20/08/2026
पैसाको आशा देखाएर गरिब बाआमालाई अर्को गरिमा चौधरी जन्माउन हौसला नदे सरकार ! 🙏
बा आमाको एउटा असल छोरा
दिदी दाइको असल भाई
बहिनी भाईको असल दाई
यो केवल पारिवारिक सम्बन्ध हो।
एउटा परिवारभित्र बाआमाले छोराछोरीलाई गरिने पारिवारिक व्यवहार र छोराछोरीले आफ्ना अभिभावकलाई गर्ने व्यवहार सद्भाव यो सर्वप्रथम परिवारभित्र बाटै सुरु भएर बाहिर जाने हो।
अब कुरा रह्यो बाहिरको ....
आफ्नो नातागोता इष्टमित्र एवं साथीभाइ र समाजमा कस्तो खालको व्यवहार अवलम्बन गर्ने त?
जब एउटा व्यक्ति परिवारमा राम्रो वातावरणमा हुर्किएको छ भने उसले परिवार र बाहिर पनि उही व्यवहार अवलम्बन गरेका पाइन्छ।
अब हामिले हाम्रो सन्तानलाई सिकाउने संस्कारको बीउ नै पारिवारिक वातावरण रैछ भने , किन नराम्रो बीउ रोप्ने त एउटा सुन्दर परिवार भित्र ?
स-साना बालबच्चा भएको घरमा ,विषेशगरी हुर्कदै गरेका र teenage का नानी बाबुहरु भएको घरमा बाआमाले पनि विशेष संयमता अपनाऔँ। डिजिटल युगमा सबै कुरा सामाजिक सञ्जाल हो तर बालबच्चाका अगाडी सामाजिक सञ्जालमा भेटिएको राम्रा नराम्रा कुरा ( हर्कत) हरुले उनीहरूलाई प्रत्यक्ष रूपमा असर परेको देखिन्छ। सामाजिक सञ्जालमा पश्चिमी देशको प्रत्यक्ष प्रभावले व्यक्तिको दैनिकी र मानसिकता असन्तुलन गराएको छ ।
मैले यो कुरा किन जोडिरहेका छु भने हालै बारा जिल्लाको जीतपुर सिमरामा घटेको जुन घटना सानो नानी (गरिमा चौधरी)को बलात्कार पश्चात् हत्या यो केवल एउटा घटना मात्र घटेको हैन ।यसले समाजमा दिन दिनै घटना घटाउने अपराधिक मानसिकता उजागर गरेको पाइन्छ । एउटा अबोध बालिका जस्लाई आफ्ना बाआमाको स्पर्श र पराई मानिसको स्पर्श छुट्टाउन नसक्ने उमेरमा ललाईफकाई गरी लगेर यो घटना घटाउनु पनि एउटा वयस्क पुरुषमा सामाजिक सञ्जालको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव, पारिवारिक वातावरणको प्रभाव र साथीभाइको संगतको असर होनित ।
आज एउटा बा आमको काख रित्तियो । भोलि पनि अर्को घरमा फेरि यही घटना दोहोरिने छ , किनकि यो पहिलो घटना हैन। देशै भरि ,जिल्ला भरि दिन दिनै शिशु,बालिका, आमा ,हजुरमा ,दिदी ,बहिनी कोही सुरक्षित छैन , कारण के? कानुनको अभाव , पारिवारिक संस्कार अनि पश्चिमाकरण।
यदि कानुन निर्माण र कार्यान्वयन गर्ने हो भने धेरै मात्रामा कमी आउने छन् यस्ता घटनाहरु।
नागरिक जनचेतनाको स्तरोन्नती, सामाजिक सम्बन्ध र व्यवहार , डिजिटल युगमा साधनको सही प्रयोग, सद्भाव , सहिष्णुता , ऐक्यबद्धता यी सबै समाजका अपरिहार्य र व्यक्तिका वैयक्तिक गुणमा झल्किन जरुरी छ ।
पारिवारिक सम्बन्ध र वातावरण नै बालबच्चाको शिक्षाको प्रमुख स्रोत भएको हुँदा हामीले आफ्नो नानिबाबुलाई सकभर समयमै राम्रो बाटोतर्फ अग्रसर गराऔं। साथीभाइको संगत के कसो छ निगरानी राखौं।
कतै नराम्रो बाटो लाग्दैछ भन्ने था भयो भने २ थप्पड लगाउन पनि पछि नपरौं ताकि २ थप्पडले उसका बन्द भएका आँखाले जीवनको असल मार्ग देखोस् ।
राज्य पनि यस्ता विभत्स घटनाहरू भइरहँदा चुप नरहोस् । मानिसले सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक र मानव अधिकारको प्रत्याभूति गर्न पाइयोस् । जनताको आवाज बुलन्द नगरियोस्। सरकारका राम्रा काममा साथ सहयोग र नराम्रा काममा आलोचना गर्ने जनता नै देशका सम्पति हुन्। जनता नै नरहे के हुन्छ? सरकारको के औचित्य रहन्छ र!
घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही होस।
क्षतिपूर्तिको फैसला सुनाएर घटनाको राजनीतिकरण नगरियोस। भलै बा आमा गरिब जनता होलान् तर आफ्नो सन्तानलाई कहिल्यै भोकै मार्दैनन् । पैसाको आशा देखाएर गरिब बाआमालाई अर्को गरिमा चौधरी जन्माउन हौसला नदे सरकार ! 🙏
परिवारजनमा गहिरो समवेदना सहित बा आमालाई सहने शक्ति भगवानले दिनुहोस्। 🥺
Silent Tears
✍️
#यो_आवाज_गरिमा_चौधरीको_लागि
B***n 🇳🇵