15/12/2025
को हुन् डा. राजीव झा ?
डा. राजीव झा एक पिएचडी गरेका बिद्वान व्यक्तित्व हुनुहुन्छ, जसले ज्ञानलाई कागजमा मात्र होइन, जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडेर प्रयोग गर्दै आउनुभएको छ। उहाँ समाजको अन्तिम पंक्तिमा उभिएका नागरिकदेखि लिएर नीति निर्माण तहसम्मका व्यक्तिहरूसँग समान आत्मीयता र पहिचान राख्ने नेता हुनुहुन्छ।
जनतासँग प्रत्यक्ष सम्पर्क, समाज सेवामा निरन्तर सक्रिय
डा. झा सधैं जनतामाझ रहने, सुन्ने र समाधान खोज्ने नेता हुनुहुन्छ। विपद्, महामारी, गरिबी, सीमावर्ती समस्या तथा सामाजिक अन्यायका बेला उहाँ अग्रपंक्तिमा उभिएर काम गर्दै आउनुभएको छ।
क्लोथ बैंक नेपालका अध्यक्ष
गरिब, असहाय र विपन्न समुदायका लागि सम्मानजनक सहयोगको अभियान क्लोथ बैंक नेपाल मार्फत हजारौँ परिवारलाई राहत र आशा दिन सफल नेतृत्व।
नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष
खुला सीमासँग जोडिएका समस्या, सुरक्षा, रोजगारी, मानव अधिकार र सम्मानजनक आवत–जावतका विषयमा संवाद, सहकार्य र समाधानको आवाज उठाउँदै आएको संगठनको नेतृत्व।
अधिकार, पहिचान र समानताका पक्षधर
डा. राजीव झा मधेस आन्दोलनका अग्रणी अगुवामध्ये एक हुनुहुन्छ। उहाँको संघर्ष—
• अधिकारका लागि
• पहिचानका लागि
• समानताका लागि
• सम्मानजनक संघीयताका लागि निरन्तर र स्पष्ट छ।
देश–विदेशमा पहिचान बनाएको व्यक्तित्व
सामाजिक, बौद्धिक र नागरिक अभियन्ताका रूपमा डा. झाको पहिचान देशभित्र मात्र होइन, विदेशसम्म फैलिएको छ। उहाँ मधेसको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने क्षमता राख्नुहुन्छ।
अब चाहिएको छ— इमानदार, शिक्षित र जनतासँग जोडिएको नेतृत्व
डा. राजीव झा नारा होइन, समाधान दिने, दूरी होइन, संवाद गर्ने, अहंकार होइन, सेवा गर्ने नेता हुनुहुन्छ।
समृद्ध, समान र सम्मानित मधेसको लागि— डा. राजीव झा
सम्पर्क मोबाइल: 9851148234 📧 इमेल: [email protected] DrRajib Jha