10/09/2026
इटहरीमा गोमन सर्पले डस्दा ८ वर्षीया आस्वानाको मृत्यु
इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया आस्वाना चौहानको गोमन सर्पको डसाइबाट मृत्यु भएको छ ।
बुधबार साँझ घरभित्र खेलिरहेका बेला गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको परिवारले जनाएको छ ।
सर्पले टोकेको केही समयसम्म उनले अभिभावकलाई जानकारी नदिएको र स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाबारे थाहा पाएको थियो ।
परिवारले तत्काल उनलाई इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
प्रतिष्ठानमा पीआईसीयू बेड खाली नभएपछि उनलाई थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
साँझ करिब ७ः५० बजे अस्पताल पुर्याइएकी आस्वानालाई चिकित्सकले करिब ८ः१७ बजे मृत घोषणा गरेका थिए ।
बालिकालाई डसेको सर्पलाई स्थानीयले नियन्त्रणमा लिएर बट्टामा राखेका थिए भने पछि सर्प मरेको परिवारले जनाएको छ ।