Jana Charcha Times

Jana Charcha Times जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि द्धारा संचालित
सुचना बिभाग दर्ता नं. ४४६२
प्रेस काउन्सिल दर्ता नं.४४६६

30/10/2025

मोरङको कानेपोखरी-५ : सचेत नागरिकहरूले चिसाङ खोला बचाउन सचेत गराए

💧 भिडियो स्रोत: सचेत नागरिक

मोरङका युवाहरूको साहसिक यात्रा : दोलखाको ‘च्छो रोल्पा’ सम्म पदयात्राआन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मोरङक...
30/10/2025

मोरङका युवाहरूको साहसिक यात्रा : दोलखाको ‘च्छो रोल्पा’ सम्म पदयात्रा

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मोरङका चार युवाहरूले दोलखाको प्रसिद्ध हिमताल ‘च्छो रोल्पा’ (उचाइ ४५८० मिटर) सम्म सफल पदयात्रा गरेका छन्।

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य र हिमाली संस्कृतिलाई नजिकबाट अनुभव गर्न र देशभित्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यका साथ यो यात्रा तय गरेको बताए।

रोल्वालिङ क्षेत्रको सुन्दर हिमताल च्छो रोल्पा दोलखाको बिगु गाउँपालिकामा पर्छ, जुन नेपालको सबैभन्दा ठूलो हिमतालहरू मध्ये एक मानिन्छ।
यहाँ पुग्नका लागि लामो पदयात्रा, कठिन बाटो र साहस आवश्यक पर्छ।

30/10/2025

मेरा पिक हिमाल सफल आरोहण: नेपाल प्रहरीका नायब निरीक्षक नन्द लाल चौधरीको साहसिक उपलब्धि

ईलाका प्रहरी कार्यालय बेलबारीमा राजीव गिरी प्रमुख नियुक्तमोरङ — ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी निरीक्षक (इन्स्पे...
30/10/2025

ईलाका प्रहरी कार्यालय बेलबारीमा राजीव गिरी प्रमुख नियुक्त
मोरङ — ईलाका प्रहरी कार्यालय बेलबारीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजीव गिरी प्रमुखका रूपमा नियुक्त भएका छन्। यसअघिका कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर खत्रीको कास्कीमा सरुवा भएपछि गिरीले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

प्रहरी स्रोतका अनुसार गिरीले बेलबारी क्षेत्रमा शान्ति सुरक्षा सुदृढ पार्ने र समुदायसँग सहकार्यमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिने बताएका छन्।

मेरा पिक हिमाल सफल आरोहण: नेपाल प्रहरीका नायब निरीक्षक नन्द लाल चौधरीको साहसिक उपलब्धिएल.एन. गच्छदार / सुन्दरहरैंचा नेपा...
30/10/2025

मेरा पिक हिमाल सफल आरोहण: नेपाल प्रहरीका नायब निरीक्षक नन्द लाल चौधरीको साहसिक उपलब्धि

एल.एन. गच्छदार / सुन्दरहरैंचा
नेपाल प्रहरी संगठनका नायब निरीक्षक नन्द लाल चौधरीले सोलुखुम्बु जिल्लामा अवस्थित ६,४७६ मिटर अग्लो मेरा पिक हिमाल सफलतापूर्वक आरोहण गर्दै गौरवको झण्डा फहराएका छन्।

जिल्ला झापा, शिवसताक्षि नगरपालिका–७ लालझोडा निवासी र हाल सुनसरी, इटहरी उपमहानगरपालिका–५ तुलसाटोल बसोबास गर्दै आएका चौधरी थारु समुदायबाट प्रतिनिधित्व गर्ने पहिलो प्रहरी अधिकारी मानिन्छन्, जसले नेपालको झण्डा र नेपाल प्रहरीको झण्डा दुवै हिमालको शिखरमा फहराएर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

उनी हाल इलाका प्रहरी कार्यालय, रानी (मोरङ) मा कार्यरत छन्। चौधरीले लुक्लाबाट करिब १० दिनको कठिन पदयात्रा पार गरी असोज २२ गते बिहान २ बजे आरोहण सुरु गरेर बिहान ६:३० बजे शिखरमा पुग्न सफल भएका थिए।

नेपाल प्रहरीका एक साहसी प्रहरीको रूपमा चौधरीको यो उपलब्धिले सुरक्षा संगठनसँगै सम्पूर्ण थारु समुदाय, सुनसरी–मोरङ–झापा क्षेत्र र समग्र देशकै गर्व बढाएको छ।

