ZERO MILE

ZERO MILE “My aim is to put down on paper what I see and what I feel in the best and simplest way.”

'मजाक' बनेकाे मधेश र कमला पुल: पहिलाे 'मधेश' हाे भने, दाेश्राे - 'कमला पुल' । यहाँ तराई-मधेशका जनता उहीबेला आठमात्र जिल्...
22/11/2025

'मजाक' बनेकाे मधेश र कमला पुल:
पहिलाे 'मधेश' हाे भने, दाेश्राे - 'कमला पुल' । यहाँ तराई-मधेशका जनता उहीबेला आठमात्र जिल्लाकाे मधेश भएदेखिनै मजाक बन्दै आएका छन् । त्यसैले, पहिलाे- मजाक मधेश हाे भने, कमला पुललाई दाेश्राे- मजाक भनिएकाे हाे ।

धनुषा-सिरहा, दुई जिल्ला जाेड्ने तथा देशकै सबैभन्दा पुरानाे हुलाकी सड्कमा पर्ने कमला पुल 'मजाक' बनेकाे छ । बनाईएकाे छ ।

मजाक याे र त्याे अर्थमा भनेर व्याख्या गर्नैपर्दैन् । एक दशक भन्दा बढी समयदेखि निरिक्षणमा मात्र सीमित कमला पुल पुनर्निर्माण नहुँदा स्थानीयलाई बहुत 'दुर्दाशा बा'। स्थानीयहरु भन्छन् - आउँछन्, पैसा बनाउँछन् र जान्छन् ।

भर्खरै जेनजी र तिनका मन्त्री आएर निरिक्षण गरेका छन् । यसपूर्व काे-काे , कतिपटक आए र गएका गए यसकाे हिसाबकिताब नगर्दा नै बेस हुने बुझाई छ । दु:खबा मेटाईदिने काेही भएनन् । सबै बिल्टाैआहरु हुन् भन्ने आक्राेशकाबीच अझैपनि विश्वास कायम राखेका छन् ।

लाज मानाैं र, शीघ्र समाधान दिऔं !!!

सप्ताहव्यापी 'विवाह पञ्चमी' महाेत्सवकाे दाेश्राे दिन शुक्रवार फुलबारी लीला कार्यक्रम सम्पन्न भएकाे छ । भगवान् श्रीराम र ...
21/11/2025

सप्ताहव्यापी 'विवाह पञ्चमी' महाेत्सवकाे दाेश्राे दिन शुक्रवार फुलबारी लीला कार्यक्रम सम्पन्न भएकाे छ । भगवान् श्रीराम र आफ्नाे साथीहरुसंगै रहेकी माता सिताकाे पहिलाे भेट भएकाे त्यस ऐतिहासिक घटनालाई आजकाे दिन पुनःप्रदर्शन गरिन्छ । पहिलाे दिन हिजाे बिहीवार नगर दर्शन भएकाे थियाे ।

नेपाल प्रहरी अस्पतालमा Intrauterine Insemination (IUI)  सेवाबाट जन्मिएको प्रथम बच्चा************************************...
20/11/2025

नेपाल प्रहरी अस्पतालमा Intrauterine Insemination (IUI) सेवाबाट जन्मिएको प्रथम बच्चा
**************************************************************
निःसन्तान दम्पतीको बढ्दो चापलाई मध्यनजर गरी २०८१ साल कार्तिक २७ गतेबाट शुरु गरीएको IUI सेवाको फल स्वरुप २०८२ साल कार्तिक ३० गते नेपाल प्रहरी अस्पतालमा IUI सेवाबाट प्रथम शिशुको जन्म भएको छ ।

Copied from the Official Page of Nepal Police Hospital.

शून्य सरसफाई एवम् स्वच्छता: ठूला-मझाैला काेठाहरु, फिनिसिङ्ग शाैचालयहरु, उस्तै फिनिसिङ्गका झ्याल र ढाेकाहरु, टायल्स-मार्ब...
17/11/2025

शून्य सरसफाई एवम् स्वच्छता: ठूला-मझाैला काेठाहरु, फिनिसिङ्ग शाैचालयहरु, उस्तै फिनिसिङ्गका झ्याल र ढाेकाहरु, टायल्स-मार्बल आदि सुविधाका साथ निर्मित यस्ता भवन प्राय: सबै गाउँ-ठाउँमा ठडि्एकाे बर्षाैं भयाे । टाढाबाट भव्य देखिन्छ । ग्रामीण बस्तीभन्दा केही दूरीमा हुने, खुला ठाउँ र फराकिलाे क्षेत्रफलमा बनेकाे यसकाे नजिक पुग्दा समेत उस्तै सुन्दर आभाष हुनेगरेकाे छ ।

यसभित्र सामुदायिक स्वास्थ्य संस्था र स्थानीय निकायकाे कामकार्वाही सञ्चालित हुन्छ । दैनिकजसाे सेवाग्राहीकाे ओहाेरदाेहाेर त भैहाल्ने नै भयाे । परिसरभित्र घाँसपात चर्दै गरेकाे गाईवस्तु, बाख्राकाे चहलपहल अर्काे सुन्दर पक्ष हाे । ग्रामीण परिवेशकाे यिनै कुराले अझ मनाेरमता थपेकाे हुन्छ ।

