Mithila Television

Mithila Television सत्यतथ्य निष्पक्ष समाचार हाम्रो प्रतिबद्धता ।

24/08/2026

औरहीमा ट्राफिक प्रहरीको कडाइ, सवारीसाधन चेकजाँच तीव्र

अग्रगामी मोर्चाका बुद्धिजीवीहरूको भेला सम्पन्न, १५ सदस्यीय समिति गठनअधिकार, समानता, राष्ट्रिय स्वाधीनता र सुशासनका लागि ...
23/08/2026

अग्रगामी मोर्चाका बुद्धिजीवीहरूको भेला सम्पन्न, १५ सदस्यीय समिति गठन

अधिकार, समानता, राष्ट्रिय स्वाधीनता र सुशासनका लागि वैचारिक शक्ति निर्माण गर्ने प्रतिबद्धता

काठमाडौं, अग्रगामी मोर्चामा आबद्ध राजनीतिक दलका बुद्धिजीवीहरूको महत्वपूर्ण भेला आज जनता समाजवादी पार्टी (जसपा) नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। भेलाले अग्रगामी मोर्चाको वैचारिक तथा बौद्धिक अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित १५ सदस्यीय बुद्धिजीवी समिति गठन गरेको छ।

भेलामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीको विशेष उपस्थिति रहेको थियो। भेलामा मोर्चासँग आबद्ध विभिन्न राजनीतिक दल तथा बौद्धिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

भेलालाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको वर्तमान राजनीतिक तथा सामाजिक संकटको निकास खोज्न र नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकारहरूको संरक्षण गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताउनुभयो।

उहाँले अग्रगामी मोर्चामा आबद्ध बुद्धिजीवीहरूको भूमिका केवल सुझाव र सल्लाह दिनेमा सीमित नरहने भन्दै मोर्चाको वैचारिक आधार निर्माण, नीति तथा कार्यक्रम निर्माण र जनताको वास्तविक समस्यालाई राजनीतिक एजेण्डाका रूपमा स्थापित गर्न बुद्धिजीवीहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

यादवले केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म बुद्धिजीवीहरूको संगठन निर्माण गर्नुपर्नेमा जोड दिँदै मोर्चाको संगठनलाई देशव्यापी रूपमा विस्तार गरिने बताउनुभयो। उहाँले मुलुकलाई समृद्धि, सुशासन, सामाजिक न्याय र अधिकारको दिशामा अग्रसर गराउन वैचारिक रूपमा स्पष्ट र संगठित शक्ति आवश्यक रहेको धारणा राख्नुभयो।

सबै उत्पीडित समुदायको एकताबाट वैकल्पिक शक्ति निर्माण : रिजवान अन्सारी

भेलालाई सम्बोधन गर्दै नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक तथा विभिन्न प्रकारका उत्पीडनमा परेका सम्पूर्ण जनताको अधिकारका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताउनुभयो।

अन्सारीले मुलुकका उत्पीडित तथा अधिकारबाट वञ्चित समुदाय र जनताको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आएर अग्रगामी मोर्चा निर्माण गरिएको उल्लेख गर्दै यो मोर्चा क्रमिक रूपमा अझ सुदृढ हुँदै जाने बताउनुभयो।

उहाँले अग्रगामी मोर्चालाई केवल तत्कालीन राजनीतिक सहकार्यका रूपमा नभई नेपाली जनताका लागि दीर्घकालीन राजनीतिक वैकल्पिक शक्ति निर्माण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

अन्सारीका अनुसार आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने दिशामा अघि बढ्ने र दीर्घकालीन रूपमा आबद्ध सबै दलहरूलाई एउटै राजनीतिक शक्तिका रूपमा रूपान्तरण गर्ने लक्ष्यसहित मोर्चा अगाडि बढिरहेको छ।

उहाँले भन्नुभयो, “नेपाली उत्पीडित जनताको राजनीतिक अधिकार, समानता, स्वतन्त्रता, सामाजिक न्याय र सम्मानजनक जीवनको सुनिश्चितताका लागि अग्रगामी मोर्चालाई एउटा बलियो राजनीतिक वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नुपर्छ।”

जनहितविरोधी निर्णय नगर्न सरकारलाई आग्रह

अन्सारीले वर्तमान सरकारले जनहितविरोधी निर्णय गर्न नहुने भन्दै सरकारलाई देश र जनताप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।

