NexuS NewS

NexuS NewS follow us for more news

31/08/2025

चुलिपोखरी पद यात्रा सम्पन्न ।

मोरङ जिल्ला दलेली बसोबास गर्दै आउनुभएका हर्क बहादुर भट्टराईकी धर्मपत्नी  अनिता विष्ट भट्टराई लाई हाल गम्भीर विरामी भएर क...
23/08/2025

मोरङ जिल्ला दलेली बसोबास गर्दै आउनुभएका हर्क बहादुर भट्टराईकी धर्मपत्नी अनिता विष्ट भट्टराई लाई हाल गम्भीर विरामी भएर क्यान्सर अस्पताल, चितवनमा भर्ना गरी उपचार भइरहेको छ।
डाक्टरको सिफारिसअनुसार जटिल शल्यक्रिया (अपरेशन) अनिवार्य भएकाले उपचारमा ठूलो खर्च भएको छ र थप आर्थिक अभावको कारण शल्यक्रिया तथा उपचारमा समस्या उत्पन्न भएको छ।
सम्पुर्ण मानुभावहरुमा उहाको जीवन रक्षा लागि सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।
तपाईंको सानो सहयोगले पनि अनिता दीदीलाई नयाँ जीवन दिन सक्दछ।
कृपया सकेसम्म सहयोग गर्नुहोस् र यस पोस्टलाई सेयर गरी सहयोग पुर्‍याउन मद्दत गर्नुहोस्।
📞 सिधा सम्पर्क:
982-3768597 (श्याम बहादुर भट्टराई)
सहयोगका लागि खाताको विवरण:
खाता नं.: 08710017503214
नाम: Harka Bahadur Bista
बैंक: Nabil Bank

For Connect IPS:
खाता नं.: 08710017503214
नाम: HARKA BAHADUR BISTA
बैंक: Nabil Bank

For FonePay Direct:
मोबाइल नं.: 9842301043
बैंक: Nabil Bank

सहयोग पश्चात् प्रमाणस्वरूप Screenshot (नामसहित) निम्न WhatsApp वा Messenger मा पठाइदिनुहुन अनुरोध छ:
9852852499 / 9842062472 / 9842156834 / 9813334086
🙏 मानवता सबैभन्दा ठूलो धर्म हो।
आफ्नो सहयोगले अरूको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा पवित्र कार्य हो।
अनिता दीदीलाई जीवनदान दिन आजै आफ्नो सहयोगी हात अगाडि बढाऔं।

प्रगतिशील गठबन्धनबाट खिलराज पराजुली सदस्य पदका कुशल  उम्मेदवार आगामी २४औं चुनावी सभामा उर्लाबारी बहुमुखी क्याम्पसका सदस्...
21/08/2025

प्रगतिशील गठबन्धनबाट खिलराज पराजुली सदस्य पदका कुशल उम्मेदवार

आगामी २४औं चुनावी सभामा उर्लाबारी बहुमुखी क्याम्पसका सदस्य पदका उम्मेदवार खिलराज पराजुली (स्केन्द्र) प्रगतिशील गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन्।
"क्याम्पसको शैक्षिक रणनीतिको आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीको सुनिश्चितता" भन्ने नारासहित पराजुलीले उम्मेदवारी घोषणा गरेका हुन्। विद्यार्थी, शिक्षक तथा कर्मचारीबीच समन्वय र समान सहभागितामार्फत क्याम्पसलाई अझ प्रगतिशील दिशामा लैजाने संकल्प पराजुलीले व्यक्त गरेका छन्।
सक्रिय, ईमानदार र व्यवहारमैत्री स्वभावका कारण पराजुली क्याम्पस समुदायमा लोकप्रिय छन्। उनी क्याम्पसको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा निरन्तर लाग्ने प्रतिबद्धता जाहेर गर्दै मतदाताहरूसँग अत्याधिक मतले विजयी गराइदिन आग्रह गरेका छन्।
उम्मेदवार पराजुलीलाई अत्याधिक मत दिई विजयी गराउन प्रगतिशील गठबन्धनले सबैलाई आह्वान गरेको छ।

अब युवाको नेतृत्वमा विश्वास : नगेन्द्र बहादुर घिमिरे सदस्य पदमा उम्मेदवारउर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–४ मोरङमा ...
19/08/2025

अब युवाको नेतृत्वमा विश्वास : नगेन्द्र बहादुर घिमिरे सदस्य पदमा उम्मेदवार

उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–४ मोरङमा आगामी २४ औं निर्वाचन नजिकिँदै गर्दा सदस्य पदका उम्मेदवार नगेन्द्र बहादुर घिमिरेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

"अब नेतृत्वमा युवाको पालो" भन्ने मूल नारासहित घिमिरेले युवा पुस्ताको प्रतिनिधित्व गर्दै शैक्षिक क्षेत्रको समग्र प्रगतिका लागि योगदान दिने प्रतिबद्धता जनाएका छन् । उनले नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्ने, शैक्षिक गुणस्तरमा सुधार ल्याउने र प्राविधिक विषयको पहुँचलाई सहज बनाउन पहल गर्ने बताएका छन् ।
उनले उर्लाबारी क्याम्पसमा QAA Certification ल्याउने योजना अघि सारेका छन् । साथै, शैक्षिक बिकृति र विसंगति विरुद्ध आवाज उठाउँदै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने आफ्नो मुख्य एजेन्डा रहेको उनले बताए ।
शैक्षिक योग्यताको हिसाबले पनि उनी अब्बल रहेका छन । समुदायकै एक मात्र क्याम्पसका रूपमा चिनिएको उर्लाबारी बहुमुखी क्याम्पसको चुनावी प्रतिस्पर्धामा युवा उमेरमै नेतृत्व लिन तयार घिमिरेलाई सबैले एक पटक अवसर दिनुपर्ने उनको आग्रह छ ।
आगामी शनिबार हुने निर्वाचनमा सदस्य पदका उम्मेदवार नगेन्द्र बहादुर घिमिरेलाई मत दिएर विजयी गराई क्याम्पसको समग्र सुधारतर्फ कदम चाल्न सबैसँग उनले अपिल गरेका छन् ।

