Damak Khabar

Damak Khabar This is news portal.

संयुक्त नागरिक पार्टीको आज सचिवालय तथा उपत्यकामा उपलब्ध केन्द्रीय समितिको बैठक बिजुली बजार स्थित केन्द्रिय कार्यालयमा सम...
06/08/2025

संयुक्त नागरिक पार्टीको आज सचिवालय तथा उपत्यकामा उपलब्ध केन्द्रीय समितिको बैठक बिजुली बजार स्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।

पार्टीका प्रवक्ता तथा उपमहासचिव विदुर अधिकारीले निर्णयहरु सुनाउँदै आफूहरु उपनिर्वाचनमा भाग लिने समेत बताउनु भयो।

पार्टी बैठकको निर्णयहरु:-
(१) रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनमा भाग लिने, यसका लागि निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने ।
(२) रूपन्देही क्षेत्र नम्बर ३ मा भेटघाट र कमिटी गठनका गर्ने ।
(३) विविध
(क) प्रधानमन्त्री केपी वलीले समावेशीता विरुद्ध गत आइतबार बोल्नुभएको बारे सख्त विमति प्रकट गर्दै प्रेस विज्ञप्ति प्रकाशन गर्ने ।
साथै यही मिति २०८२ साउन २३ गते शुक्रवार दिउँसो माइतीघर मण्डलामा खबरदारी कार्यक्रम अायोजना गर्ने निर्णय गरियो ।
(ख) चुनाव प्रचारप्रसारको लागि उपमहासचिव सोम आलेलाई गीतमा संगीत भर्ने जिम्मेवारी दिएको।

समलिङ्गी विवाह, लिंग परिवर्तन तथा गर्भपतन जस्ता विकृती बिरुद्ध काठ्माण्डौमा प्रदर्शन । समलिङ्गी विवाह, लिंग परिवर्तन तथा...
28/07/2025

समलिङ्गी विवाह, लिंग परिवर्तन तथा गर्भपतन जस्ता विकृती बिरुद्ध काठ्माण्डौमा प्रदर्शन ।

समलिङ्गी विवाह, लिंग परिवर्तन तथा गर्भपतन जस्ता विकृती बिरुद्ध काठ्माण्डौमा आज (आइतबार) प्रदर्शन गरिएको छ । संयुक्त नागरिक पार्टीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जल्दोबल्दो बहसको रुपमा रहेका विकृतीहरुको माइतघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । "स्वेच्छाचारी चाहिँदैन-लिंग परिवर्तन गर्न पाइँदैन", "मानव अधिकार-सबैको सरोकार", "गर्भपतन महिला समस्याको समाधान होइन" लगायतका नारासहित उक्त पार्टीले सर्वपक्षीय खबरदारी गरेको पार्टीका सहमहासचिव बिदुर अधिकारीले बताउनुभयो । विश्व समाजमा पछिल्लो समय बढ्दै गईरहेको अधिकारका नाममा लिंग परिवर्तन, गर्भपतन र समलिङ्गी विवाह समाजको एक कलंक रहेको उक्त पार्टीको ठम्याई रहेको प्रदर्शनमा बताइएको छ । नेपाली समाजमा पनि त्यस्ता विकृतीको मलजल राज्यपक्षबाटै भईरहेकोले त्यसको आफुहरु घोर बिरोधमा रहेको पार्टीका अध्यक्ष दलमर्दन कामीले बताउनुभयो ।
बिरोध प्रदर्शनमा आफ्नो धारणा राख्दै विभिन्न राजनीतिक दलका नेता, अभियनता, धार्मिक अगुवा तथा समाजसेवीले संयुक्त नागरिक पार्टीको उक्त अभियानमा आफुहरुको एक्यवद्धता रहेको जनाएका छन् । पार्टीका उपाध्यक्ष तथा ख्रीष्टियन अभियनता डा.सैलेश दिन दियालले यदि समलिंगी विवाहलाई कानुनी संरक्षण दिएमा मानव समाजको आगामी युगको परिकल्पना गर्न नसकिने बताउनुभयो । सर्बाेच्च अदालतले हालै समलिङ्गी विवाहलाई अस्थायी विवाह दर्ता गर्ने आदेश दिएसँगै सरकारले पनि त्यसलाई प्रसय दिने कानुन बनाउदै गरेको कुरालाई इङ्गीत गर्दै डा. दियालले त्यसो भएमा आफुहरु पुन सडकमा आउने चेतावनी समेत दिनुभयो ।