उहाँले नेपाली जनताका तत्कालीन मूल सवालहरूमा जनअधिकार, राष्ट्रिय स्वाधीनता, सुशासन, समानता र सामाजिक न्याय प्रमुख रहेको उल्लेख गर्दै यी सवालहरूको सम्बोधन गर्ने उद्देश्यसहित अग्रगामी मोर्चा अघि बढेको बताउनुभयो।

“जनताको अधिकार, राष्ट्रिय स्वाधीनता र सुशासनको सवाललाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” अन्सारीले जोड दिनुभयो, “नेपाली जनताले देखेका समानता, न्याय र सम्मानपूर्ण जीवनका सपनालाई साकार पार्ने राजनीतिक अभियानका रूपमा अग्रगामी मोर्चालाई विकास गर्नुपर्छ।”

उहाँले मोर्चालाई केन्द्रदेखि प्रदेश र प्रदेशदेखि स्थानीय तहसम्म विस्तार गर्नुपर्ने तथा समाजका विभिन्न वर्ग र समुदायसँग सम्बन्धित जनवर्गीय संगठनहरूको समेत अग्रगामी मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

बुद्धिजीवीबाट नीति निर्माणमा महत्वपूर्ण योगदानको अपेक्षा

भेलाले अग्रगामी मोर्चाको आगामी राजनीतिक, वैचारिक तथा संगठनात्मक यात्रामा बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको छ। नवगठित १५ सदस्यीय समितिले मोर्चाको वैचारिक अभियानलाई व्यवस्थित बनाउने, नीति तथा कार्यक्रम निर्माणमा सुझाव दिने, जनताका समस्या र सरोकारलाई अध्ययन गरी राजनीतिक नेतृत्वसमक्ष प्रस्तुत गर्ने तथा देशभर बुद्धिजीवीहरूको संगठन विस्तारमा योगदान गर्ने अपेक्षा गरिएको छ।

भेलामा सहभागीहरूले अग्रगामी मोर्चालाई केवल राजनीतिक दलहरूको गठबन्धनमा सीमित नराखी अधिकार, समानता, सामाजिक न्याय, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय स्वाधीनताको पक्षमा व्यापक जनआधारित वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।

यससँगै अग्रगामी मोर्चाको वैचारिक र संगठनात्मक संरचना केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने अभियानले थप गति लिने विश्वास व्यक्त गरिएको छ। मोर्चाले पछिल्ला दिनमा प्रदेश तथा विभिन्न तहमा संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको सार्वजनिक विवरणहरूले पनि देखाउँछन्।

औरहीमा ट्राफिक प्रहरीको कडाइ, सवारीसाधन चेकजाँच तीव्रमहोत्तरीको औरही नगरपालिका–१ मा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा...
23/08/2026

औरहीमा ट्राफिक प्रहरीको कडाइ, सवारीसाधन चेकजाँच तीव्र

महोत्तरीको औरही नगरपालिका–१ मा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा कडाइ गरेको छ। सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउने तथा सवारी चालकलाई जिम्मेवार बनाउने उद्देश्यले ट्राफिक प्रहरीले नियमित तथा आकस्मिक रूपमा चेकजाँचलाई तीव्रता दिएको हो।
प्र.स.ह. आस पुरन कुमार भारतीको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी टोलीले औरही नगरपालिका–१ क्षेत्रमा सञ्चालन भएका विभिन्न सवारीसाधनलाई रोकेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा चालकले मादक पदार्थ सेवन गरे/नगरेको, मोटरसाइकल चालकले हेल्मेट प्रयोग गरे/नगरेको, सवारी चालक अनुमतिपत्र भए/नभएको तथा चारपाङ्ग्रे सवारीसाधनमा सिटबेल्टको प्रयोग भए/नभएको लगायतका विषयमा निगरानी गरिएको थियो।

