Jaleshwor Today

Jaleshwor Today Jaleshwor Today is one of the best media organisations in Terai. We publish news via our National Da

14/09/2026

विशेष सम्पादकीय
जलेश्वरलाई धार्मिक पर्यटन, स्थानीय व्यापार र रोजगारीको केन्द्र बनाऔँ
जलेश्वरका व्यवसायीले "शनिबार–आइतबार बजार बन्द हुन्छ" भनेर चिन्ता मात्र गर्ने होइन, ग्राहकको व्यवहार अनुसार व्यापारको मोडल परिवर्तन गर्नु पर्छ । विशेष गरी जलेश्वरलाई धार्मिक पर्यटनसँग जोडेर सप्ताहन्तको मागलाई नयाँ अवसर बनाउन सकिन्छ ।
सात दिन मध्ये शुक्रबारलाई "विकेण्ड साँपिङ डे" को रुपमा अघि बढाउन आवश्यक रहेको देखिन्छ । यसको लागि
सरकारी कार्यालय बन्द हुनु अघि शुक्रबार नै कर्मचारी, शिक्षक र स्थानीय ग्राहकलाई लक्षित गरेर विशेष अफरका साथ व्यवसाय गर्ने तरिका बदल्नु पर्दछ ।
शनिबार–आइतबार पर्यटक केन्द्रित व्यापार गर्ने तिर लक्षित हुन समेत जलेश्वरका व्यवसायीले योजना बनाउनु पर्ने देखिन्छ ।
जलेश्वरनाथ महादेव वरिपरि पूजा सामग्री, प्रसाद, स्थानीय उत्पादन, खाना, चिया–नास्ता र स्मरणीय वस्तुको बिक्री बढाउन सकिन्छ । यसले धेरै हदसम्म आम्दानीको स्रोत बढाउन सक्दछ ।
जलेश्वरका होटल–रेस्टुरेन्टले विकेण्ड प्याकेज को योजना बनाउन आवश्यक रहेको देखिन्छ ।
"दर्शन + खाना + बसाई" जस्ता सस्तो प्याकेज बनाएर महोत्तरी, जनकपुर, धनुषा, सर्लाही, सिरहा, भारतको सीमावर्ती क्षेत्र आदिबाट आउने धार्मिक पर्यटकलाई लक्षित गर्न सकिन्छ ।
जलेश्वर तथा सो क्षेत्र वरपरका स्थानीय उत्पादनलाई ब्रान्ड बनाउन आवश्यक रहेको देखिन्छ ।
मिठाई, मखाना, फलफूल, कृषि उत्पादन,फुलमाला, मिथिला चित्रकला, अन्य हस्तकला, धार्मिक सामग्री, मन्दिरको फोटो आदिलाई "मेड ईन जलेश्वर" भनेर प्याकेजिङ गरेर बिक्रि बितरण गर्न आवश्यक रहेको देखिन्छ ।
जलेश्वरलाई मेनुअल भन्दा पनि डिजिटल गर्न अनलाइन बिक्री सुरु गर्ने प्रविधिको प्रयोग गर्न त्यहाँका व्यवसायिले आफ्ना क्षमता बढाउन र कार्यान्वयन गर्न आवश्यक रहेको देखिन्छ ।
सामाजिक सञ्जालका विभिन्न साधनहरु मार्फत व्यवसायिक सामानको फोटो/भिडियो राख्ने र घरमै डेलिभरी दिने सिस्टम बनाउनु पर्ने देखिन्छ ।
शनिबार र आईतबार विशेष बजार/हाट सञ्चालन गर्ने नीति जलेश्वरको व्यवसायी,उद्योग वाणिज्य संघ तथा नगरपालिकाले समन्वय गरेर अगाडी बढाउन आवश्यक रहेको देखिन्छ ।
नगरपालिकाको समन्वयमा निश्चित स्थानमा शनिबार र आईतबार बजार सञ्चालन गर्न सकिन्छ । यसले बिदाको दिनलाई व्यापारको दिनमा बदल्न सक्छ ।
महाशिवरात्रि, श्रावण, सोमबार, शिवरात्रि, चाडपर्व तथा विशेष धार्मिक अवसरलाई केन्द्र बनाएर पहिले नै व्यापारिक अभियान सञ्चालन गर्न आवश्यक छ ।
व्यवसायी बीच संयुक्त प्रचार गर्ने सिस्टमको विकास गर्नु पर्दछ ।
एक होटलले मात्र विज्ञापन गर्नुको सट्टा होटल + रेस्टुरेन्ट + यातायात + पूजा सामग्री + स्थानीय पसल मिलेर "भिजिट जलेश्वर" अभियान चलाउने जोडतोडको साथ प्रचारप्रसार गर्नु पर्दछ ।
सरकारी कर्मचारीमा मात्र निर्भर नभएर व्यवसायको ग्राहकहरु जस्तो की स्थानीय परिवार,विद्यार्थी,धार्मिक पर्यटक,भारतीय पर्यटक,किसान,निजी क्षेत्रका कर्मचारी,विवाह/कार्यक्रमका ग्राहक सम्म विस्तार गर्नुपर्छ ।
जलेश्वरनाथ महादेवको धार्मिक महत्वलाई पर्यटनसँग, पर्यटनलाई बजारसँग, बजारलाई स्थानीय उत्पादनसँग, स्थानीय उत्पादनलाई व्यवसायसँग र व्यवसायलाई रोजगारीसँग जोड्न सकियो भने जलेश्वरको अर्थतन्त्रलाई नयाँ गति दिन सकिन्छ ।

14/09/2026

Heartfelt Best Wishes !

https://www.jaleshwortoday.com/news/37470
11/09/2026

https://www.jaleshwortoday.com/news/37470

धनुषाको सबैला नगरपालिका–१०, खरिहानीमा आजदेखि सन्तोषी पूजा मेला उत्सव सुरु भएको छ । धार्मिक आस्था र सांस्कृतिक पर...

11/09/2026

Happy Teej and Chaurachan !

https://www.jaleshwortoday.com/news/37452
11/09/2026

https://www.jaleshwortoday.com/news/37452

मधेश प्रदेशका सभामुख रामअशिष यादवले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको परिकौली चोकमा नवनिर्मित मधेश आन्दोल.....

आज जनकपुरधामको रौनियार धर्मशालाको सभा हलमा "मधेस अबकी राह" भन्ने  विषयका साथ संचालित  शहिद संजय चौधरी सहित मधेस आन्दोलनक...
10/09/2026

आज जनकपुरधामको रौनियार धर्मशालाको सभा हलमा "मधेस अबकी राह" भन्ने विषयका साथ संचालित शहिद संजय चौधरी सहित मधेस आन्दोलनको शहिदहरु प्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरिएको छ । कार्यक्रममा विभित्र बक्ताहरुले शहिदहरु प्रती सम्मान प्रकट गर्नुका साथै मधेसको वर्तमान अवस्था र भावि योजना बारे विचार व्यक्त गरेका थिए ।

https://www.jaleshwortoday.com/news/37436
07/09/2026

https://www.jaleshwortoday.com/news/37436

लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताक...

https://www.jaleshwortoday.com/news/37422
04/09/2026

https://www.jaleshwortoday.com/news/37422

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले श्री कृष्णजन्माष्टमी पर्व धुमधामका साथ मनाएको छ । जनकपुरधामको मुरली चौकबा...

Address

Jaleshwor Municipality-4, Suga Bhawanipatti
Janakpur
45700

Alerts

Be the first to know and let us send you an email when Jaleshwor Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jaleshwor Today:

Shortcuts

Share