Dalan News

Dalan News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dalan News, Media/News Company, madhesh, Janakpur.

नेपाल लगायत विश्व भरिको राजनीति, आर्थिक, समसामयिक घटना क्रम, विज्ञान प्रविधिक, खेल र मनोरञ्जनको समाचार "Dalan News" द्वारा कलेक्टिभ न्युजरूमको तर्फ बाट प्रकाशित सत्य तथ्य विश्वसनीय सामाचारका लागि हामीलाई follow गर्नु होस्🙏🙏🙏🙏

27/08/2026

रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।

अत्यन्त जरुरी सूचनाभदौ १० गते दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखु...
26/08/2026

अत्यन्त जरुरी सूचना

भदौ १० गते दिउँसो १:३० बजे चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेको हुँदा भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै छ।

अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहनुहुन सबैमा अनुरोध छ।

— जल तथा मौसम विज्ञान विभाग

26/08/2026

ब्राजिलमा सानो विमान आकाशमै आगो लागेर जमिनमा खस्यो, पाइलटको ज्यान जोगियो
ब्राजिलमा एउटा सानो विमान आकाशमै आगो लागेपछि नियन्त्रण गुमाउँदै जमिनमा खसेर विस्फोट भएको दृश्य सार्वजनिक भएको छ।
विमान जमिनमा बजारिँदा ठूलो आगोको मुस्लो र धुवाँ देखिएको थियो। घटनाका बाबजुद विमानका पाइलट भने जीवितै उद्धार हुन सफल भएका छन्।

26/08/2026

रसुवामा आएको भीषण बाढीको डरलाग्दो दृश्य !

पृथ्वी राजमार्ग, मुग्लिन -नारायणगढ सडक र गल्छी- नुवाकाेट-रसुुवा सडकमा सवारी चलाउन राेक्ने निर्णय
26/08/2026

पृथ्वी राजमार्ग, मुग्लिन -नारायणगढ सडक र गल्छी- नुवाकाेट-रसुुवा सडकमा सवारी चलाउन राेक्ने निर्णय

26/08/2026

बाढी त्रिशुलीमा आइपुग्यो

26/08/2026

रसुवामा आएको बाढीले जनजीवन प्रभावित, नदी तथा खोलामा आएको बाढीपछि सतर्कता अपनाउन आग्रह

26/08/2026

भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ। Source: Nepal Police

26/08/2026

भोटेकोसीको बाढीले रसुवा बजार र भन्सार सबै बगायो

इजरायली सेनाको समन्वयमा इजरायली कट्टरपन्थी सांसदद्वारा वेस्ट बैङ्कमा रहेको प्यालेस्टिनी स्मारक ध्वस्तइजरायलका एक सुदूर-द...
25/08/2026

इजरायली सेनाको समन्वयमा इजरायली कट्टरपन्थी सांसदद्वारा वेस्ट बैङ्कमा रहेको प्यालेस्टिनी स्मारक ध्वस्त
इजरायलका एक सुदूर-दक्षिणपन्थी (Far-right) सांसदले इजरायली सेना (IDF) को पूर्ण समन्वय र सहयोगमा वेस्ट बैङ्कमा रहेको एक प्यालेस्टिनी स्मारक ध्वस्त पारिएको पुष्टि गर्नुभएको छ। इजरायली पत्रिका Haaretz सँग कुरा गर्दै ती सांसदले उक्त स्मारक दर्जनाऊँ इजरायली नागरिकहरूको हत्यामा संलग्न लडाकुहरूको सम्झनामा बनाइएकाले त्यसलाई राखिराख्न नहुने तर्क दिनुभएको छ।
​सेनाको सुरक्षा र समन्वयमा कारबाही
Haaretz को प्रतिवेदन अनुसार वेस्ट बैङ्कको संवेदनशील क्षेत्रमा रहेको उक्त स्मारक ढाल्नका लागि इजरायली सेनाले सुरक्षा घेरा प्रदान गरेको थियो।
​सांसदले सेना र सुरक्षा निकायहरूसँग पूर्व-समन्वय गरेर नै उक्त कार्य सम्पन्न गरिएको बताउनुभयो। उहाँका अनुसार इजरायली भूमि र नागरिकमाथि आक्रमण गर्नेहरूलाई सम्मान स्वरूप बनाइएका कुनै पनि प्रतीक वा स्मारकहरूलाई कायम रहन नदिने नीति अनुसार यो कदम चालिएको हो।
​प्यालेस्टिनी पक्षको विरोध र तनाव वृद्धि
उक्त घटनापछि स्थानीय प्यालेस्टिनी समुदाय तथा अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले इजरायली जनप्रतिनिधि र सेना मिलेर प्यालेस्टिनी इतिहास, संस्कृति र पहिचान मिटाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
​मानवअधिकारवादी संस्थाहरूका अनुसार कब्जा गरिएको वेस्ट बैङ्कमा इजरायली कट्टरपन्थी राजनीतिज्ञहरू र सेनाबिचको बढ्दो समन्वयले त्यस क्षेत्रमा हिंसा र तनावलाई अझ तीव्र बनाउने खतरा बढेको छ।

Address

Madhesh
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Dalan News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dalan News:

Shortcuts

Share