Akhabar

Akhabar ताजा खबर, सत्य सूचना 📰
देशदेखि विश्वसम्मका मुख्य समाचार
📍नेपाल | 🌐 Digital News Platform

17/08/2026

Ramanand Chowk, the heart of Janakpur Ward 8, is now a dangerous hazard. Waterlogging and potholes cause daily accidents, yet local authorities shift blame instead of taking action. Who is accountable for the lives at risk?

16/08/2026

जनकपुरधाममा झुलन महोत्सव सुरु

मिथिलाको सांस्कृतिक नगरी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा परम्परागत 'झुलन महोत्सव' हर्षोल्लासका साथ सुरु भएको छ। साउन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमासम्म चल्ने यो महोत्सव मिथिला संस्कृतिमा विशेष महत्व राख्दछ।

15/07/2026

मिटरब्याज पीडितलाई उठिबास गराउने मुद्दा तत्काल रोक्न र हडपिएको जग्गा फिर्ता गर्न सांसद अधिकारीको माग.....

1)प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी (आचार्य) ले मिटरब्याज पीडितहरूको आन्दोलन र उनीहरूको दयनीय अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

2) विपन्न नागरिकहरू न्यायका लागि पटक-पटक सडकमा आउनुपर्ने, सयौँ किलोमिटर पैदल हिँड्नुपर्ने र सडकमै रात बिताउनुपर्ने बाध्यता अझै अन्त्य नभएकोमा उहाँले रोष प्रकट गर्नुभयो। सरकारसँग पटक-पटक सहमति भएर कानुन बने पनि ती सहमतिहरू कागजमै सीमित रहँदा 'भुइँ मान्छे' हरूको अवस्थामा कुनै सुधार नआएको उहाँको भनाइ छ।

3) धनुषा लगायतका जिल्लाहरूबाट पुनः ५०० भन्दा बढी मिटरब्याज पीडितहरू न्याय नपाएसम्म घर नफर्कने अडानसहित पैदल यात्रामा निस्किएको विषयलाई उठान गर्दै उहाँले यो सामान्य लेनदेन मात्र नभई राज्यको न्याय प्रणालीमाथिको गम्भीर प्रहार भएको उल्लेख गर्नुभयो।

4) मिटरब्याज पीडितहरूलाई उठिबास गराउने खालका सबै कानुनी मुद्दाहरू तत्काल रोक्का गरियोस्।

5) जालसाजी गरेर हडपिएका जग्गाजमिन फिर्ता गराउनका लागि ठोस र स्थायी कानुनी संयन्त्र तत्काल बनाइयोस्।

6) निमुखा र पीडित नागरिकहरूको आँसु पुछ्ने काम राज्यले यथाशीघ्र गरोस्।

15/07/2026

सिराहा गोलबजार घटना: देशभर सार्वजनिक स्थलको सुरक्षा अडिट र दोषीमाथि कारबाहीको माग..
गोलबजारमा खाल्टोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन नावालक बालबालिका—सवनम खातुन, रुविना खातुन र सैफुल शेखको असमयिक निधन भएकोमा दुःख व्यक्त गर्दै उहाँले यो घटना केवल एक परिवारको पीडा मात्र नभई स्थानीय तहको लापरवाही र कमजोर पूर्वाधारको गम्भीर सङ्केत भएको बताउनुभयो।

15/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले प्रतिनिधि सभामा नेपालको स्वास्थ्य क्षेत्र, विशेष गरी क्यान्सर रोगको उपचार र औषधि अभावको गम्भीर अवस्थालाई लिएर अत्यन्तै संवेदनशील र जनतासँग जोडिएको मुद्दा उठाउनुभएको छ।

15/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सिर्जना श्रेष्ठले प्रतिनिधि सभामा नेपालको सरकारी विद्यालयहरूमा डिजिटल शिक्षाको अवस्था र कम्प्युटर शिक्षकको दरबन्दी नहुँदा देखिएको विडम्बनाका बारेमा निकै महत्वपूर्ण आवाज उठाउनुभएको छ।

10/07/2026

संसदमा भावुक बने गृहमन्त्री!
राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनको विषयमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री सुधन गुरुङ भावुक भएका छन्। विशेष समय लिएर बोल्दै गर्दा उनी केहीबेर बोल्नै नसकी स्तब्ध देखिएका थिए।

गरिबी र जनचेतनाको अभावको फाइदा उठाउँदै तस्करहरूले उनीहरूलाई प्रति डोनेशन ३० हजार देखि ६० हजार भारतीय रुपैयाँ सम्मको प्रल...
05/07/2026

गरिबी र जनचेतनाको अभावको फाइदा उठाउँदै तस्करहरूले उनीहरूलाई प्रति डोनेशन ३० हजार देखि ६० हजार भारतीय रुपैयाँ सम्मको प्रलोभन देखाई उत्तर प्रदेशको बाटो हुँदै दिल्ली पुर्याउने नयाँ शैली (मोडस अपरेन्डी) अपनाइरहेका छन्।तस्करहरूले ....
://www.akhabar24.com/2026/07/05/trafficking-of-tharu-community-girls-from-nepal-to-india-for-illegal-egg-donation/

२१ असार कञ्चनपुर/कैलाली: नेपालका सिमान्तकृत तथा विपन्न क्षेत्रका युवतीहरूलाई प्रलोभनमा पारेर भारतमा गैरकानूनी ...

देशका विभिन्न स्थानमा बालिका तथा महिलालाई जबरजस्ती करणी गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जना...
05/07/2026

देशका विभिन्न स्थानमा बालिका तथा महिलालाई जबरजस्ती करणी गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापा, म्याग्दी र कपिलवस्तुमा भएका यी घटनाका......

काठमाडौँ, २१ असार (२०८३) । देशका विभिन्न स्थानमा बालिका तथा महिलालाई जबरजस्ती करणी गरेको छुट्टाछुट्टै घटनामा संल.....

स्वास्थ्यमा सिधा विष: जरिवानाले मात्र पुगेन, पटक–पटक कानुन मिच्ने जनकपुरको ‘हंसराज डेरी’ लाई जेल चलान किन नगरिएको ?....(...
04/07/2026

स्वास्थ्यमा सिधा विष: जरिवानाले मात्र पुगेन, पटक–पटक कानुन मिच्ने जनकपुरको ‘हंसराज डेरी’ लाई जेल चलान किन नगरिएको ?....(बाँकी समाचार कमेन्ट बोक्समा)

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Akhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share