शहिदनगर धनुषा

शहिदनगर धनुषा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शहिदनगर धनुषा, Media/News Company, Janakpur.

15/10/2025

आफ्नो गाउँ आफैं बनाउँदा यस्तो पो हुन्छ!
हेर्नुहोस् — सहिदनगर नगरपालिका वार्ड नं. १, बलाबाखरमा “सचेत युवा समूह” द्वारा गरिएको सरसफाइ अभियानका क्रममा जब सार्वजनिक स्थलमा राखिएका निजी सामानहरू हटाउन लागियो,त्यही सामान राख्ने व्यक्तिले यस्ता व्यवहार गरेका छन्। 😔 सार्वजनिक स्थान सबैको साझा सम्पत्ति हो, त्यसको सरसफाइमा सबैले सहयोग गर्न आवश्यक छ। 🌱

05/10/2025

#यदुकूहाजनकपुर सडकखण्ड अन्तर्गत झिटकहिया पौडेश्वरको बीचमा रहेको जमुनी नदीमा पानीको बहाब बढेकोले पुलको दुबै पट्टि कटान भएर सडक भाँसिएको छ।सडक कटान भएपछि बाटो अवरुद्ध गरिएको छ।
भिडियो :-जित नारायण मुखिया

02/10/2025

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर : बिग्रिएको मेसिन, ७ करोडको टेन्डर र भ्रष्टाचारको आरोप

जनकपुरधाम –
प्रदेश २ (मधेश प्रदेश) भित्रको केन्द्रीय महत्वको संस्था प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुर फेरि एक पटक विवादमा परेको छ। यसपटकको विवाद सामान्य छैन—वर्षौँदेखि प्रयोगमै नआएका, प्राविधिक रूपमा बिग्रिएका प्रयोगशाला मेसिनहरूका लागि ७ करोड रुपैयाँ बराबरको रि–एजेण्ट खरिद प्रक्रिया अघि बढाइएको गम्भीर आरोप सार्वजनिक भएको छ।

खेल कसरी सुरु भयो?
सूत्रहरूका अनुसार, यो प्रक्रिया कुनै साधारण निर्णय होइन। यसमा प्रदेश स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंह कोइरी, प्रयोगशालाका प्रमुख कुमार मृत्युञ्जय प्रसाद, र जनकपुरकै चर्चित मेडिकल व्यवसायी (मेडिकल माफिया) विशाल पण्डितबीच आर्थिक लाभको लागि सेटिङ्ग गरिएको बताइएको छ।

सामान्यतया करिब १ करोड रुपैयाँ लागत लाग्ने रि–एजेण्ट खरिदलाई ७ करोड रुपैयाँसम्मको टेन्डर प्रक्रिया बनाइएको छ । प्रयोगमा नआउने मेसिनका लागि रि–एजेण्ट खरिद गर्ने निर्णयले यसलाई “बजेट हिनामिना गर्ने सुनियोजित प्रयास” भन्दै आलोचना गरिएको छ।

प्रयोगशालाको वास्तविक अवस्था प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा अहिले थुप्रै मेसिनहरू वर्षौँदेखि थन्क्याइएका छन् । यीमध्ये कतिपय मेसिनमा आवश्यक पार्टपुर्जा नै छैनन्। कतिपय मेसिन प्राविधिक रूपमा काम गर्न अयोग्य अवस्थामा पुगेका छन् । बिरामी सेवाग्राहीहरू प्रयोगशालाबाट सेवा लिनुको सट्टा निजी मेडिकल वा अस्पतालमा जान बाध्य छन्। अर्थात्, न परीक्षण सम्भव छ, न दैनिक सेवा प्रवाह नियमित छ।

भ्रष्टाचारको शृङ्खला?
स्थानीय स्रोतहरूले यसलाई “नीतिगत रूपमा भ्रष्टाचार गर्ने सुनियोजित शृङ्खला” भन्दै आरोप लगाएका छन्।
यसमा तीन तहको संलग्नता देखिन्छ :
राजनीतिक तह — मन्त्रीस्तरमै संरक्षण र अनुमोदन।
प्रशासनिक तह — प्रयोगशाला प्रमुखद्वारा खरिद प्रक्रिया अघि बढाउने काम।
व्यावसायिक तह — मेडिकल व्यवसायी (माफिया) मार्फत आपूर्तिकर्ता तय गर्ने।