इनरुवाका सामाजिक अभियन्ता रोहित चौधरी - "नन्द लाल चौधरीज्यूको यो सफलता केवल व्यक्तिगत उपलब्धि होइन, यो हाम्रो समुदाय र राष्ट्रकै गौरव हो। उहाँले साहस, समर्पण र देशप्रतिको प्रेमको अद्भुत उदाहरण पेश गर्नुभएको छ।”

यो आरोहणले न केवल नेपाल प्रहरीको क्षमता र मनोबललाई उच्च बनाएको छ, बरु युवा पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ।

सम्पूर्ण देशका तर्फबाट प्रहरी नायब निरीक्षक नन्द लाल चौधरीज्यूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना ।

बाढी–पहिरोबीच जनजीवन जोगाउने प्रहरी चौधरी ‘कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी’इलामको माइजोगमाईमा आएको बाढी–पहिरोका बेला ज...
30/10/2025

बाढी–पहिरोबीच जनजीवन जोगाउने प्रहरी चौधरी ‘कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी’

इलामको माइजोगमाईमा आएको बाढी–पहिरोका बेला जनजीवन जोगाउन महत्वपूर्ण भूमिका निभाउने इलाका प्रहरी कार्यालय नयाँबजारका प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

चौधरीले असोज १९ गतेको विपद्‌मा ८ जनाको शव उद्धार, २ सुत्केरी र १ बिरामीको हेलिकप्टरमार्फत उद्धार तथा अवरुद्ध सडक सुचारु गराएका थिए।
त्यसैगरी, उनले स्थानीय सहयोगमा करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामग्री समेत प्रहरी कार्यालयका लागि जुटाएका थिए।

उनको उच्च मनोबल, साहस र जिम्मेवारीपूर्ण कार्यका कारण उनलाई कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो।

30/10/2025

बर्जु ताल : सुन्दरताले भरिएको, तर विकासले पर्खिरहेको ताल…

सुनसरीको हृदयमा बसिरहेको प्राकृतिक सम्पदा — बर्जु ताल।
जलपक्षी, हरियाली र शान्त दृश्यले भरिएको यो तालले हरेक आगन्तुकलाई मोहित बनाउँछ।
तर दुःखको कुरा, यसको विकास अझै पनि “पर्खाइको चिसो पानीमा” ।
स्थानीय रुपेश चौधरी भन्छन् .........

30/10/2025

अन्तर्राष्ट्रिय स्तरमा बेलबारीको पहिचान : “इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२५” प्राप्त गर्ने नगरको पहिलो संस्थागत विद्यालय — डेल्टा इङ्गलिस स्कूल

30/10/2025

थारु संग्राहलय सुन्दरहरैचामा चलचित्र छायाङ्कनका लागी स्थल अवलोकन्।

फुटबल रेफ्री व्यास नगरपालिका-२ निवासी विजय रानाको निधन भएको छ । घरमै लडेर रानाको निधन भएको प्रहरीले जनाएको छ।
30/10/2025

फुटबल रेफ्री व्यास नगरपालिका-२ निवासी विजय रानाको निधन भएको छ । घरमै लडेर रानाको निधन भएको प्रहरीले जनाएको छ।

30/10/2025

सवारी चालकले मापसे गरेर सवारी नचलाऔं! सवारी दुर्घटना न्यूनिकरण , सचेत रहौं।

झापाको मेचीनगर १३  चारआली भद्रपुर रोड क्षेत्रमा पर्ने  हातेमालो सामुदायिक वन जंगलभित्र आगजनी गरिएको अवस्थामा एउटा कार फे...
30/10/2025

झापाको मेचीनगर १३ चारआली भद्रपुर रोड क्षेत्रमा पर्ने हातेमालो सामुदायिक वन जंगलभित्र आगजनी गरिएको अवस्थामा एउटा कार फेला परेको छ । घटनाको छानबीन गर्न प्रहरी टोलि पुगेको र आगो निभ्याइएको जानकारी आएको छ ।
झापामा शिवसताक्षी नगरपालिका वडा नं. १० का ३३ वर्षीय सरोज शर्मा गएको चार दिनदेखि गाडीसहित सम्पर्क विहिन भएका छन्। भेटिएको जलिरहेको गाडी हो भन्ने आशंका गरिएको छ।

Address

Itahari
Itahari

Alerts

Be the first to know and let us send you an email when Jana Charcha Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jana Charcha Times:

Share