Nispakshya Khabar

  • Home
  • Nispakshya Khabar

Nispakshya Khabar newspaper

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि  लामीछाने स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्...
01/06/2026

भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामीछाने

स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपाली सँगसमेत संवाद गर्ने रास्वपाले जनाएको छ । रविसँगै श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा पनि भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन...
01/06/2026

गुजरातलाई हराउँदै बेङ्गलुरुले जित्यो आईपीएल क्रिकेटको उपाधि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेङ्गलुरुले जितेको छ । गएराति भएको खेलमा बेङ्गलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले हराएको हो ।

गुजरातले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्यायो । बेङ्गलुरुका विराट कोहलीले अविजित ७५ रन बनाए । गुजरातका रशिद खानले २ विकेट लिए ।

त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । गुजरातका वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए । बेङ्गलुरुका रसिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलवुडले समान २ विकेट लिए ।

योसँगै बेङ्गलुरुले लगातार दुई पटक आईपीएलको उपाधि जितेको छ । गुजरातले भने सन् २०२२ मा उपाधि जितेको थियो । आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो । आईपीएल क्रिकेटमा १० वटा टोली सहभागी थिए ।

२०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।
01/06/2026

२०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।

२०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बुवाआमा दिवस । सन् २०२६ जुन १ तारिख। नक्षत्...

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपकाे सेमिफाइनलमा श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुट...
31/05/2026

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपकाे सेमिफाइनलमा

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटीले गोल गरे ।

याे जीतसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई १–० गोलले हराएको थियो । यस्तै याे समूहबाट भूटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । भूटानले श्रीलङ्कालाई ४–० गोलले हराएको थियो ।

प्रतियोगितामा आजै राति पौने ८ बजे भारत र बङ्गलादेश खेल्दैछन् । याे समूहबाट भारत र बङ्गलादेशले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगिसकेका छन् । याे खेलले समूह विजेता निर्धारण गर्नेछ ।

आठाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिपकाे फाइनल खेल यही जेठ २३ गते हुनेछ ।

भारतले सबैभन्दा धेरै ५ पटक उपाधि जितेको छ भने बङ्गलादेश पछिल्लो दुई संस्करणको विजेता हाे । नेपाल अहिलेसम्म ६ पटक फाइनलमा पुगे पनि अझै उपाधिविहीन छ ।

सुनको भाउ तोलामै २० हजार ५०० रुपैयाँले बढ्योकारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुप...
31/05/2026

सुनको भाउ तोलामै २० हजार ५०० रुपैयाँले बढ्यो

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा २० हजार ५०० सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भ...
31/05/2026

एसियन छनोट: नेपालले चीनलाई २२१ रनले हरायो

एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले चीनलाई रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको थियो । ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९ ओभर दुई बलमा ९२ रन बनाएर अलआउट भएको हो ।

महत्त्वपूर्ण खेलमा चीनविरुद्ध आक्रामक ब्याटिङ गर्दै ओपनर कुशल भुर्तेलले चीनविरुद्ध १६ छक्कासहित ४३ बलमा १२९ रन बनाए ।

नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए । मल्लले पाँच छक्का र आठ चौकाको मद्दतमा ४७ बलमा ८५ रन बनाए भने कप्तान पौडेलले २१ बलमा सात छक्का र पाँच चौकाको मद्दतमा ६९ रन बनाए ।

नेपालका ओपनर आशिफ शेख भने १० बल खेल्दा ११ रन बनाएर आउट भएका थिए । चीनका लागि मा क्वानचेङ र देङ जिनकीले एकएक विकेट हात पारे । अन्य कुनै सबै बलर नेपालसँग चुटिए ।

जवाफी ब्याटिङ गरेको चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाउँदा डु जिनहाउले १७ र टियान सेनकुनले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कसिलो बलिङ गर्दै नेपालका लागि कुशल मल्लले तीन विकेट हात पारे । सन्दीप लामिछाने र सोमपाल कामीले दुईदुई विकेट हात पारेको खेलमा नन्दन यादवले एक विकेट हात पारे ।

31/05/2026

एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको छ ।

एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।
31/05/2026

एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ ।

कुशलल भुर्तेलको शतक प्रहार गर्दा रोहित पौडेल र कुशल मल्लको अर्धशतक एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपा....

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अहमदाबादम...
31/05/2026

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अहमदाबादमा हुँदैछ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच अ.....

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। शुक्रबारे खेलमैदानमा सम्पन्न खेलमा बेलबार...
30/05/2026

चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी भएको छ। शुक्रबारे खेलमैदानमा सम्पन्न खेलमा बेलबारीले पथरी शनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले गर्नुभएको थियो।

Address


Alerts

Be the first to know and let us send you an email when Nispakshya Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nispakshya Khabar:

  • Want your business to be the top-listed Media Company?

Share