यो संयन्त्र मिलेर राज्यको करिब ६ करोड रुपैयाँ बराबरको अतिरिक्त भार प्रयोगशालामा हाल्ने तयारी भइरहेको देखिन्छ।
जनस्वास्थ्यमा असर
यो विवादले गम्भीर प्रश्न उठाएको छ—जनकपुर प्रयोगशाला मात्र होइन, प्रदेशका हरेक नगरपालिका, गाउँपालिकामा जडान गरिएका मेसिनहरू कस्तो अवस्थामा छन्?
ती मेसिनहरूबाट वास्तविक परीक्षण सेवा हुन्छ कि छैन? दैनिक कति बिरामीले सेवा लिन्छन्, र तिनको तथ्याङ्क सार्वजनिक गरिएको छ?
यदि प्रयोगमै नआउने मेसिनका लागि करोडौँ खर्च गर्ने चलन रोकिएन भने, जनस्वास्थ्यमा सुधार भन्दा पनि भ्रष्टाचारको दलदल अझै गहिरिने खतरा रहेको विज्ञहरूको चेतावनी छ।
छानबिनको माग :-
स्थानीय नागरिक समाज, स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरूले तत्काल : खरिद प्रक्रिया रोक्न
स्वतन्त्र छानबिन समिति गठन गर्न
प्रयोगशालाको वास्तविक अवस्था सार्वजनिक गर्न माग गरेका छन्।

02/10/2025

शहिदनगर नगरपालिका वार्ड नं.१ मेयर साहेब के वडा 🙏
भिडियो Birendra Yadav

16/09/2025

हे भगवान शहिदनगर शिक्षकको नाम बदनाम !😭😭
अधारभुत विद्यालय डुमरिया, शहीदनगर-८
का शिक्षक अशोक कुमार बनरैत यादव
जनकपुर भन्सार कार्यालयबाट लुटिएका
लत्ताकपडा बोकेर लैजाने क्रममा फेला !
👉 शिक्षा दिने व्यक्तिबाट यस्ता आपराधिक गतिविधि हुनु अत्यन्तै दुःखद र लज्जास्पद कुरा हो।😭😭

11/09/2025

आब कहु मन केहन करैय !

05/08/2025

शहिदनगर नगरपालिकामा मल वितरणमा व्यापक अनियमितता !

शहिदनगर नगरपालिका, धनुषाका विभिन्न वडाहरूमा किसानहरूको लागि आएको मल–खाद वितरण प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ। सरकारी अनुदानमा आएको मल किसानलाई नदिइ, निश्चित बिक्रेताहरूले आफ्नै मनोमानी तरिकाले बिक्री वितरण गरेका छन्।

विश्वसनीय स्रोतअनुसार, मल वितरणको जिम्मेवारीमा रहेका केही स्थानीय पदाधिकारी, उप–मेयर सहित,ले बिक्रेताबाट कमिसन लिएर मल वितरणमा भ्रष्टाचार गरेको गुनासो छ। यसले गर्दा स-साना कृषकहरू बिचल्लीमा परेका छन् भने दलाल र व्यापारीको गुट लाभान्वित भएको छ।

यस प्रकारको गम्भीर आर्थिक अनियमितता र किसानप्रति गरिएको धोखा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनु आवश्यक छ। स्थानीयले बताए ।

कृषकहरूका हक–अधिकार सुरक्षित गरौं।

पुर्व मेयर बरबरियाको समाजिक काममा सक्रियता बढदै । धनुषाको सहिदनगर नगरपालिका-८ डुमरिया देखि कमलपुर सडकको कालोपत्र काम हुद...
27/07/2025

पुर्व मेयर बरबरियाको समाजिक काममा सक्रियता बढदै । धनुषाको सहिदनगर नगरपालिका-८ डुमरिया देखि कमलपुर सडकको कालोपत्र काम हुदैछ । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्प कमल दहाल ( प्रचण्ड )ले योजना समावेश गराइएको पुर्व मेयर उदय कुमार यादव बताउँछन् ।

27/07/2025

धनुषाको यदुकूहास्थित टेम्पो दुर्घटना, आधा दर्जन बढी घाईते !

27/07/2025

धनुषा खेतमा धाँजो फाटेपछि किसानहरू पीडामा, धमलाले यसरी देखाए

27/07/2025

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when शहिदनगर धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शहिदनगर धनुषा:

Share