प्रहरी टोलीले मोटरसाइकल, बस, ट्र्याक्टरलगायत विभिन्न प्रकारका सवारीसाधनलाई चेकजाँच गरेको जनाएको छ। विशेषगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने, बिना अनुमतिपत्र सवारी चलाउने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने चालकलाई लक्षित गर्दै चेकजाँच गरिएको बताइएको छ।
ट्राफिक नियमको सामान्य उल्लंघनले समेत गम्भीर दुर्घटना निम्त्याउन सक्ने भएकाले चालकलाई नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ। सडकमा सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा चालक तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यस्ता चेकजाँचलाई थप प्रभावकारी बनाउने प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई अनिवार्य रूपमा चालक अनुमतिपत्र साथमा राख्न, मोटरसाइकल चलाउँदा हेल्मेट प्रयोग गर्न, चारपाङ्ग्रे सवारीमा सिटबेल्ट बाँध्न तथा मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ। साथै, सवारी चलाउँदा गति नियन्त्रणमा राखी सडक सुरक्षाका नियम पालना गर्नसमेत अनुरोध गरिएको छ।

नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक सम्पन्नमहोत्तरीको जलेश्वरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक सम्पन्न भए...
22/08/2026

नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक सम्पन्न

महोत्तरीको जलेश्वरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समिति बैठक सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा जलेश्वर नगरपालिका–१ स्थित नगरपालिकाको सभाहलमा शनिबार बैठक बसेको हो।

बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, तीनवटै जिल्लाका प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारी, भन्सार, नापी तथा वन कार्यालयका प्रमुखलगायत करिब ५० जनाको सहभागिता थियो।

त्यसैगरी भारतको सीतामढी जिल्लाका जिल्ला मजिस्ट्रेट तनय सुल्तानिया (IAS), प्रहरी उपरीक्षक अमित रञ्जन (IPS) लगायत भारतीय अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

बैठक बिहान ११ः१५ बजे सुरु भई सीमा क्षेत्रमा देखिएका साझा समस्या, सुरक्षा, सीमा व्यवस्थापन तथा नेपाल–भारतबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ। बैठक दिउँसो २ः०५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

बालिकाको हत्याविरुद्ध बारामा आज पनि सडक अवरुद्ध ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा च...
20/08/2026

बालिकाको हत्याविरुद्ध बारामा आज पनि सडक अवरुद्ध ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहान देखी सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। भने सडक अबरुद्ध र प्रदर्शन आज पनि जारी रहेको छ

पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगञ्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ।

सडक अवरुद्ध भएपछि वीरगञ्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

19/08/2026

मटिहानीको ऐतिहासिक श्री लक्ष्मीनारायण मन्दिरमा झुला महोत्सवबारे विशेष कुराकानी

महोत्तरीको मटिहानीस्थित ऐतिहासिक श्री लक्ष्मीनारायण मन्दिरमा मनाइने परम्परागत झुला उत्सवको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे विश्व हिन्दू परिषद् नेपालका अध्यक्ष जानकीरमन शास्त्रीसँग विशेष कुराकानी गरिएको छ।
कुराकानीका क्रममा झुला उत्सवको धार्मिक महत्व, यसको परम्परा, मन्दिरसँग जोडिएको ऐतिहासिक पक्ष तथा उत्सवलाई व्यवस्थित र भव्य बनाउने विषयमा शास्त्रीले धारणा व्यक्त गर्नुभएको छ।

भिडियो:दिवाकर राय

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभो...
16/08/2026

भक्तपुरको चारदोबाटोमा ग्यासका लागि उपभोक्ताको लामो लाइन लागेको छ। अविरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्।

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष केपी ओली
15/08/2026

चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष केपी ओली

14/08/2026

महोत्तरीमा कडाइका साथ ट्राफिक चेकजाँच

महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित जनकपुरदेखि बलवा जाने सडकखण्डमा प्रहरीले कडाइका साथ ट्राफिक चेकजाँच गरेको छ। प्र.स.नी. विनोद कुमार कुशवाहाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सवारीसाधन तथा चालकहरूको चेकजाँच गरेको हो।

चेकजाँचका क्रममा चालक अनुमतिपत्र, हेल्मेट, सिटबेल्ट, सवारीसाधनका आवश्यक कागजात तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको/नचलाएको लगायतका विषयमा निगरानी गरिएको थियो।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना गराउने तथा यात्रु र चालकको सुरक्षालाई मध्यनजर गर्दै चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालकलाई अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेको छ।

प्रेस विज्ञप्ति
14/08/2026

प्रेस विज्ञप्ति

Address

Jaleshwar
45700

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share