नेपाली समाजमा बढ्दै गईरहेको अत्यधिक गर्भपतन वा भ्रुण हत्यालाई राज्यले रोक्न नसकेको प्रति प्रदर्शनीमा चिन्ता व्यक्त गरिएको थियो । गर्भपतनलाई राज्यले कानुनी मान्यता दिनु सरासर अपराध भएको र त्यस्ता कानुन खारेज गर्नुपर्ने पनि प्रदर्शनीमा जिकिर गरिएको थियो ।

त्यस्तै मेरो शरीर मेरो मर्जी भन्दै प्राकृतिक रुपमा जन्मिएका स्त्री पुरुष बन्ने र पुरुष स्त्री बन्ने जस्तो बिकृती समाजबाट हटेर जान नसके प्राकृतिक नियम बिपरित हुने र त्यसले भविष्यमा बिकराल समस्या पैदा गर्ने धार्मिक अगुवाहरुले बताएका छन् । नेपालको टिचिङ अस्पतालले लिंग परिवर्तनको शल्यक्रिया गरिरहेकोले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गरिएको एक प्रदर्शनकारीले बताउनुभयो ।
समग्रमा उक्त प्रदर्शनमा समलिङ्गी विवाह, लिंग परिवर्तन र गर्भपतन समाजको विकृती रहेको जो विश्व समुदायको चिन्ताको विषय रहेकोले यसको पुर्ण रुपमा अन्त्य हुनुपर्ने सबैको भनाई रहेको थियो ।

आजको विरोध प्रदर्शनीमा संयुक्त नागरिक पार्टीका तर्फबाट अध्यक्ष दलमर्दन कामी, उपाध्यक्ष डा. शैलेस दिनदियाल, महासचिव प्रेम बहादुर कार्की, सहमहासचिव बिदुर अधिकारी तथा नागरिक सरोकार नेपालको तर्फबाट डा. जोमेस वड, नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य राम प्रसाद उपाध्याय, समाजसेवी केबी रोकाया लगायत नागरिक समाज, पत्रकार, आम सर्वसाधारणको उल्लेखनिय सहभागिता रहेको थियो ।

स.न.पा का महासचिब प्रेम कार्की यसो लेख्नुहुन्छ:-अब चाडै हाम्रो समुदाय जाग्नुपर्ने अवस्था आएको छ
23/07/2025

स.न.पा का महासचिब प्रेम कार्की यसो लेख्नुहुन्छ:-
अब चाडै हाम्रो समुदाय जाग्नुपर्ने अवस्था आएको छ

‘सधैं अन करोडपति’ योजना बन्द गरिएको सूचना एनसेल आजियाटाले जानकारी दिएको छ।
17/07/2025

‘सधैं अन करोडपति’ योजना बन्द गरिएको सूचना एनसेल आजियाटाले जानकारी दिएको छ।

माओवादी धारका पार्टीहरुसँग एकता गर्न तयारः सीपी गजुरेल२०८२ असार ३१ गतेकाठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ...
15/07/2025

माओवादी धारका पार्टीहरुसँग एकता गर्न तयारः सीपी गजुरेल

२०८२ असार ३१ गते

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए ।
काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए ।
गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो, हामीले क्रान्तिबाटै जनगणतन्त्र ल्याउन पाएको भए अहिले नत पश्चगामी राजतन्त्रात्मक भूतले टाउको उठाउने मौका पाउँथ्यो नत दलाल पुँजीवादीहरुले देशलाई कंगाल बनाएर असफल बनाउन लागेका छन्” गजुरेले भने ।

गजुरेलले प्रचण्ड नेतृत्वको माओवादीसहित विभाजित माओवादी धारका पार्टीहरु र संघीय जनगणतान्त्रिक व्यवस्था मान्ने सबै धारहरुसँग सहकार्य र आवश्यक परे एकता गर्न तयार भएको पनि बताए ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्यपत्रमाथि आफ्नो धारणा राख्दै सो कार्यपत्रले विकल्पको खोजी गरेको आफूले पाएको बताए । सुवेदीले राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई मध्यनजर गरेर कार्यक्रम र कार्यनीति ल्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पहल गर्नेमा आशावादी भएको बताउँदै भने,“अब आउने कायनीति र कायक्रमले जनवादी संघीयता दिन्छ कि दिदैन बहसमा जानुपर्छ ।”

