कचनकवल दैनिक - Kachan Kawal Dainik

कचनकवल दैनिक - Kachan Kawal Dainik यस पृष्ठमा कचनकवल गाउँपालिकाभित्रका समाचार एवम् अन्य गतिविधिहरू प्रस्तुत गरिन्छ।

वि.सं. २०८० सालको NEB को हिजो प्रकाशित कक्षा १२ को नतिजामा श्री स्वर्णिम शिक्षा सदन माविबाट उच्च अङ्क ३.६० GPA ल्याउने ब...
03/08/2024

वि.सं. २०८० सालको NEB को हिजो प्रकाशित कक्षा १२ को नतिजामा श्री स्वर्णिम शिक्षा सदन माविबाट उच्च अङ्क ३.६० GPA ल्याउने बहिनी भावना खतिवडालाई हार्दिक बधाइ र कक्षा १२ मा सम्पूर्ण विद्यार्थी (शतप्रतिशत) उत्तीर्ण भएकामा सबैलाई उच्च शिक्षाको सफलताको शुभकामना।

२०८० को एसईईमा १० जना विद्यार्थीहरूबाट दशैजना उत्तीर्ण हुँदै कचनकवल-६ स्थित साउथ दीप एकाडेमी गाउँपालिकाभरिमै शतप्रतिशत प...
29/06/2024

२०८० को एसईईमा १० जना विद्यार्थीहरूबाट दशैजना उत्तीर्ण हुँदै कचनकवल-६ स्थित साउथ दीप एकाडेमी गाउँपालिकाभरिमै शतप्रतिशत परिणाम निकाल्ने एकमात्र विद्यालय बनेको छ।

29/06/2024

एसईई - २०८०
कचनकवल गाउँपालिकाका संस्थागत विद्यालयहरूको परिणाम:

विद्यालय परीक्षार्थी उत्तीर्ण सङ्ख्या
विद्यानिकेतन मावि ३७ २४
कचनकवल मावि २४ १८
विद्यापाणि मावि ३७ २२
साउथदीप एकाडेमी १० १०
स्वर्णिम शिक्षा सदन २० ९
गोल्डेन फ्युचर १२ ९

(साउथ दीप एकाडेमी शतप्रतिशत परीक्षाफल निकाल्न सफल)

28/06/2024

२०८० को एसईईमा कचनकवल गाउँपालिकाका चारवटा सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ। परीक्षाफल शून्य आउने विद्यालयहरूमा घेराबारीको बुद्ध मावि, बनियानीको लक्ष्मी मावि तथा बालुवाडीका जानकी मावि र शिव मावि रहेका छन्।

कचनकवल जेसिज (JCI Kachankawal) को आयोजनामा सञ्चालन हुन गइरहेको एक दिवसीय निःशुल्क "Effective Public Speaking Training" म...
26/05/2024

कचनकवल जेसिज (JCI Kachankawal) को आयोजनामा सञ्चालन हुन गइरहेको एक दिवसीय निःशुल्क "Effective Public Speaking Training" मा इच्छुक महानुभावहरूले दिइएको Link मा क्लिक गरी फारम भरी उक्त प्रशिक्षणमा सहभागी हुन सक्नुहुनेछ।
प्रशिक्षण हुने स्थान: कचनकवल माविको सभाहल

लिङ्क टिप्पणी खण्डमा दिइएको छ।
Link in comment section.

25/05/2024

कति गर्मी...
कचनकवलको आजको अधिकतम तापक्रम ४२°C
न्यूनतम तापक्रम २७°C!!

24/04/2024

कचनकवलमा विद्युत् सेवा अवरुद्ध हुने:
नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रअन्तर्गत बनियानी सबस्टेसनको केचना फिडरको बगान पुरानो बजारदेखि घेराबारी बजारसम्मका पुराना कमजोर पोलहरू हटाई नयाँ पोलहरू गाडेर मर्मत गर्ने कार्य भइरहेका हुनाले आज बुधवार दिनभर विद्युत् सेवा अवरुद्ध हुनेछ।

शुक्रबार राति कचनकवल-६ स्थित पेट्रोल पम्पनजिकै दुईवटा मोटरसाइकल एकअर्कामा ठोक्किएर भएको दुर्घटनामा परी कचनकवल-४ का ४१ वर...
20/04/2024

शुक्रबार राति कचनकवल-६ स्थित पेट्रोल पम्पनजिकै दुईवटा मोटरसाइकल एकअर्कामा ठोक्किएर भएको दुर्घटनामा परी कचनकवल-४ का ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्। उनीहरूको भद्रपुरस्थित ओम् साईँ पाथिभरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयले नेपाल रेडक्रस सोसाइटी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग सहकार्य गरी मिति २०८०...
19/03/2024

स्वर्णिम शिक्षा सदन माध्यमिक विद्यालयले नेपाल रेडक्रस सोसाइटी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँग सहकार्य गरी मिति २०८०/१२/१० गते शनिवारका दिन "एकदिवसीय रक्तदान तथा सामाजिक सञ्जालको गलत प्रयोग न्यूनीकरण" सम्बन्धी कार्यशालाको आयोजना गरेको हुँदा उक्त दिन विद्यालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका सरोकारवाला व्यक्तित्वहरू, शुभचिन्तकहरू तथा विद्यालयमा अध्ययनरत कक्षा ८-१२ का विद्यार्थीहरूलाई आफ्नो गरिमामय उपस्थितिका लागि विद्यालय परिवार हार्दिक निमन्त्रणा गर्दछ।

राष्‍ट्रिय भाक्का दिवसको शुभकामना।
14/01/2024

राष्‍ट्रिय भाक्का दिवसको शुभकामना।

इतिहासमा आज:तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्‍वर्य राज्यलक्ष्मी शाह र युवराज दीपेन्द्र शाहको नेपालको होचो ...
01/01/2024

इतिहासमा आज:
तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्‍वर्य राज्यलक्ष्मी शाह र युवराज दीपेन्द्र शाहको नेपालको होचो भूभाग कचनकवल भ्रमण हुँदा तत्कालीन केचना गाविसको आगन्तुक पुस्तिकामा भएको दस्तखत नमुना रेकर्ड।

आज बिहान पथरिया उच्च माविमा अध्ययनका लागि जाँदै गरेका ३ जना विद्यार्थीहरूको कचनकवल-१, घोडामारा हुँदै डाँगीबारी जाने सडकक...
22/12/2023

आज बिहान पथरिया उच्च माविमा अध्ययनका लागि जाँदै गरेका ३ जना विद्यार्थीहरूको कचनकवल-१, घोडामारा हुँदै डाँगीबारी जाने सडकको सालको रुखनिकट एक जङ्गली हात्तीसँगको जम्काभेटमा एक जना सामान्य घाइते भए तापनि तीनैजना सकुशल विद्यालयतिर लागेका छन्। एउटा ठूलाे दुर्घटना टरेको छ।

Address

Kachan Kawal Rural Municipality
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when कचनकवल दैनिक - Kachan Kawal Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share