Tarai Patra

Tarai Patra दर्ता न.- ३१९६९६/०७९/०८०

19/05/2026

मलंगवाको होस्पिटल संचालक गुणेस्श्वर झाले थर्काए पत्रकार , महासँघले गर्‍यो कार्वाहीको माग

18/02/2026

मधेसमा अपार रोजगारीको सम्भावना छ - गगन थापा

बिधुत प्राधिकरण सर्लाहीको लापरबाहीका कारण रामनगर गाउँपालिकका ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य छन।गाउँपालिकाको महादेव टोल...
05/01/2026

बिधुत प्राधिकरण सर्लाहीको लापरबाहीका कारण रामनगर गाउँपालिकका ३ सय घरधुरी अध्यारोमा बस्न बाध्य छन।

गाउँपालिकाको महादेव टोलका ३ सय घरधुरीका बासिन्दा २ दिन देखि अध्यारोमा बस्न बाध्य छ्न। बिधुत ट्रान्सफर सर्ट भैइ पडकिदा त्यहाँ बति अवरुद्ध भएको बुझिएको छ।

बिधुत भार बढी र ट्रान्सफर क्षमता कम र सडक भन्दा ५/६ फिटकै उचाईमा टार झुन्डिएको कारण पटक /पट्क सर्ट भई ट्रान्सफर पडकिने समस्या आईरहन्छ। रामनगर -३ का वडा अध्यक्ष अजय यादवका अनुसार २ दिन देखि बिधुत कर्मचारीलाई यस समस्याबारे अवगत गराउदा पनि कुनै सुनवाइ नभएको बताएका हुन। आज बेलुका सम्म प्राधिकरणका कर्मचारी , हाकिमलाई कयौ पटक फोन गर्दा पनि फोन रिसिभ नभएको गुनासो गरेका हुन।

प्रमु साह पनि चुनाव न लडन पाउने लिस्टमा
31/12/2025

प्रमु साह पनि चुनाव न लडन पाउने लिस्टमा

रवि-बालेन सम्झौताका ७ बुँँदा
28/12/2025

रवि-बालेन सम्झौताका ७ बुँँदा

बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले चिसोबाट प्रभावित ४७० गरिब तथा विपन्न समुदायका परिवारलाई शनिबार क...
28/12/2025

बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले चिसोबाट प्रभावित ४७० गरिब तथा विपन्न समुदायका परिवारलाई शनिबार कम्बल वितरण गरेका हुन।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलङ्गवा , Save the children को सहयोग र बलरा नगरपालिकाको समन्वयमा बलरा नगरपालिका वार्ड न ४,६ र ९ का ४७० गरिब विपन्न परिवारहरुलाई कम्बल वितरण गरिएको हो।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहत महसुस गरेका छन् ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने नगर प्रमुख कुश्वाहाले बताए ।

अत्याधिक चिसो र शीतलहरका कारण दैनिक ज्यालादारी गर्नेहरु समस्यामा परेका छन् भने वृद्धवृद्धा तथा बालबालिकाहरु जोखिममा रहेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने गरेका छन् ।

26/10/2025

रामनगर-३ का वडा अध्यक्ष अजय यादवद्वारा No bridge No Road No Vote अभियानको घोषणा

उपचारत जेन्जी युवा तथा स्वास्थ्यकर्मीहरु लाई अस्पतालमै विजयादशमीको टिका लगाएर दशैँ मनाउदै आसिका तामाङ । ❤️
02/10/2025

उपचारत जेन्जी युवा तथा स्वास्थ्यकर्मीहरु लाई अस्पतालमै विजयादशमीको टिका लगाएर दशैँ मनाउदै आसिका तामाङ । ❤️

वीरगन्ज मेलामा युवाको मृत्यु , पहिचान खुल्योवीरगन्ज, १५ असोज – वीरगन्जमा लागेको दशैं मेलामा मंगलबार राति युवाहरूबीच भएको...
01/10/2025

वीरगन्ज मेलामा युवाको मृत्यु , पहिचान खुल्यो

वीरगन्ज, १५ असोज – वीरगन्जमा लागेको दशैं मेलामा मंगलबार राति युवाहरूबीच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) रहेका छन्। मृतकका बुबा हिन्दु र आमा मुस्लिम भएको प्रहरी स्रोतले जनाएको छ। कानु पेशाले ई–रिक्सा चालक थिए।

मंगलबार राति करिब १२ बजे माईस्थान–गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद भई कुटाकुट भएको थियो। सो क्रममा कानुलाई बाँसले प्रहार गरिएको प्रहरीले बताएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, यो ग्याङ फाइट नभई एक व्यक्तिलाई लक्षित गरेर भएको आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

सर्लाहीको बरहथवा नगरपालिका–८, टाडीमा समाचार संकलनको क्रममा उज्यालो पहरा मिडियाका संचालक तथा पत्रकार जितेन्द्र कुशवाहालाई...
28/09/2025

सर्लाहीको बरहथवा नगरपालिका–८, टाडीमा समाचार संकलनको क्रममा उज्यालो पहरा मिडियाका संचालक तथा पत्रकार जितेन्द्र कुशवाहालाई इलाका प्रहरी कार्यालय बरहथवाका असई राजेश प्रसाद यादवले धम्की दिएका छन्।
असाेज ११ गते दिउँसो करिब ३ बजे पत्रकार कुशवाहाले प्रहरी चढेको मोटरसाइकलमा अगाडिको नम्बर प्लेट नभएको देखेपछि फोटो खिचेका थिए। सोही क्रममा असई यादव र साथमा रहेका प्रहरी जवानले फोटो डिलिट गर्न दबाब दिँदै धम्की दिएका थिए। घटनाको क्रममा मोबाइल फोन खोस्ने प्रयास समेत भएको तर स्थानीयवासीहरू भेला भएपछि शारीरिक आक्रमण हुन नसकेको पीडित पत्रकार कुशवाहाले बताए।
पत्रकार कुशवाहाका अनुसार असई यादवले “तँ जस्तो धेरै पत्रकार छन्, जो मसँग काम गर्छन्। तँ फोटो खिचेर के गर्न सक्छस्? कसलाई सोधेर खिचिस?” जस्ता आक्रमणात्मक शब्द प्रयोग गर्दै धम्की दिएका थिए। साथै, “फोटो खिच्ने सौख छ भने गएर पालिकासँग गाडी मागिदे, त्यसपछि फोटो खिच” भन्दै सार्वजनिक अपमान गरेको समेत आरोप छ।

कुशवाहाले भने, “कानुनको रक्षक नै भक्षक बनेपछि आम नागरिकले के सिक्छ? के कानुन सर्वसाधारणका लागि मात्र हो? प्रहरीको वर्दी लगाएको मान्छेले जे पनि गर्न पाउने हो?” भन्दै गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार, बरहथवामा रहेको ट्राफिक प्रहरीले साधारण नागरिकलाई मात्र नियम देखाउने तर प्रहरी स्वयंले उल्लंघन गर्ने गरेको देखिदैन्।
यस घटनाप्रति पत्रकार कुशवाहाले पत्रकारिता पेशा र अभिव्यक्ति स्वतन्त्रतामाथि ठूलो धक्का पुगेको बताएका छन्। साथै, उनले पत्रकार महासंघ सर्लाही शाखालाई पत्रकारको पेशागत सुरक्षा, स्वतन्त्रता र अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न आग्रह गरेका छन्।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Tarai Patra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share