नेकपा(मशाल)का प्रवक्ता राम प्रकाश पुरीले कार्यत्रपत्रमा इतिसको राम्रो व्याख्या रहेको भएपनि अहिले के गर्ने ? हाम्रो कार्यक्रम के हो ? संघीय जनगणतन्त्रमा जाने बाटो के हो लगायतका विषय अस्पष्ट रहेको बताए ।

नेकप (ऋषि कट्टेल)का उपाध्यक्ष शम्भु कट्टेलले कार्यपत्र ठिक भएपनि राजनीतिक लक्ष्य पूरा गर्ने बाटो प्रष्ट नआएको बताए ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका कार्यालय सदस्या राजकुमार हिङ्वाङले संघीय जनगणतन्त्रको विषयमा व्यापक छलफल र समिक्षा जरुरी रहेको बताए ।

नेकपा(विप्लव) का केन्द्रीय सदस्य चिरञ्जीवी सिले कार्यपत्रले प्रष्टसँग विकल्प दिएको बताउँदै भने,“पुँजीवादले आफ्नो विकल्प दिएको छ, तर कम्युनिस्टहरुले विकल्प दिन सकेका छैनन्, त्यसका लागि कम्युनिस्टबीचको एकता जरुरी छ ।”

कार्यपत्र प्रस्तोता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य केदार खतिवडाले ‘दलाल संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’का लागि जनयुद्धको उद्देश्य संसदीय व्यवस्था थिएन, २०६२÷६३को जनआन्दोलनको जनभावना के थियो ? दलाल संसदीय गणतान्त्रीक व्यवस्थाको चरित्र, अहिले जनजीविकामा परेको संकट र संघीय जनगणतन्त्र आजको आवश्यकता उपशिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सो पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले सञ्चालन गरेका थिए भने अर्का केन्द्रीय सदस्य बन्धुदेव पाण्डेले स्वागत मन्तब्य राखेका थिए ।

13/07/2025

नेकपा एमालेका सांसद माननीय तारा लामासंग पत्रकारहरुको नोकझोक

संयुक्त नागरिक पार्टीका सल्लाहकार ज्यूहरूको विशेष  उपस्थितिमा पार्टीका पदाधिकारीहरूको बैठक पार्टी केन्द्रिय कार्यलयमा शु...
13/07/2025

संयुक्त नागरिक पार्टीका सल्लाहकार ज्यूहरूको विशेष उपस्थितिमा पार्टीका पदाधिकारीहरूको बैठक पार्टी केन्द्रिय कार्यलयमा शुकवार सम्पन्न भएको छ।

बैठकमा सल्लाहकार ज्युहरुलाइ पार्टीका हालसम्मका गतिविधिहरू, देशको समसामयिक राजनीतिक अवस्था, र पार्टीको आगामी कार्ययोजनाहरूको बारेमा विस्तृत समीक्षा तथा जानकारी दिएको पार्टी अध्यक्ष दल मर्दन कामीले बताउनु भयो।

त्यसैगरी, निर्वाचन आयोगद्वारा तोकिएको मिति अनुसार आगामी कार्तिक १७ गते सम्पन्न हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपनिर्वाचन सन्दर्भमा समेत गम्भीर र गहन छलफल गरिएको र बैठकमा पार्टीको रणनीति, तयारी र संगठनात्मक सुदृढीकरणका पक्षमा आवश्यक रणनीति तयार गरेर प्रचारप्रसारमा गतिविधि बढाउदै जनताका जनसवाललाई सशक्त रूपमा उठाउनु पर्ने धारणा सल्लाहकार ज्युहरुबाट आएको पार्टी प्रबक्ता बिदुर अधिकारीले बताउनु भयो ।

पार्टीका हरेक नेताकार्यकर्ता बिश्वास आशा र प्रेममा आधारित रहेर "सर्वजातिय समावेशी सामाजिक लोकतान्त्र" लाई सशक्त रूपमा अगाडि बढाउने कुरामा नेताकार्यकर्ता प्रतिबद्ध रहेको कुरामा सल्लाहकार ज्यु लगायत सबैमा प्रतिबद्ध रहेको समेत बताउनु भयो साथै सबैले साथ सहयोग र समर्थ गर्नुहुन समेत अनुरोध गर्नुभयो।