यहि भव्यता, सुन्दरता र मनाेरमताका बीच नयन र मस्तिष्कमा कैद गर्न लायक दूरावस्था भनेकाे 'सरसफाई एवम् स्वच्छता' कै हाे । प्रयाेग गर्नैपर्ने तर शाैचालयकाे अवस्था घीनलाग्दाे छ । श्वाँसप्रश्वास थामेर प्रयाेग गरियाे, साथै यिनै नयन र मस्तिष्कले कैद चाहीँ पनि गरियाे । प्रयाेगमा रहेका अन्य काेठाहरु केही मात्र ठीक छ भने प्रयाेगविहीन काेठा त झन् धूलाे र फाेहाेरमय हुने नै भयाे ।

याे केवल एउटा दृष्टान्त हाे । यसले समग्रमा सरसफाई एवम् स्वच्छताकाे ज्यादै खराब अवस्था जनाउँछ । यससम्बन्धी यतिका कार्यक्रम तथा अभियान चलेकाे र चलिरहेतापनि चेतना र जागरुकतामा खासै प्रगति नहुनु/नआउनु/नदेखिनु दु:खद एवम् लज्जास्पद भन्नैपर्छ यहाँ । यस्ताे पनि अकर्मण्यता हुन्छ र? आखिर कहिलेसम्म??

अबिलम्व सुध्रनुपर्छ! ढिला नगरी नमूना एवम् आदर्श व्यवहार प्रस्तुत गर्नैपर्छ !!👍️🙏💐

शुभ भाेर! 🇳🇵💐https://youtu.be/1zX82HUC3MQ?si=YzpuSL06pnjRkE4q
17/11/2025

शुभ भाेर! 🇳🇵💐
https://youtu.be/1zX82HUC3MQ?si=YzpuSL06pnjRkE4q


Unveiling the heartbeat of Janakpur Bolts! Presenting our official anthem – a melody of passion, pride, and power. The song that we'll keep chanting. Until t...

16/11/2025

पुन:श्च👉️: मिथिला, मैथिली, सीता, जानकी, रामायण लगायत पाैराणिक, ऐेतिहासिक, धार्मिक, सांस्कृतिक, गरिमामयी, पूजित नाउँमा सञ्चालित हाेटेल एवम् रेष्टुराँले 'मासु-मदिरा-अन्य' तताएकाे छ । पस्केकाे छ । निःसंकाेच, बढ्दाे छ ।
यस स्थितिकाे स्पष्ट एवम् गहिराे ज्ञान, जागरुकता र समझदारी हुँदाहुँदै मजबूती तथा स्थायित्व रहनु निश्चित रूपमा अनपेक्षित ठान्नुपर्दछ । फेरि पनि ध्यान तान्न सकाेस् र सुधार हाेस् ।🥁🔊👍️

पुन:श्च👉️: श्री जानकि मन्दिरकाे परिसरभित्र चारपाङ्रे सवारी 🚙 पार्किङ्ग भई बस्नु अनुचित नै हाे नि? यधपि उचित बुझेर पार्कि...
15/11/2025

पुन:श्च👉️: श्री जानकि मन्दिरकाे परिसरभित्र चारपाङ्रे सवारी 🚙 पार्किङ्ग भई बस्नु अनुचित नै हाे नि? यधपि उचित बुझेर पार्किङ्ग हुन्छ । बारम्बार ध्यानाकर्षणमा गएकाे अति महत्वकाे याे विषय मननयाेग्य नहुँदा जसकाे तस् रहेकाे स्पष्ट देखिन्छ । अत: यसलाई सम्भव बनाउन सकिएकाेमा, साथै कायम रहेकाे प्रति समेत लज्जाबाेध नहुनु दुःखद छ!! जानकी माताकाे आशीर्वाद लागाेस् 🙏🙏





Janakpurdham: मधेश प्रदेशमा राजनीतिक उथलपुथल र चाैपटताका बीच धनुषाकाे मिथिला बिहारी न.पा वडा् नं. ९ का  वडाध्यक्षमाथि गा...
14/11/2025

Janakpurdham: मधेश प्रदेशमा राजनीतिक उथलपुथल र चाैपटताका बीच धनुषाकाे मिथिला बिहारी न.पा वडा् नं. ९ का वडाध्यक्षमाथि गाेली दागेर हत्या गर्ने जिल्लामै कार्यरत एक प्रहरी हबल्दारलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रदेशमा हाल अशान्ति एवम् असुरक्षाकाे स्थिती बन्दै गएकाेमा प्रदेशबासी चिन्तित छन् । 😥

13/11/2025

मधेश प्रदेशमा सात दल माथि एक उखान टुक्के भारी भएकै हुन् त?

04/11/2025

मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा स्वास्थ्यकर्मीहरुकाे अनवरत आन्दाेलन:
"१० हजारमा चल्दैन, श्रम शाेषण बन्द गर, हाम्राे माग पूरा गर" नाराबाजी गर्दै आजपनि स्वास्थ्यकर्मीहरु सड्क आन्दाेलनमै छन् । अति जायज मागप्रति सुनुवाई प्रगति नदेखिएकाे गुनासाेका बीच निजी शैक्षिक संस्था/विधालयहरुमा श्रम शाेषितहरुले समेत यस आन्दाेलनलाइ नजिकबाट नियालिरहेकाे बुझिएकाे छ ।

Address


Telephone

+9779849670182

Website

Alerts

Be the first to know and let us send you an email when ZERO MILE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ZERO MILE:

  • Want your business to be the top-listed Media Company?

Share