DRS Khabar

Website

DRS Khabar Nepal leading online news
Www.drskhabar.com

18/09/2026

१३ देशका लागि नयाँ राजदूत सिफारिस, भारत–चीन–अमेरिका पनि सूचीमा

सरकारले भारत, चीन र अमेरिकासहित विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारले सिफारिस गरेका राजदूतमध्ये भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापा रहेका छन्। यस्तै, बेलायतका लागि गौरव शमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णलाई सिफारिस गरिएको छ।

त्यसैगरी स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।

सिफारिस भएका राजदूतहरू :

१. निश्चलनाथ पाण्डे — भारत
२. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — अमेरिका
४. गौरव शमशेर जंगबहादुर राणा — बेलायत
५. जिग्यानकुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इजरायल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मञ्चल झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

सरकारको निर्णयसँगै अब सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ हुनेछ। त्यसपछि सम्बन्धित मुलुकबाट एग्रिमो (सहमति) प्राप्त गर्नुपर्नेछ। संसदीय सुनुवाइ र एग्रिमोको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

यससँगै नेपालका प्रमुख छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदार मुलुकहरूमा नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढेको छ। विशेषगरी भारत, चीन र अमेरिकाजस्ता महत्वपूर्ण कूटनीतिक साझेदार मुलुकका लागि गरिएको सिफारिसलाई आगामी कूटनीतिक कार्यदिशाका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। शुक्रबार सिंहदरबार...
18/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफलमा युवा पुस्तासँग प्रत्यक्ष सम्बन्धित विभिन्न नीति तथा समसामयिक विषयमा विचार–विमर्श भइरहेको छ।

18/09/2026

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातका भैंसी नेपाल ल्याउने प्रक्रिया सहज नभएको बताएका छन्।

18/09/2026

भदौ २३ र २४को जेन जी आन्दोलनको सफल बनाउन अमेरिका सहयोग रहेको भनाई छ।

17/09/2026

कमला नदीमा पानीको बहाव बढ्दै गएसँगै मधेश प्रदेशका नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ। अर्कोतर्फ, प्रदेशका केही स्थानमा भूमिगत पानीको सतह घट्दा चापाकलमा पानी आउन छाड्न थालेपछि खानेपानीको समस्या देखिन सक्ने भन्दै सरकारले नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

17/09/2026

सभामुख डीपी अर्यालले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी राज्यले स्पष्ट नीति निर्माण गर्दै प्रभावकारी नियमन र सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

16/09/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय

16/09/2026

आवागमन सहज बनाउने प्रयास
नुवाकोट र धादिङ जोड्ने तथा नुवाकोटभित्रका विभिन्न गाउँबस्तीलाई जोड्ने झोलुङ्गे पुलहरूको मर्मत कार्य तीव्र पारिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका पुलहरूलाई पुनः सञ्चालनमा ल्याउन मर्मत तथा पुनर्निर्माणको काम अघि बढाइएको हो।

इरानी आक्रमणपछि अमेरिकी सैन्य अड्डामा क्षतिको यस्तो दृश्य
16/09/2026

इरानी आक्रमणपछि अमेरिकी सैन्य अड्डामा क्षतिको यस्तो दृश्य

16/09/2026

गृहमन्त्री सुधन गुरुङले मंगलबार राति भक्तपुर पुगेर जुद्ध बारुण यन्त्र कार्यालयको स्थलगत निरीक्षण गरेका छन्।

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when DRS Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share