05/06/2025


-पतञ्जली जग्गा सट्टापट्टा अनियमितता प्रकरण :
-पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-पूर्वमन्त्री प्रेमबहादुर सिंह र सचिव छविराज पन्तविरुद्ध पनि मुद्दा दायर
-मुद्दा दायर भएपछि माधव नेपालको सांसद पद निलम्बन

ब्रेकिङ न्युजकाठमाडौ महानगर पालिकाका नगर प्रहरी प्रमुख ssp राजु पाण्डे निलम्बनमा परेका छन् ।
03/06/2025

ब्रेकिङ न्युज

काठमाडौ महानगर पालिकाका नगर प्रहरी प्रमुख ssp राजु पाण्डे निलम्बनमा परेका छन् ।

संयुक्त नागरिक पार्टीमा विभिन्न नेताहरुलाइ बिभागिय जिम्मेवारी दिएको पार्टी उपमहासचिव तथा प्रबक्ता बिदुर अधिकारीले जानकार...
31/05/2025

संयुक्त नागरिक पार्टीमा विभिन्न नेताहरुलाइ बिभागिय जिम्मेवारी दिएको पार्टी उपमहासचिव तथा प्रबक्ता बिदुर अधिकारीले जानकारी दिनुभएको छ।

प्रेस विज्ञप्ति
सञ्चारकर्मी / पत्रकार मित्रहरू,
उपर्युक्त सम्बन्धमा यही मिति २०८२ साल जेठ १४ गते यस संयुक्त नागरिक पार्टीको सचिवालय समितिको पार्टी अध्यक्ष श्री दल मर्दन कामीज्युको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा बसी तपशीलका एजेन्डामाथि छलफल गरी निर्णयहरू पारित गरिएका छन् । यी निर्णयहरूलाई अविलम्ब कार्यान्वयन गर्न/गराउन सम्बन्धित पदाधिकारी तथा विभागहरूलाई निर्देशनसहित यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।
१. विभागीय जिम्मेवारी तोकिएको सम्बन्धमाः
(१) आर्थिक विभाग प्रमुख :- महासचिव प्रेम बहादुर कार्की । उपप्रमुखः सचिवालय सदस्य राम बाहदुर पाठक क्षेत्री ।
(२) संगठन विभाग प्रमुखः अध्यक्ष दल मर्दन कामी । उपप्रमुख: उपमहासचिव उपेश नौबाग ।
(३) अनुशासन विभाग प्रमुख:- उपाध्यक्ष बलराम बि.क । उपप्रमुख :- सचिव सृजना लामा भट्टराई
(४) महिला विभाग प्रमुखः वरिष्ठ नेता कमलादेवी हेमचुरी । उपप्रमुख उपाध्यक्ष विष्णु गुरुङ (लोइस) । सदस्य, सचिव सपना महत ।
(५) युवा विभाग प्रमुख :- उपमहासचिव श्याम बहादुर राई । उपप्रमुख :- सचिवालय सदस्य बिष्णु खड्का
(६) कृषि विभाग प्रमुख :- उपाध्यक्ष हुम बहादुर पुन । उपप्रमुख:- सचिवालय सदस्य :- उदय बहादुर शेरपुन्जा ।
(७) प्रशिक्षण विभाग प्रमुख :- उपाध्यक्ष जित बहादुर घले । उपप्रमुखः उपमहासचिव नरेश वि.क. ।
(८) दलित/शिल्पी विभाग प्रमुख :- सचिव शशी कुमार विश्वकर्मा । उपप्रमुख :- सहकोषाध्यक्ष चित्रलाल बि.क. ।
(९) धार्मिक, अल्पसंख्यक तथा सीमान्तकृत विभाग प्रमुख :- उपाध्यक्ष डिल्ली बहादुर तामाङ । उपप्रमुख :- सचिव मन बहादुर कार्की ।
(१०) खेलकुद विभाग प्रमुख :- उपमहासचिव सोम बहादुर आले । उपप्रमुख :- सचिवालय सदस्य, बिनय लामा ।
(११) सूचना तथा सञ्चार विभागः प्रमुख उपमहासचिव नरेश विश्वकर्मा । उपप्रमुखः सहकोषाध्यक्ष राम महर्जन (रूबेन) ।
(१२) विदेश विभाग प्रमुख :- उपाध्यक्ष कलिराम पुर्जा (कमल) । उपप्रमुख :-सचिव जीत बहादुर बि.क.; सचिवालय सदस्य युहन्ना घले (जोन) ।
(१३) मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग प्रमुख :- उपमहासचिव विदुर अधिकारी । उपप्रमुख :- सचिवालय सदस्य शेर बहादुर चुनारा ।
(१४) सदन, सरकार तथा गैरसरकारी संघसंस्था समन्वय विभाग प्रमुख :- उपाध्यक्ष इन्द्रबहादुर राई । उपप्रमुख :- उपमहासचिव निमा शेर्पा ।

