16/04/2026
किसानका कथा: रुपन्देही सैनामैनाका ५० वर्षीय हरिहर ज्ञवाली १२ वर्षदेखि कृषीमा सक्रिय हुनुहुन्छ। करिब १६ वर्ष साउदी र मलेसियामा वैदेशिक रोजगारी गरेर फर्किएपछि उहाँले स्वदेशमै केही गर्ने अठोटका साथ कृषी व्यवसाय सुरु गर्नुभयो। सानो रूपमा दूध बेच्दै सुरु भएको यो यात्रा आज दैनिक करिब ३५ लिटर उत्पादनसम्म पुगेको छ। थोरैबाट सुरु भए पनि निरन्तर मेहनत, धैर्य र लगनशीलताले राम्रो आम्दानी गर्दै हुनुहुन्छ र उहाँ भन्नुहुन्छ, “परिवार मिलेर काम गरे कुनै पनि काम सफल हुन्छ, परिश्रमले आफ्नै परिस्थितिअनुसार अघि बढ्न सकिन्छ।” ❤️
Pic & Story. Nischal Gyawali