Jhapa Update

Jhapa Update ताजा समाचार र विश्वसनीय जानकारीको लागि Jhapa Update
लाई फलो गर्नुहोस्।
📞 सम्पादक : किरण काफ्ले ,९८१५०७२६२०

02/09/2026

देशको लागि जहाँ जहिलेपनी काध थाप्न सक्ने कर्मठ योद्धा नेपाली सेना शसस्त्र प्रहरी बल नेपाल प्रहरी।

02/09/2026

संसदमा बालेनको भावुक भनाइ— “शरीर थकित भए पनि विश्राम लिने अवस्था छैन।” ❤️🇳🇵

नेपालबाट आएको बाढीपछि बिहारमा ‘अपरिचित माछा’ नखान आग्रहनेपालमा आएको बाढीपछि भारतको बिहार सरकारको डेरी, मत्स्य तथा पशु सं...
02/09/2026

नेपालबाट आएको बाढीपछि बिहारमा ‘अपरिचित माछा’ नखान आग्रह

नेपालमा आएको बाढीपछि भारतको बिहार सरकारको डेरी, मत्स्य तथा पशु संसाधन विभागले अपरिचित तथा असामान्य प्रजातिका माछा नखान सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार नेपालबाट आएको बाढीको पानीसँगै विभिन्न प्रजातिका माछा बिहारका जलस्रोतमा पुगेका छन्। केही क्षेत्रमा यस्ता माछा खाएपछि मानिसहरू बिरामी परेको समेत जानकारी आएको विभागले जनाएको छ।

बाढीका बेला पोखरी, नदी, ताल तथा जलाशयबाट माछा बाढीको पानीसँगै अन्य क्षेत्रमा पुग्ने गर्छन्। यस क्रममा माछा हिलो, ढलको पानी, मरेका जनावर तथा अन्य प्रदूषित पदार्थको सम्पर्कमा आउन सक्ने भएकाले त्यसमा हानिकारक ब्याक्टेरिया, भाइरस, फङ्गस तथा रासायनिक पदार्थको जोखिम बढ्न सक्ने विभागको भनाइ छ।

त्यसैले बिहार सरकारले बाढीको पानीबाट समातिएका, अपरिचित वा पहिचान नभएका माछा नकिन्न र नखान सर्वसाधारणलाई अपिल गरेको छ।

02/09/2026

बिर्तामोडमा बस ओभरटेक गर्ने क्रममा तीन सवारी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापाको बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–०१८ प ५७५४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्र१–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँ भागमा ठक्कर खाएको थियो। त्यसपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसी एफजेड मोटरसाइकलसँग ठोक्किएको थियो।

दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा दिउँसो ४ः१८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशीको दाहिने खुट्टा र हातमा चोट लागेको छ। उनको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। राजवंशीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक मोरङको विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठसहित बस र दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

02/09/2026

श्री माध्यमिक विद्यालय बर्नेमा कक्षा ६ सम्मका विद्यार्थीलाई पोशाक वितरण
बुद्धशान्ति, झापा । बुद्धशान्ति–४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा कक्षा ६ सम्मका सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।
वडा नं. ४ को बजेटबाट प्राप्त रकमबाट विद्यार्थीलाई पोशाक वितरण गरिएको हो।

श्री माध्यमिक विद्यालय बर्नेमा कक्षा ६ सम्मका विद्यार्थीलाई पोशाक वितरणबुद्धशान्ति, झापा । बुद्धशान्ति–४ स्थित श्री माध्...
02/09/2026

श्री माध्यमिक विद्यालय बर्नेमा कक्षा ६ सम्मका विद्यार्थीलाई पोशाक वितरण

बुद्धशान्ति, झापा । बुद्धशान्ति–४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा कक्षा ६ सम्मका सबै विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

वडा नं. ४ को बजेटबाट प्राप्त रकमबाट विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरिता किसानको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति–४ का वडाध्यक्ष शेरबहादुर राय प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङ्गेल र भीम धमला, वडा सदस्य सशिकला विक तथा ऐतबहादुर सावालगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक टंकनाथ घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि राय ढुङ्गेललगायतले वडा कार्यालयले विद्यालय र शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। विद्यार्थीलाई पोशाक वितरण त्यसैको एउटा उदाहरण भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक विकासमा निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष पवन ढकाल, पीटीए अध्यक्ष महानन्द गौतम, सहायक प्रधानाध्यापक भोजराज कार्की लगायतको पनि उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन शिक्षक डम्बर शिवाकोटीले गर्नुभएको थियो।

02/09/2026

झापाको बुद्धशान्ति गाउँपालिकाको नव–निर्मित प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाका अनुसार भवन निर्माणको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

02/09/2026

यो झापाको कुन स्थान हो सही मिलाउनेलाई रु १०० रिचार्ज प्रदान गरिनेछ। #

02/09/2026

बिदुर खानेपानी लगायत अध्यक्षज्यू हामी सबै लागि परेर पानीको निकासको लागि काम गरिरहेका छौँ। आजबाट धेरै सजिलो हुने छ।

02/09/2026

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको साथमा भारतीय अभिनेता तथा सामाजिक अभियन्ता सोनू सूद।

Address

Jhapa District

Telephone

+9779815072620

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Update:

Shortcuts

Share