२. प्रदेश इन्चार्ज तथा सह इन्चार्ज तोकिएको सम्बन्धमाः

(१) प्रदेश १ इन्चार्ज:- उपाध्यक्ष इन्द्रबहादुर राई, सह इन्चार्ज:- कोषाध्यक्ष देवेन्द्र कुमार लिम्बु; सचिव, शशीकुमार विश्वकर्मा ।
(२) मधेस प्रदेश इन्चार्ज :- उपाध्यक्ष बलराम बि.क. (शैलेश) । सह इन्चार्ज :- केन्द्रीय सदस्य नविन साह ।
(३) बागमती प्रदेश इन्चार्ज:- उपाध्यक्ष डिल्ली बहादुर तामाङ । सह इन्चार्ज :- उपमहासचिव, उपेश नौबाग ।
(४) गण्डकी प्रदेश इन्चार्ज - उपाध्यक्ष, जीत बहादुर घले । सह इन्चार्ज:- सचिवालय सदस्य उदय बहादुर शेरपुन्जा ।
(५) लुम्बिनी प्रदेश इन्चार्जः उपाध्यक्ष हुम बहादु पुन । सह इन्चार्ज:- सचिव, मन बहादुर कार्की
(६) कर्णाली प्रदेश इन्चार्जः महासचिव प्रेम बहादुर कार्की । सह इन्चार्जः केन्द्रीय सदस्य, नर बहादुर चन्द
(७) सुदुरपश्चिम प्रदेश इन्चार्ज :- महासचिव प्रेमबहादुर कार्की । सह इन्चार्ज:- सचिवालय सदस्य शेर बहादुर चुनारा ।

३. विशेष समिति (Core Committee) गठन गरिएको सम्बन्धमा :
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई तत्काल नीतिगत निर्णय, कार्यान्वयन, तथा समस्याहरू समाधानका लागि एक विशेष समितिको आवश्यकता महसुस गरी मिति २०८२ जेठ ०४ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले सो समिति गठन गर्न अनुमति दिएको निर्णयअनुसार निम्नानुसारका पदाधिकारीहरू सहितको एक विशेष समिति (Core Committee) गठन गरी अख्तियारी दिइएको छ :
(१) अध्यक्ष, दल मर्दन कामी
(२) वरिष्ठ नेता, कमला हेमचुरी
(३) उपाध्यक्ष, कलिराम पुर्जा (कमल)
(४) उपाध्यक्ष, बलराम बि.क. (शैलेस)
(५) उपाध्यक्ष, जित बहादुर घले
(६) महासचिव, प्रेमबहादुर कार्की
(७) उपमहासचिव, विदुर अधिकारी
(८) उपमहासचिव, सोम बहादुर आले
(९) कोषाध्यक्ष, देवेन्द्र कुमार लिम्बु
(१०) आमन्त्रित सदस्यहरूः उपमहासचिवद्वय नरेश बि.क. तथा श्याम बहादुर राई ।

