Lok Aawaj

Website

Lok Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lok Aawaj, News & Media Website, Bhanu chauk, Janakpur.

01/10/2026

आज बिहीबार बेलुका ५बजे जनकपुरधाम को स्टेशन एरिया मा लाग्ने बजारमा अरु दिनको तुलनामा अत्याधिक भीडभाड थियो। तरकारी तथा जितिया पर्वका लागि सामग्री किन्न यति धेरै भीड थियो।

काठमाडौं । सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहाय...
29/09/2026

काठमाडौं । सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकारसहित ६ निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

यी हुन् आजका निर्णय
– अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

– पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरु तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने।

– पशु स्वास्थ्य तथा मासु जाँच ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

– संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
– अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

– नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री आभास श्रेष्ठ कर्णेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने।

कांग्रेसको १५औँ महाधिवेशनमा झण्डै ४४ हजार युवा पदाधिकारी, एक लाखभन्दा बढी प्रतिस्पर्धामा,
29/09/2026

कांग्रेसको १५औँ महाधिवेशनमा झण्डै ४४ हजार युवा पदाधिकारी, एक लाखभन्दा बढी प्रतिस्पर्धामा,

27/09/2026

धनुषाको मिथिला नगरपालिका-११ आँपगाछी टोलमा पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किनुभएको छ। संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र ...
26/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किनुभएको छ।
संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्कनु भएको छ।
उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वागत गर्नुभयो । प्रधानमन्त्रीलाई स्वागत गर्न उहाँसँगै गृहमन्त्री सुधन गुरुङ र संस्कृति,पर्यटन तथा नागरिक उड्यायन मन्त्री खडकराज पौडेल सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाह गत मंगलबार न्युयोर्क प्रस्थान गर्नुभएको थियोे।

25/09/2026

संयुक्त राष्ट्र महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन।।।

महोत्तरीमा राजस्व चुहावट रोक्न सीमा नाकादेखि बजारसम्म निगरानी बढाइने,
23/09/2026

महोत्तरीमा राजस्व चुहावट रोक्न सीमा नाकादेखि बजारसम्म निगरानी बढाइने,

News Portal

चिकित्सकमाथि हातपात गर्ने टिक टक स्टार सुधिरा मुखिया सहित दुई जना  पक्राउ ।
21/09/2026

चिकित्सकमाथि हातपात गर्ने टिक टक स्टार सुधिरा मुखिया सहित दुई जना पक्राउ ।

20/09/2026

भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ११ टन राहत सामग्री पठाएको छ।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शनिबार सामाजिक सञ्जालमार्फत नेपाललाई थप राहत सामग्री पठाइएको जानकारी दिएका हुन्।

भारतबाट पठाइएको पछिल्लो राहत सामग्रीमा औषधि, फोरेन्सिक सामग्री, टेन्ट, हाइजिन किट, स्लीपिङ ब्याग तथा अन्य अत्यावश्यक सामग्री रहेकाे बताइएको छ।

सो सामग्री भारतीय वायुसेनाको सैन्य विमानमार्फत नेपाल पठाइएको हो।

जयशंकरले नेपाललाई थप ११ टन राहत सामग्री पठाइएको उल्लेख गर्दै नेपालको पुनःस्थापनामा भारतले निरन्तर सहयोग गरिरहने बताएका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार पछिल्लो खेपसँगै नेपालका लागि भारतले १३० टनभन्दा बढी राहत सामग्री उपलब्ध गराइसकेको छ।

यस्तै विपदलगत्तै भारतले उद्धार, राहत तथा फोरेन्सिक कार्यमा सहयोग सुरु गरेको थियो। उद्गधारका लागि ५४ जना विशेषज्ञ समेत पठाएको थियो ।

Address

Bhanu Chauk
Janakpur

Alerts

Be the first to know and let us send you an email when Lok Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share