अखिल नेपाल ई–स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन अध्यक्षमा केसी ।काठमाडौं – अखिल नेपाल ई–स...
15/08/2025

अखिल नेपाल ई–स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन अध्यक्षमा केसी ।

काठमाडौं – अखिल नेपाल ई–स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट अध्यक्षमा बाल कुमार केसी निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा रस्मि पौडेल, सुरेन्द्र बुढाथोकी र सुवास चन्द्र भण्डारी, सचिवमा बिपुल भट्टाराई, सह–सचिवमा योगेन्द्र पुन र कोषाध्यक्षमा मास बहादुर लामा चयन भएका छन्। यससँगै ३१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको संघले जनाएको छ।

संघले ई–स्पोर्ट्स खेलको प्रवर्द्धन, खेलाडीको क्षमता विकास र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

अखिल नेपाल ई-स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलनबाट उमेश सेन्चुरी केन्द्रीय सदस्य निर्वाचितकाठमाडौं — अखिल नेपाल ई-स...
15/08/2025

अखिल नेपाल ई-स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलनबाट उमेश सेन्चुरी केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं — अखिल नेपाल ई-स्पोर्ट्स संघको पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट उमेश विश्वकर्मा सेन्चुरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

कार्यक्रममा कुल ३१ सदस्यीय कार्यसमिति चयन गरिएको छ। नयाँ नेतृत्वले ई-स्पोर्ट्सको संरचना सुदृढ गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको उपस्थिति बढाउन दीर्घकालीन रणनीति तयार गर्ने लक्ष्य लिएको छ।

सम्मेलनमा देशभरका ई-स्पोर्ट्स खेलाडी, प्रशिक्षक, प्राविधिक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपालमा ई-स्पोर्ट्सलाई औपचारिक खेलको रूपमा मान्यता दिलाउन र आवश्यक पूर्वाधार विकासमा जोड दिने निर्णयसमेत गरेका छन्।

01/08/2025

ऋणीको साहारा बन्दै सहारा नेपाल ।

राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीको प्रथम नगर अभिवेसन सम्पन्न । अध्यक्षका प्रतिद्वन्दी उमेशजंङ थापा र कुमार दहाल मतदा...
14/06/2025

राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीको प्रथम नगर अभिवेसन सम्पन्न । अध्यक्षका प्रतिद्वन्दी उमेशजंङ थापा र कुमार दहाल मतदान सम्पन्न मत परिणाम आउन केही समय पश्चात सार्वजनिक हुने । आज भएको निर्वाचनमा कुल १ सय ४४ मतादाता मध्ये १२० मत खसेको निर्वाचन समितीले जानकारी दिएको छ ।

बालिका हराएको सूचना ।नाम: बिबता वि.क उमेर:१५ ठेगना :कानेपोखरी, मोरङहराएको घरबाट दिउँसो लगभग ४बजे तिर यहि जेठ ८ गते बुधबा...
03/06/2025

बालिका हराएको सूचना ।
नाम: बिबता वि.क
उमेर:१५
ठेगना :कानेपोखरी, मोरङ
हराएको घरबाट दिउँसो लगभग ४बजे तिर यहि जेठ ८ गते बुधबार बाट अहिले सम्म सबै तिर खोजी गरियो तर कतै भेटिएन।घरबाट हिड्ने बेला गुलाबी रङ्गको कुर्तासुरूवाल लगाएको कतै कोहिले देख्नु भए नजिकैको प्रहरी चौकी अथवा यो नम्बरमा 9807001058 सम्पर्क गरिदिनु होला ।

नमस्कार सम्पुर्ण मा हाम्रो उर्लाबारीको (ALL ROUND DANCE STUDIO) को student & राधिका मा बि उर्लाबारी को विद्यार्थी भाइ Ka...
28/05/2025

नमस्कार सम्पुर्ण मा हाम्रो उर्लाबारीको (ALL ROUND DANCE STUDIO) को student & राधिका मा बि उर्लाबारी को विद्यार्थी भाइ Karan Lamichhane FTL मेडिया प्रा लि धरानद्वारा आयोजित कोशी प्रदेश स्तरिय SEE DANCING IDOL मा सहभागी ११ जिल्लाका ६० जना प्रतिस्पर्धिलाई पछि पार्दै फाइनल मा प्रवेश गर्न सफल भै विजयको हुनकोलागि सम्पुर्ण उर्लाबारीबासि तथा सम्पुर्ण देश बासिमा vote गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

Shutdown Notice for Tomorrow 2082.02.10
23/05/2025

Shutdown Notice for Tomorrow 2082.02.10

22/05/2025

मोरङको पथरीशनिश्चरे–१० स्थित जिरीखिम्ती खेलमैदानमा कञ्चनजंघा देवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा प्रथम कञ्चनजंघा नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिएको छ । प्रतियोगिता यही जेठ १० गतेदेखि सुरु हुनेछ भने प्रतियोगिताको फाइनल खेल जेठ १८ गते हुनेछ ।

Address

Urlabari
Jhapa District
2058

Website

Alerts

Be the first to know and let us send you an email when NexuS NewS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share