४. पार्टीको प्रवक्ता तोकिएको सम्बन्धमाः
पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न उपमहासचिव एवम् मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग प्रमुख विदुर अधिकारीलाई प्रवक्ता तोकिएको छ ।
५. आन्दोलन कार्यक्रम सञ्चालन सम्बन्धमा :
आम जनसरोकार न्याय, समानता, नैतिकता, राष्ट्रियता, र सार्वभौमिकताका मुद्दाहरूमा तथा कुनै पनि नेपाली नागरिकको हक, हित, अधिकार र जीवनसँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्दै सरोकारवालाहरूलाई खबरदारी र राज्य तथा सरकारलाई जिम्मेवार बनाउँदै निगरानी गर्न आवश्यक ठहर भएका सन्दर्भहरूमा पार्टीले तात्कालिक तथा दीर्घकालीन योजना अनुरूप विविध आन्दोलनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।
जस अन्तर्गत आवश्यकता अनुसार सचेतना अभियान, कोणसभा, विरोध प्रदर्शन, खबरदारी कार्यक्रम, शान्तिपूर्ण आन्दोलन लगायतका गतिविधिहरू सञ्चालन गरिने निर्णय गरिएको छ ।
६. आर्थिक तथा कार्यालय व्यवस्थापन सम्बन्धमा :
आर्थिक तथा कार्यालय व्यवस्थापनका लागि निम्न पदाधिकारी रहेको आर्थिक तथा कार्यालय व्यवस्थापन विभाग गठन गरियो । जसमा उपाध्यक्ष कलिराम पुर्जा (कमल), उपाध्यक्ष बलराम बि.क. (शैलेस), महासचिव प्रेम बहादुर कार्की, उपमहासचिव विदुर अधिकारी, उपमहासचिव नरेश बि.क., कोषाध्यक्ष डि.के. लिम्बु, सहकोषाध्यक्ष राम महर्जन (रुबेन), सचिवालय सदस्य राम बहादुर पाठक रहने निर्णय गरिएको छ ।
७. पार्टी सदस्यता विस्तार सम्बन्धमा :
पार्टी सदस्यता विस्तार कार्यलाई युद्धस्तरमा अघि बढाउँदै एक वर्षभित्रमा तीन लाख (३,००,०००) पार्टी सदस्य बनाउनु पर्ने निर्णय गरिएको यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

संयुक्त नागरिक पार्टी,पार्टी प्रवेश तथा स्वागत कार्यक्रम आज पार्टी कार्यलय बिजुलीबजारमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक...
28/05/2025

संयुक्त नागरिक पार्टी,पार्टी प्रवेश तथा स्वागत कार्यक्रम आज पार्टी कार्यलय बिजुलीबजारमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता पार्टी अध्यक्ष दलमर्दन कामीले गर्नु भएको थियो भने कार्यक्रम संचालन पार्टी उपमहासचिव नरेश क्षितिज

साथै स्वागत मन्तव्य पार्टी महासचिव प्रेम कार्कीले गर्नु भएको थियो।

त्यस्तै कार्यक्रमको औचित्य प्रष्ट पार्टी अध्यक्ष दल मर्दन कामीले गर्नु भएको थियो।

पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आउनुभएको आगन्तुकहरुलाइ पार्टी अध्यक्ष, महासचिव, कोषाध्यक्ष,उपध्यक्ष लगायत नेताहरूले खदालगाएर स्वागत गर्नु भएको थियो।

आज संयुक्त नागरिक पार्टीले केन्द्रीय कार्यालय विजुलीबजारमा आयोजना गरेकाे पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा नाैवाग सहित काँग्रेस ललितपुरका युवा नेता अशाेक लामा,देशभक्त समाज पार्टीका केन्द्रीय सदस्य लिलराज गुरुङ्ग( राजु) एपी रिपब्लिकन पार्टीका युवा विभाग प्रमुख श्यामबहादुर राई, सचिवालय सदस्य सपना महर्जन, केन्द्रीय सदस्यहरु हरिकुमार घले,जीत बहादुर विक,ज्याेती अधिकारी,सन्त बहादुर भण्डारी,आइतरानी लिम्बू,विनिता अधिकारी,सन्त लकाजु त्यसैगरि अन्य विभिन्न दल परित्याग गरि पार्टी प्रवेश गर्नेहरुमा चित्रलाल विक,चेरुङ्ग तामाङ्ग,

मिना राउत, रेबिका लकान्द्री,बिनिता दराई, स्वस्तिका थापा,परिस्ता मगर,साजन राई,ए.एच. के.राई,निरान राई,निरज राई, दिपेस राई,खिलराज राई,आमोस आग्री,जीवन लामा लगायत रहनु भएकाे छ ।

Live Update: आफताब आलम छुटेका छन् । उच्च अदालत वीरगन्जले फैसला उल्टाएपछि आफताब आलम आजै छुट्ने छन्।
28/05/2025

Live Update: आफताब आलम छुटेका छन् ।

उच्च अदालत वीरगन्जले फैसला उल्टाएपछि आफताब आलम आजै छुट्ने छन्।

Address

Damak/05
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Damak Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Damak Khabar:

Share