथ प्रवेश विवादः प्रियंका र ओसिमलाई इटहरीबाट विमानमार्फत काठमाडौं पठाइयो
07/10/2026

पशुपतिनाथ प्रवेश विवादः प्रियंका र ओसिमलाई इटहरीबाट विमानमार्फत काठमाडौं पठाइयो

इटहरीः पशुपतिनाथ मन्दिरमा मुस्लिम युवकसहित एक जोडी प्रवेश गरेको विषयमा विवाद चर्किएपछि इटहरीबाट नियन्त्रणमा ल....

पशुपतिनाथ प्रवेश विवाद : प्रियंका र ओसिमलाई इटहरीबाट विमानमार्फत काठमाडौं पठाइयो
07/10/2026

पशुपतिनाथ प्रवेश विवाद : प्रियंका र ओसिमलाई इटहरीबाट विमानमार्फत काठमाडौं पठाइयो

पशुपतिनाथ प्रवेश विवादमा इटहरीकी महिला पक्राउ, सांसद ओलीले उठाइन् सुरक्षा व्यवस्थामाथि प्रश्न
07/10/2026

पशुपतिनाथ प्रवेश विवादमा इटहरीकी महिला पक्राउ, सांसद ओलीले उठाइन् सुरक्षा व्यवस्थामाथि प्रश्न

इटहरीः पशुपतिनाथको मुख्य मन्दिरमा गैर–हिन्दु प्रवेश गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएपछि घटनाले नयाँ मोड ...

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Pradesh Portal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradesh Portal:

Shortcuts

Share