Chure News

Chure News This Chure News portal covers news, opinion, entertainment, sports, world, information technology

www.churenews.com is one of the leading news portal in Madhesh Province of Nepal providing instant & trustworthy news since a decade.

उदयपुर, १० मंसिर करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्य...
26/11/2022

उदयपुर, १० मंसिर करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्यालयले ११ औं राष्ट्रिय कर दिवसको अवसरमा सिद्धिचरण मल्टीपर्पोज प्रालि र एसके ट्रेडर्सलाई सम्मान गरेको हो । सेवा कार्यालयका अनुसार सिद्धिचरण मल्टीपर्पोजले एक वर्षमा ४५ करोड ४१ लाख कारोबार गरेर ६४ लाख ३२ हजार कर दाखिला गरेको छ । एसके ट्रेडर्सले ३४ करोड ९३ लाख कारोबार गरेर ३७ लाख ३० हजार कर तिरेको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । बढी कर तिर्ने सिद्धचरण मल्टीपर्पोजका संचालक घिरज खड्का र एसके ट्रेडर्सका संचालक सुरेन्द्र गुप्तालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

उदयपुर, १० मंसिर करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । से.....

बारा, ९ मंसिर बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अ...
26/11/2022

बारा, ९ मंसिर बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले ८ हजार ३ सय २३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका पारस प्रसाद साहले ८ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।

बारा, ९ मंसिर बारा क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा एमालेका उम्मेदवार महम्मद समिर निर्वाचित भएका छन् । समिरले ६८ ...

इलाम, ८ मंसिर इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ...
25/11/2022

इलाम, ८ मंसिर इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

इलाम, ८ मंसिर इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १....

दाङ, ८ मंसिर दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बन...
25/11/2022

दाङ, ८ मंसिर दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ६४ हजार २ सय १३ मत गणना हुँदा गठबन्धनका उम्मेदवार चौधरीले २२ हजार २ सय २८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले १७ हजार २ सय ६३ मत प्राप्त गरेकी छन् । उनीहरूबीचको मतान्तर ४ हजार ९ सय ६५ रहेको छ ।

दाङ, ८ मंसिर दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले अग्रता फरा....

काठमाडौं, ८ मंसिर नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् । ख...
25/11/2022

काठमाडौं, ८ मंसिर नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पन्देही ३ मा झिनो मतको अग्रता लिएका छन् । खाँणले राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरासँग २७ मतको अग्रता लिएका छन् । खाँणले २२ हजार ७ सय ८१ मत ल्याउँदा बोहराले २२ हजार ७ सय ५४ मत पाएका छन् । सत्ता गठबन्धनका दलहरुले खाँणलाई समर्थन गरेका छन् भने बोहरालाई एमालेले समर्थन छ ।

काठमाडौं, ८ मंसिर नेपाली कांग्रेसका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले पन्देही ३ मा झिनो मतको अग्रता लिएक....

पोखरा, ८ मंसिर मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प...
25/11/2022

पोखरा, ८ मंसिर मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा कांग्रेसको झण्डासहित उपस्थित उनीहरूले केसीविरुद्ध नारावाजी गरेका छन् । कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पायो । प्रदेश सभा (ख) मा पनि कांग्रेसकै उम्मेदवार थिए । जिल्लाका समग्र क्षेत्रमध्ये बलियो मानिएको कास्की १ र प्रदेश सभा (ख) कांग्रेस नै कमजोर सावित भयो । प्रदेश सभाका उम्मेदवार दिपक गुरुङ पराजीत भैसकेका छन् ।...

पोखरा, ८ मंसिर मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेता....

सप्तरी, ८ मंसिर सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित भएका छन...
25/11/2022

सप्तरी, ८ मंसिर सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित भएका छन् । साहले २३ हजार ५६४ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे । मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

सप्तरी, ८ मंसिर सप्तरीमा सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का नवलकिशोर साह निर्वाचित ....

रौतहट, ८ मंसिर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले ...
25/11/2022

रौतहट, ८ मंसिर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

रौतहट, ८ मंसिर रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् ...

नुवाकोट, ८ मंसिर नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकु...
24/11/2022

नुवाकोट, ८ मंसिर नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पराजित गरे । महतले १३ हजार सात सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गरे ।...

नुवाकोट, ८ मंसिर नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसक...

सुर्खेत, ८ मंसिर सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान वि...
24/11/2022

सुर्खेत, ८ मंसिर सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए । यो उनको दोस्रो जित हो ।

सुर्खेत, ८ मंसिर सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्द....

धनगढी, ८ मंसिर कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएक...
24/11/2022

धनगढी, ८ मंसिर कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए ।...

धनगढी, ८ मंसिर कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित ....

काठमाडौं, ८ मंसिर सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै...
24/11/2022

काठमाडौं, ८ मंसिर सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप्त गर्दै यादव विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत पाए । यादवले ३ हजार ८६६ मतान्तरले जितेका हुन् । २०५४ सालमा जिल्ला विकास समिति, सप्तरीको सभापतिमा निर्वाचित भएका यादवले पहिलो र दोश्रो संविधान सभामा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । चौधरी एमालेको जिल्ला अध्यक्ष हुन् भने २०६४ को पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

काठमाडौं, ८ मंसिर सप्तरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । २६ हजार १६६ प्राप.....

Address

त्रिभुवन राजपथ, Gadhimai 44400
Jeetpur
44417

Alerts

Be the first to know and let us send you an email when Chure News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share